दुर्गा राजकोटी मगर
कानुनको परिभाषामा १६ वर्ष भन्दा कम उमेरका वालवालिकालाई फकाएर होस् वा जुनसुकै वहानामा प्रलोभन देखाएर सहमतिमै यौन सम्बन्ध राखे पनि त्ससलाई बलात्कार भएको ठहरिन्छ भने उमेर पुगेका १६ वर्ष भन्दा माथिका महिलाको हकमा उस्को ईच्छा विपरित जबरजस्ती गरिन्छ भने मात्र त्यसलाई बलात्कार भएको ठहरिन्छ । तर बलात्कारको परिभाषा त्यतिमा मात्र सिमित छैन ।
कुनै पनि नाजायज अथवा नराम्रो कार्य जबरजस्ती गरिन्छ भने त्यसलाई पनि बलात्कार भएको ठहरिन्छ जुन हाम्रा देशका आफुलाई वरिष्ठ भन्ने नेताहरुले गरिरहेका छन् । जहाँ अन्याय अत्याचार हुन्छ त्यहाँ अवश्य हिंसा हुन्छ ,यो निर्विवाद विषय हो । जहाँ कानूनको उचित पालना वा कार्यान्वयन हुन्छ त्यहाँ शान्ति र विकास हुन्छ । सबैलाई समान व्यवहार गरियो भने त्यहाँ कुनै व्यक्ति, संस्था वा पार्टीले विरोधका कार्यक्रम गर्दैन, ल्याउदैन ।
काँग्रेस र एमालेका केही वरिष्ठ भनिने नेताहरुले देशलाई बलात्कार गर्न खोजिरहेकाले तत्काल ती बलात्कार गर्न खोज्ने नेताहरुलाई सम्पूर्ण देशभक्त नेपालीले पक्राउ गरि आजिवन जेल चलान गरियोस् ।
तर जुन देशलाई संविधानमै बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक भनेर परिभाषित गरिन्छ कागजको खोस्टामा र व्यवहारमा एक जाति, एक भाषा, एक धर्म र एक संस्कृतिले मात्र राज गर्छ भने त्यो देशमा अधिकारको लागि भनेर बन्द, हड्ताल, जुलुस, नारावाजी, टायर बाल्ने, बम पड्काउने, भौतिक आक्रमण गर्ने लगायतका काम नभएर अरु के हुन सक्छ ? खाना पकाउने प्रेसर कुकरलाई अलि अलि हावा जाने ठाँउ दिईएन भने वा दालको गेडागुडी गएर अड्कीएर हावा जान पाएन भने स्वत त्यो प्रेसर कुकर विष्फोट हुन्छ । विष्फोट पछिको परिणाम के हुन्छ त्यो सबैलाई अवगत भएकै कुरा हो आफु लगाएत छेऊ छाउका सबैलाई त्यस्ले ध्यवस्त पार्छ । अहिले देश ध्वस्त हुने दिशा तर्फ उन्मुख हुदैछ ।
त्यसो नहोस् भनेर सबैले आगो निभाऊ भनिरहेका छन् । देशको वर्तमान अवस्था भनेको कुकरमा दाल पकाईरहेको अवस्था र कुकरको सिठ्ठीमा गेडागुडी गएर टालिएको वा बन्द भएको अवस्था हो । यस्तो सिठ्ठी टालिएको अवस्थामा भान्सेले बेलैमा बुद्धि पुर्याएर आगो निभाउनु पर्छ र केले सिठ्ठी टालिएको हो त्यो सफा गरेर पुन आगो बाली दाल पकाउने कार्यलाई अगाडी बढाउनु पर्दछ । यदि सिठ्ठी टालिएको कुरा जान्दा जान्दै पनि उस्ले वेवास्ता गर्छ भने र आगो पनि निभाउदैन भने स्वतह निश्चित तापक्रममा पुगेपछि त्यो कुकर विष्फोट हुन्छ र त्यो भान्छे लगायत भान्सा घर समेत ध्वस्त हुन्छ ।
काँग्रेस र एमाले भनेका अहिलेका भान्से हुन् । खाना पकाउनु पर्छ भन्ने कुरामा सबै दलको सहमति छ किनकी भोकै कोही पनि बस्न सक्तैन तर कुरा के मा अड्कीएको छ भन्दा खाना क–कस्ले खाने ? ३० दलिय मोर्चामा आवद्ध दलले भन्छ भात सबैले बराबरी जस्लाई जति पुग्छ त्यति नै मिलेर बाडीचुडी खाँउ तर सत्तासिन दल एमाले र काँग्रेसले भन्छ होईन भात खाने अधिकार त जनताले हामीलाई मात्र दिएको हो त्यसैले हामी त्यो भात अरुलाई दिन चाहान्नौ । कुरा यही गएर अड्केको छ ।
खाना पकाउने ३० जना मिलेर अनि पाकीसकेको खाना खाने चाही जम्मा २ जनाले ? यस्तो हुनुभन्दा त खाना नै पकाउन नदिए वेस भन्ठानेर माघ ८ मा संविधान बन्न नसकेको हो । यदि माघ ८ मा संविधान बनेको भए त्यो केवल काँग्रेस र एमालेलाई मात्र वा केही सिमित जात, जाति, भाषा, भाषि वा धर्मलाई फाईदा हुन सक्थ्यो । अहिले सत्तासिन दलहरु त्यही बाटोलाई पछ्याईरहेका छन् ।
अहिलेको अवस्थामा संविधान निर्माण गर्नको निम्ति जुन प्रक्रिया थालिएको छ त्यस प्रक्रियालई रोक्नु भनेको आगो निभाउनु हो त्यसैले बेलैमा आगो निभाउने काम थालनी गरियोस र गेडागुडी हटाउने काम गरियोस् अर्थात ३० दलिया मोर्चाले राखेको जायज मागलाई संवोधन गरियोस् । यसो भयो भने अर्थात सबैले खाना खान पाईने कुरा सुनिश्चित भयो भने पुन आगो बालेर खाना पकाउने कार्य सम्पन्न गर्न सकिने छ अन्यथा देश विष्फोट भै सबै ध्वस्त हुनेछ ।
काँग्रेस र एमालेका केही नेता जस्ले आफुलाई वरिष्ठ ठानेका छन् यिनीहरुले अधिकांश जनताको मागलाई वेवास्ता गर्दै देशलाई वलात्कार गर्ने प्रयास गरिरहेकोले साहासिक, ईमान्दार , देशभकत नागरिकले यस्तो बलात्कार गर्न खोज्ने मूर्ख नेताहरुलाई धेरै समय सम्म टुलुटुलु हेरी चुपचाप सहेर बस्न सक्ने स्थिति नरहेकोले ती सम्पूर्ण बलात्कार गर्न खोजिरहेका शुशिल कोईराला, के.पी शर्मा ओली, वामदेव गौतम, भिव रावल, रामचन्द्र पौडेललाई पहिचान गरी अदातलतको कठघरामा उभ्याई एउटा व्यक्तिलाई मात्र नभै राष्ट्रलाई नै बलात्कार गर्न दुष्साहस गर्नेलाई आजिवन अर्थात नमरुन्जेल सम्म जेल चलान गर्न म सम्पूर्ण न्यायप्रेमी, विकासप्रेमी, अग्रगमनकारी, देशभक्त नेपालीलाई आव्हान गर्न चाहान्छु र यो राष्ट्रलाई विष्फोट हुनबाट जोगाउन अपिल पनि गर्न चाहान्छु एउटा सचेत नागरिकको हैसियतले ।
