मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले जीबसीम साहित्य पुरस्कार–२०७०, उवा–८, मालागिरी, रोल्पा निवासी बोमबहादुर घर्ति मगर ‘अवतार’, जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०७०, छाप, स्याङजा निवासी उमा राना मगर ‘सानु’ र जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०७०, सुरेश आले मगरलाई प्रदान गर्नुकासाथै वरिष्ठ साहित्यकार बैरागी काईंलालाई सम्मान गरिने छ । मगर भाषा साहित्यमा उत्कृष्ट कृतिका श्रष्टा र मगर समाजमा योगदान पुर्याउने व्यक्तिलाई पुरस्कृत सहित सम्मान गरिने जानकारी गराउन चाहान्छौ ।
जीबसीम साहित्य पुरस्कार–२०७० को पुरस्कार राशी रु. ४५,०००/– छ । पुरस्कार राशी हरेक वर्ष रु. ५०००/– ले बृद्धि गर्दै लगिएको छ । अठार मगर खाम भाषामा च्याङसीऊपरी–२०६८ (उठ्नुपर्छ), कविता संग्रह सोच्वोके–२०६६ (व्युँझनु) गजल संग्रह लेखेका घर्ति मगर नेपाल मगर लेखक संघ रोल्पाका सचिव समेत हुन ।
जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०७० को पुरस्कार राशी रु. १०,०००/– छ । मगर भाषामा ग्याच नाम्खान–२०६४ (रातो सुर्य), भाराक्च सुटा–२०६६ (चुंडिएको धागो), सोहोयाप–२०६८ (जागौं) तीनवटै कथा संग्रह र सेहेच लामाङ ह्वाईङ–२०६८ (राम्रो बाटोमा हिंडौं) निबन्ध संग्रह लेखेकी राना मगर प्रतिभाशाली लेखिका हुन् ।
जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०७०, को पुरस्कार राशी रु. २०,०००/– छ । नेपाल मगर संघ (तात्कालिन, नेपाल लाङ्घाली परिवार) तथा नेपाल आदिवासी जनजाति महासंघका संस्थापक महासचिव सुरेश आले मगर आदिवासी जनजाति अभियन्ता र राजनीतिकर्मी हुन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा मातृभाषा विभाग गठन गरि मातृभाषा साहित्य लेखनमा प्रोत्साह र सम्बद्र्धन गरेका वरिष्ठ साहित्यकार बैरागी काईलाज्यूलाई सम्मान गरिने छ । काईंला नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति हुन् ।
पुरस्कृत व्यक्तित्वलाई भव्य समारोहका साथ वरिष्ठ साहित्यकार बैरागी काईलाज्यूको प्रमुख आतिथ्यमा सम्मान पुरस्कार वितरण गरिने भएकोले समाचार सम्प्रेषणको लागि समाचार संवाददाता पठाइदिनको लागि अनुरोध गर्दछु ।
मिति : २०७० चैत्र २८ गते शनिवार
समय : दिनको २.०० बजे
स्थान : DECC वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर काठमाडौं
सम्पर्क : ९८५१०६३४८०, ९८५१०३५५३०, ९८४६०४९९७८२
सञ्जोग लाफा मगर
(अध्यक्ष)
मिति २०७१ चैत्र २६ गते