हङकङमा चुम्लुङले घर किन्ने भयो

Read Time:3 Minute, 53 Second

एकैदिनमा एकलाख पचासहजार उठ्यो

छबिलाल लिम्बु (नाल्बो)

हङकङ अप्रिल ९ । नेपालीहरु मध्ये लिम्बु जाति समुदायको सामाजिक संस्था किराँत याक्थुङ चुम्लुङ हङकङले संस्थाको लागि चुम्लुङ हिम (घर)किन्ने योजना अन्तर्गत कार्य समिति देखि बाहिर सहितको बृहत भेलाले “चुम्लुङ हिम समिति हङकङ” भनि गठन गरेको थियो । उक्त चुम्लुङ हिम समितिले तिन महिना अवधि देखि द्रुत गतिमा पैसा संकलन गर्ने क्रममा हालसम्म तीनलाख पचास हजार (हङकङ डलर) उठाउन सफल भएको छ ।
तिब्र गतिमा विभिन्न व्यक्ति, संस्था, ब्यबसायीहरुसंग रकम उठाउने क्रममा स्थानीय चिम्साचुइमा रहेका नमस्ते होल्डिंग लिमिटेडले (ब्यबसायी) चुम्लुङ हिम खरीद टोलिलाई आमन्त्रित गरि एउटा बिषेश कार्यक्रमको आयोजना गरेर १ लाख, ११ हजार, १ सय, ११ को डोमी चेक सोहि कार्यालयमा बुझाएको छ । सो लिमिटेडका म्यानेजिङ डाइरेक्टर एबं प्रमुख जय निङलेखु अन्य प्रोपाइटरहरु मदन जबेगु, सुरेन्द्र इवाराम, जिबन मेन्याङबो, इन्द्र मेन्याङबो, ओमराज सम्बाहाम्फे, एलिष आङबुहाङ, पुर्णिमा चंसु, बद्रीप्रसाद सेनेहाङ र अशोक बोखिमको संयुक्त बाहुलीबाट चुम्लुङ हिम् समितिका संयोजक त्रिभुवन लुम्फुङवा, महासचिब चन्द्र मादेन ‘आन्छन्’, कोषाध्यक्ष माया स्रेङ र अन्य सहयोगीहरुलाई हस्तान्तरण गरेको हो । बुझाउने क्रममा होल्डिंग लिमिटेडका प्रमुख जय निङलेखु र उपप्रमुख मदन जबेगुले चुम्लुङ हिमले गरेको क्रियाकलापको उच्च सह्रना गर्दै तत्कालै बैना पाँच हजार (हङकङ डलर) नगद र बाँकी एकलाख, छ हजार, एक सय, एघार घर किन्ने तयारि र हेर्ने बित्तिकै तुरुन्त हात लगाइदिने प्रतिबद्दता ब्यक्त गरे । संकलन टोलि संयोजक लुम्फुङवा कोषाध्यक्ष स्रेङले दानिहरु लिमिटेडका प्रमुख लगायत सम्पूर्ण पदाधिकारीहरुलाई खदा र सीलाङग् साक्मा (मायाको चिनो) लगाएर धन्यबाद दिए भने माहासचिब ‘आन्छन्’ले “यसले उर्जा र उत्साह ठुलो मिलेको भन्दै नमस्ते होल्डिंगका संचालक र सम्पूर्ण परिवार प्रति सह्रानीय गर्दै आभार प्रकट गरेका थिए” ।
रकम संकलन सुरुवात गरेको दिन देखि नित्य उठाउने क्रममा एकैदिनमा नमस्ते होल्डिंग लि. र अन्य व्यक्ति संग उठाएको गरि एकलाख पचास हजार भन्दा माथि रकम उठ्नुले तमाम लिम्बुहरु उत्साहित भएका छन् । स्मणिय छ – चुम्लुङ हिम खरीद गर्नुको लागि कि.या.चु. हङकङका अध्यक्ष त्रिभुवन लुम्फुङवाको संयोजकत्वमा ४० जनाको समिति, १२ जनाको सल्लाहकार र सात जनाको तुम्याङहाङ् अग्रजहरुको गठन भई तिब्र रुपले हङकङमा आर्थिक संकलन गरिरहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %