​मिस तमुस्यो अभिनयतिर

Read Time:1 Minute, 35 Second

मनोज घर्तीमगर

मिस तमुस्यो नेपाल २०१३ दोब्गा गुरुङ्ग म्युजिक भिडियाबाट अभिनायमा छिरेकी छिन् ।

बुटवलकी दोब्गाको अभिनयप्रतिको लगाव र मेहेनेतलाई हेरेर निर्देशक भुपाल गुरुङले म्युजिक भिडियोमा अभिनय गराएका हुन् । दोब्गाले भिडियोमा प्रेमीकाको भुमिका निर्वाह गरेकी छिन् । चर्चित लेकाली व्याण्डको ‘मोहेनी त्यो रुपा तिम्रो… ’बोलको गीतान दोब्गामने अभिनय छ । दोब्गाले विसं २०६९ मा मिस तमुस्यो नेपालको ताज जितेकी थिइन् ।

दोब्गाले म्युजिक भिडियोलाई निरन्तरता दिने बताएकी छिन् । सौन्दर्य प्रतियोगीता मार्फत रंग क्षेत्रमा प्रवेश गरेकी दोब्गा फिल्ममा अभिनय गर्ने सोच बनाएकी छिन् । भिडियामा दोब्गासंगै सुजन र किरण गुरुङको  अभिनय छ । भुपाल क्रियशनद्धारा निर्मित भिडियोलाई उमेश पुनले खिचेका छन् ।

लेकाली व्याण्डका नविन गुरुङको आवाज रहेको उक्त चर्चित गीतको म्युजिक भिडियो बनेपछि थप चर्चित हुने निर्देशक भूपालले दाबी गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %