निश्चल काउचा
प्रतिभा त्यस्तो चिज हो जो चट्टान फोडेर भए पनि बाहिर निस्किन्छ । कोरियाको ब्यस्त समयको बावजुत पनि बचेको समयमा गीत, संगीत सृजना गर्दै आएका सिपी मगरले अहिलेसम्म दर्जनौ लोक दोहोरी र आधुनिक गीत श्रोता माझ पस्की सकेका छन । ईपिएस मार्फत कोरिया आएका सिपी मगरकै सक्रियतामा बिसौनी समुह गठन गरेर नेपाली कला सस्कृति झल्कने लोक धुन कोरियनहरु माझ चिनाउने मौका पनि जुराएका छन । बिसौनी समुहले कोरियाको चाडहरु चुसक र सलनालमा बिभिन्न नेपाली संघ संस्थाहरुले आयोजना गर्ने कार्यक्रममा नेपाली लोक धुन सुनाउदै आएको छ ।
गीत आत्मसन्तुष्टिको लागि लेख्ने गरेको सुनाउने सिपी मगरले गीत पनि गाउछन तर अहिलेसम्म रेकर्ड चाँही गरेका छैनन । निकट भविष्यमै गीत रेकर्ड गर्ने पनि सुनाए । कोरियन र नेपाली चाड पर्वको अबसरमा हुने बिभिन्न कार्यक्रममा बिसौनी समुहसँगै उनी गीत पनि गाउछन ।
संगीतमा लाग्ने प्रेरणा घर परिवार र साथी भाईबाट मिलेको बताउने सिपीलाई बिमा कुमारी दुराको गाउ शहरमा लम्जुङ् दरबार लोक गीत निकै मन पर्छ रे उसो त उनलाई भगवान भण्डारी र बिष्णु माझीको स्वर अरुको भन्दा अब्बल लाग्ने गरेको पनि सुनाए । उनी देश बिदेश जहाँ भए पनि गीत संगीतबाट टाढा रहन नसक्ने सुनाए । उनको भोलीको उदेश्य गीत संगीत संगै म्युजिक भिडियो निर्देशन र सम्पादन गर्ने पनि रहेको छ ।
बिशेषत लोक दोहोरी गीत लेख्ने सिपीले डीआर अटु संगीत र प्रमोद खरेलको स्वरमा पागलै त होईन प्रिय बोलको आधुनिक गीत पनि रेकर्ड गराएका छन । उनले शब्द सङ्कलन गरेको दोहोरी र कौडा गीतमा संगिता थापा मगर, रामजी खाड, कुमार राना मगर, बिमल डागी, पूर्ण कला बिसी, भिम थापा, सुनिल पुलामी मगर, मधुसुदन थापा लगायत अन्य कलाकारले स्वर भरेका छन । प्रदेशमा बसेर पनि नेपाली गीत संगीतलाई दिलो ज्यान दिने सिपीलाई सलाम र उनको गीत संगीत यात्रा जारी रहोस् भन्दै अन्त्यमा उनको भर्खरै बजारमा आएको दोहोरी गीत संगिता थापा मगर रामजी खाडको स्वरमा सजिएको गीत
फुर्फुर गर्दै,पुतली सरी
घुम्छिन् अनि नाँच्छिन् यो मन भरि
आँखै प्यारो छ
संसारै भुलाउने काखै प्यारो छ