रमेश कनौजेमगर
कतार,नेपाल प्रवासी मगर संघ दोहा कतारले २०१५ अप्रिल ३ तारिक शुक्रवारका दिन संघका चाप्पानी — ८,पाल्पा निवासी केन्द्रिय सह—कोषाध्यक्ष तथा बचतकोषका ऋण विभागका संयोजक कृष्ण रानाममगरलाई बिदाइ गरियो ।
दोहाको टपफर्म रेष्टुरेन्टमा संघका केन्द्रिय का.वा.अध्यक्ष महेन्द्र थापामगरको सभापतित्व तथा महासचिव रमेश कनौजेमगरको सञ्चालनमा भएको उक्त कार्यक्रममा बिदाईका पात्र कृष्ण रानाममगर प्रमुख अतिथी रहेका थिए । बिशिष्ट अतिथीहरुमा कतारबासी मगरहरुको सांस्कृतिक २०१५/०१६ का वाङ (राजा) तथा दोहा एरिया समितिका अध्यक्ष रविन मगर, केन्द्रिय समितीका प्रमुख सल्लाहकार भिम तरामुमगर थिए ।
त्यस्तैगरी अतिथीहरुमा केन्द्रिय समितीका पूर्व सल्लाहकार सदस्य मनिराज पुनमगर, नेपाल प्रवासी मगर वचत कोषका कोषाध्यक्ष केशव रानामगर, दोहा एरिया समितीका कोषाध्यक्ष रवि पुलामीमगर, सनैया ए एरिया समितीका कोषाध्यक्ष कृष्ण ब. मगर, सनैया बि एरिया समितीका अध्यक्ष बावुराम थापामगर, अबुहमुर एरिया समितिका सचिव मिन सारु मगरहरु थिए।
कार्यक्रममा संघका बिभिन्न समितीको र अन्य जनसमुदायको बाक्लो उपस्थिती रहेको थियो । भने कार्यक्रममा उपस्थित सम्पूर्णलाई द्धितिय उपाध्यक्ष शेरबहादुर रोकामगरले स्वागत मन्तब्यद्धारा स्वागत गरिएको थियो ।
कार्यक्रमकै शिलशिलामा उनको योगदानको उच्च कदर गर्दै संघको तर्फबाट बिशिष्ट अतिथी तथा प्रमुख सल्लाहकार भिम तरामुमगरले र राजा (वाङ) तथा दोहा एरिया समितिका अध्यक्ष रविन मगरले खादा ओढाई सम्मान गरेका थिए । का.वा.अध्यक्ष महेन्द्र थापामगरले मायाको चिनो प्रदान प्रदान गरेका थिए भने प्रमुख सल्लाहकार भिम तरामुमगरले संघको तर्फबाट कदर पत्र हस्तान्तरण गरेर उनले संघलाइ दिएको योगदानको कदर गरिएको थियो ।
कार्यक्रममा रानामगरलाई अतिथिहरु तथा बिशिष्ट अतिथी द्धय भिम तरामुमगर र रविन मगरले कृष्ण आठौं केन्द्रिय कार्यसमिती देखी हाल सम्मको यात्राको दौरानमा उनले संघमा बिशेष गरेर खेलकुद, सांस्कृतिक, लगायत संस्थाको अन्य क्षेत्रमा योगदान गरेका कुराहरुको स्मरण गर्दै त्यस समयमा भएका, गरेका, सिकेका कुराहरुको चर्चा गरेका थिए ।
त्यस्तैगरी प्रमख अतिथी रहेका, बिदाई भएर जानुहुने कृष्ण रानामगरले कतारको मगर संघमा अझ केही गर्ने चाहना हुँदा हुँदै आफु स्वदेश जानु परेकोमा र संघका साथीहरुलाई छोडेर जानुपरेकोमा दुःख ब्यक्त गर्दै मगर संस्कृति, मगर संघ र मगरहरुको पहिचान तथा हक अधिकारको लागी बिश्वको जुनसुकै कुनामा रहे पनि आफु संघर्षशिल रहने कुरा बताएका थिए ।
कार्यक्रमका सभापती का.वा.अध्यक्ष महेन्द्र थापामगरले उहाँ नेपाल जानुहुँदै गर्दा उहाँको अभावको महशुस संघलाई भएको र उहाँको संघ प्रतिको मायालाई सम्मान गर्न उहाँको योगदानको पाठ सिक्दै हामीले अझ लगनशील भएर लाग्नुपर्ने आवश्यकता औंल्याए । अन्तमा का.वा.अध्यक्षले उहाँको ब्यक्तिगत र सामाजिक जिवन सफलताको शुभकामना सहित शुभयात्राको कामना गर्दै कार्यक्रमको अन्त्य गरेका थिए ।