आज चैत्र २४ गते ३ दिन बन्द हडतालको पहिलो दिन भोजपुरमा भएको प्रहरी दमनको भत्सर्ना गर्दै नेपाली संघीय समाज युकेले आन्दोलनमा घाइते पार्टीका नेता तथा कार्यकर्तालाई रु १ लाख तत्कालै सहयोग गर्ने निर्णय गरेको छ ।

पार्टीको तर्फबाट आन्दोलनमा घाइते भएकाहरुलाई उपचार गर्ने उद्देश्यले स्थापना भएको १५ लाख कोषबाट पार्टी केन्द्रीय समिति नेपालको उपस्थितीमा प्रवास अंग प्रमुख आङकाजी शेर्पालाई जानकारी गराउदै उक्त रकम पठाउने काम भएको कुरा वरिष्ठ उपाध्यक्ष जंग सुनुवारले जानकारी दिनुभयो ।
अग्रमोर्चामा अघि बढिरहेको पार्टीको आन्दोलनमा हरप्रकारको सहयोग गर्न तयार रहेको कुरा युके समिति अध्यक्ष धर्म तामाङले बताउनु भएको छ । पार्टीको नेतृत्व तथा कार्यकर्ताहरुलाई हौसला थप्नको लागि समाजले कोष तयार गरिरहेको छ । भोजपुरको झडपमा गम्भिर घाइते भएकाहरु मध्ये प्रतिमा राई जो पार्टीको स्थानीय कार्यकर्ता साथै सघीय समाजवादी पार्टी नेपाल भोजपुर जिल्ला सदस्य अर्जुन राईको श्रमितिको उपचारको लागि उक्त रकम पठाईएको हो । अन्य गम्भिर घाइतेहरुलाई पनि सहयोग गर्ने योजना रहेको कुरा समाजका सदस्य रत्न थापा मगरले बताउनु भएको छ ।
घाइते प्रतिमा राईलाई २३ चैत्रको साँझ आयोजित मशाल जुलुशमा प्रहरीले आक्रमण गरि कुटपीट पछि मसाल झोसेका कारण बेहोस भएकोले आज हेलिकप्टरबाट काठमाण्डौ ल्याई किर्तिपुरको नेपाल क्ल्प्टि एण्ड वर्न सेन्टर को सिसियुमा भर्ना गरि उपचार शुरुगरिएको छ । जलेको भागको अप्रेशन गर्न अझै केही दिन पर्खेर मात्र हुने डा. शकर राईले बताउनुभएको कुरा पार्टी उपमहासचिव अजम्बर राईले जानकारी दिनुभएको छ । घाइते राईका साथमा अन्य ३ जना सक्त घाइतेलाई पनि हेलिकप्टरमा काठमाडौ ल्याइएको थियो ।
संघीय समाज युकेले पार्टी पदाधिकारी तथा शुभेच्छुकबाट न्यूनतम १०० पाउण्ड विगत महिनादेखि युकेब्यापी संकलन गर्दै आएको छ ।
साभार:नेपालीसमाचार.डटकम