घर्तीमगरलाई जीबसीम साहित्य पुरस्कार

Read Time:3 Minute, 30 Second

राज्यसत्ता,

काठमाण्डौ , १८ चैत – मगर आदिकवि जीतबहादुर सिंजालीमगर साहित्य प्रतिष्ठानले जीबसीम साहित्य पुरस्कार–२०७० बाट उवा–८, मालागिरी, रोल्पा निवासी बोमबहादुर घर्तीमगर ‘ब्योम जी अवतार’लाई सम्मान गर्ने भएको छ ।त्यस्तै, जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०७०, बाट छाप, स्याङ्जा निवासी उमा रानामगर ‘सानु’लाई पुरस्कृत गरिन लागेको प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगरले जानकारी दिए।

 

त्यसैगरी, जयबहादुर हितानमगर स्मृति पुरस्कार–२०७० सुरेश आलेमगरलाई प्रदान गर्नुका साथै, वरिष्ठ साहित्यकार वैरागी काइालालाई सम्मान गरिने अध्यक्ष लाफा मगरले जानकारी दिए । मगर भाषा साहित्यमा उत्कृष्ट कृतिका श्रष्टा र मगर समाजमा योगदान पुर्‍याउने व्यक्तिलाई पुरस्कृतसहित सम्मान गरिने प्रतिष्ठानले जनाएको छ ।

जीबसीम साहित्य पुरस्कार–२०७० को पुरस्कार राशी ४५ हजार रुपैया छ । प्रतिष्ठानले पुरस्कार राशी हरेक वर्ष ५ हजार रुपैयाले वृद्धि गर्दै आएको छ । मगर खाम (भाषा)मा च्यासीऊपुरी–२०६८ (उठ्नुपर्छ), कविता संग्रह सोच्वोके–२०६६ (ब्युाझनु) गजल संग्रह लेखेका घर्तीमगर नेपाल मगर लेखक संघ रोल्पाका अध्यक्ष समेत हुन ।

जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०७० को पुरस्कार राशी १० हजार रुपैया रहेको छ । मगर भाषामा ग्याच नाम्खान–२०६४ (रातो सूर्य), भाराक्च सुटा–२०६६ (चुाडिएको धागो) र सोहोयाप–२०६८ (जागौं) तीनवटै कथा संग्रह लेखेकी रानामगर प्रतिभाशाली लेखिका हुन।

जयबहादुर हितानमगर स्मृति पुरस्कार–२०७०, को पुरस्कार राशी २० हजार रुपैया रहेको छ । नेपाल मगर संघ (तत्कालीन, नेपाल लाङ्घाली परिवार) तथा नेपाल आदिवासी जनजाति महासंघका संस्थापक महासचिव सुरेश आलेमगर आदिवासी जनजाति अभियन्ता र राजनीतिकर्मी हुन ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा मातृभाषा विभाग गठन गरि मातृभाषा साहित्य लेखनमा प्रोत्साहन र सम्वद्र्धन गरेका वरिष्ठ साहित्यकार वैरागी काइालालाई समेत सम्मान गरिने छ । काइला नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति समेत हुन ।

पुरस्कृत/सम्मानित हुने व्यक्तित्वलाई यही चैत्र २८ गते शनिबार काठमाडौंमा भव्य समारोहका साथ सम्मानसहित पुरस्कार वितरण गरिने अध्यक्ष लाफा मगरले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %