रमिला राईको नेतृत्वमा साइप्रसमा जनमुक्ति पार्टी गठन

Read Time:4 Minute, 6 Second

कर्मा पहाडी शेर्पा

बेलायत , ९ अप्रिल – साइप्रसमा बस्ने नेपालीहरुले ४ अप्रिल २०१५ का दिन युवा नेतृ रमिला राईको अध्यक्षतामा राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन ‘नेपाली जन सरोकार मन्च साइप्रस’गठन गरि प्रथम अधिवेशन भब्य रुपले सम्पन्न गरेको छ ।

  अधिबेशनले जातीय मुक्तिको आन्दोलनमा एक दशक भन्दा बढ़ि समय खर्ची सक्नु भएकी प्रखर युवा नेतृ रमिला राईको अध्यक्षतामा ३३ सदसिय नया कार्य समितिको चयन गरेको हो  । 

कार्य समितिमा वरिष्ठ उपाध्यक्ष , उपाध्यक्षद्धय, महासचिव ,सचिव ,सह-सचिव , कोषाध्यक्ष , सह-कोषाध्यक्षमा क्रमश : मुना क्षेत्री , पूजा गुरुङ ,एन्छिन शेर्पा , बिरेन्द्र भट्ट , रुबिना थापा लामा, पेमा शेर्पा, आङ दिकु शेर्पा  चयन भएका छन ।

चयन भएका अन्य सदश्यहरुमा :

दिनेश अधिकारी , राम क्षेत्री , मनोज चन्द , रिना परियार , पूजा श्रेष्ठ , निमी शेर्पा , केसरी के सी कार्की , इन्द्र माया खत्री घिमिरे , सिर्जना वनेम , बिष्णु तामाङ , मैना लामा , मन्जु नेपाली , कमला आले ,यन्जुङ शेर्पा , लाक्पा शेर्पा (गोपर्मा) , पेमा लामु शेर्पा , माया शेर्पा , निलु शेर्पा, सिर्जना लिम्बु , निमी शेर्पा , केशरी केसी कार्की तथा बिष्णु तामाङ्ग , दिनेश लामा, रिना रौनियार, रहेका छन भने सल्हाकारहरु कार्य समितिको प्रथम बैठकले चयन गर्ने छ ।

  

दुई चरण गरी सम्पन्न अधिबेशनको पहिलो चरणको खुल्ला सत्रमा यू.के बाट आमन्त्रित पार्टीको भातृ संगठन हिमालयन अर्गनाजेशनका उपाध्यक्ष पदम गाहाको प्रमुख आतिथ्य तथा महासचिब कर्मा पहाडी ( कमान सिङ्ग ) शेर्पाको बिशेष आतिथ्यताको कार्य क्रमको अध्यक्षता रमिला राईले गरेका थिए ।

५१ जना सदश्य सहति युवा, युवतीहरु बिभिन्न पार्टी परित्याग गरि राष्ट्रिय जनमुक्ति पार्टीमा प्रबेस गरेका छन् ।  सम्पूर्ण पार्टीमा प्रबेस गर्ने कार्यकर्ताहरु लाई  प्रमुख अतिथि पदम गाहा मगरले नयाँ कार्य कार्यसमिति लगाएत नव प्रबेसीलाई शफथ ग्रहण गराएका थिए । महासचिब कर्मा पहाडी ( कमान सिङ्ग ) शेर्पाले खादा लगाई स्वागत गर्दै दुवै युवानेताले राष्ट्रिय जनमुक्ति पार्टीको निति, सिधान्त बारे प्रसिक्षण् समेत दिएका थिए । कार्यक्रम पर्यटकिय शहर निकोशियामा भएको थियो भने पेमा शेर्पाले सञ्चालन गरेकी थिईन ।

 

जनमुक्तिले बिदेशमा संगठन निर्माण गर्न आफ्नो पार्टीको भातृ संगठन दि.हिमालयन अर्गनाजेशन बेलायतलाई जिम्मा दिएको छ । युरोप,अमेरिका,अस्टेलिया, ऐसिया र खाडी मुलुकहरुमा समेत संगठन निर्माण तिर्बरुपमा भैरहेको राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन दि.हिमालयन अर्गनाजेशन बेलायतका महासचिब कर्मा पहाडी (कमान सिङ्ग) शेर्पाले राज्यसत्ता डट्.कमलाइ जानकारी दिए ।

(लेखक:दि.हिमालयन अर्गनाजेशन बेलायतका महासचिब हुन)

 


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %