नेपालीहरुले अर्थआवर मनाए

Read Time:3 Minute, 0 Second

विश्वास दीप तिगेला

लण्डन, गत २८ मार्च २०१५ का दिन युकेबासी नेपालीहरुले एक साहित्यिक गोष्ठिगरि अर्थ आवर मनाएका छन् ।

कार्यक्रममा सहभागिहरुलाई स्वागत मन्तब्य सहित युकेका पहिलो वातावरणविद विजय हितानले अर्थ आवरको इतिहास तथा औचित्यको बारेमा जानकारी गराएका थिए । नयाँ ठाँउ र नयाँ परिवेशमा युकेमा रहेका नेपालीहरुले अर्थ आवर मनाउनुको महत्व ठूलो रहेको कुरा पूर्व काउन्सिलर धन गुरुङले बताए । त्यस्तै नयाँ परिवेशमा अर्थ आवरको बारे सर्वसाधारण सबैलाई जानकारी हुन जरुरी रहेको कुरा किरात याक्थुङ चुम्लुङ युकेका केन्द्रीय अध्यक्ष काजीमान यक्सोले बताए ।

उक्त गोष्ठिमा करिष्मा घम एउटा बूढ़ों रूख – कबिता ,सिता पूर्जापुन, नरेश काङमाङ, देवेन्द्र खेरेस, नरेश नाती, अप्जसे कान्छा, महा राई, विनोद राई लगायतले वातावरण सम्बन्धिका आ-आफ्नो सिर्जना वाचन गरेका थिए । केही स्रष्टाहरुले कार्यक्रमको लागि पठाउनु भएको रचनाहरुलाई पनि वाचन गरिएको थियो ।

प्रत्येक बर्षको मार्च महिनाको अन्तिम शनिवारलाई विभिन्न कार्यक्रम गरि विश्वब्यापी अर्थआवर मनाउने प्रचलन विश्व बन्यजन्तु संरक्षण कोषको तत्वाधानमा सन् २००७ देखि अष्ट्रेलिया बाट शुरु भएको हो । यसबर्ष १७० मुलुक वातावरण बचाउने यस अभियानमा सहभागि बनेका छन् । अर्थ आवरको साँझ स्थानीय समयअनुसार साँढे ८ बजेदेखि साँढे ९ बजे सम्म एकघण्टा घर, कार्यालय र रोडका बत्तिहरु निभाएर मौन विद्रोह स्वरुप मनाउने प्रचलन रहेको छ ।

विश्व नेपाली साहित्य महासङ्घको आयोजनामा सम्पन्न कार्यक्रममा वातावरणविद हितानलाई महासङ्घको संरक्षक सदस्यता पनि प्रदान गरिएको थियो । रोशन मेवाहाँङले संचालन गरेको कार्यक्रमको सभापतित्व महासङ्घ केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाले गरेका थिए ।

स्मरण रहोस, वातावरणविद हितानको सक्रियतामा युकेका नेपालीहरुले सन् २००९ देखि नियमित मनाउदै आएका छन् ।

(तिगेला विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय अध्यक्ष हुन)

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %