क्रान्तिकारी पत्रकार महासंघ, नेपालको प्रेस विज्ञप्ति

क्रान्तिकारी पत्रकार महासंघ, नेपाल

कास्की शाखा
प्रेस विज्ञप्ति

तीस दलीय मोर्चाले आइतबार पोखरामा प्रदर्शन गरेको लाठी जुलुसमा क्रममा जुलुसमा सहभागी तीस दलीय मोर्चाका कार्यकर्ताहरूले नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार राजबहादुर गुरुङको पोखराको न्युरोडमा पार्किङ गरी राखेको प्राइभेट कारमा तोडफोड गरेको घटनाप्रति क्रान्तिकारी पत्रकार महासंघ, नेपाल कास्की शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।

क्रान्तिकारी पत्रकार महासंघ कास्की तीस दलीय मोर्चालाई यस्ता घटना नदोहो¥याउन सचेत गराउँदै घटनाप्रति खेद प्रकट गर्दछ ।

त्यसैगरी, लाठी जुलुसको समाचार संकलन गर्न गएका कान्तिपुर टेलिभिजनका पत्रकार इन्द्र पौडेलमाथि प्रहरीले कुटपिट गरेको घटनाप्रति क्रान्तिकारी पत्रकार महासंघ, नेपाल, कास्की शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।

क्रान्तिकारी पत्रकार महासंघ कास्की कास्की प्रहरीलाई यस्ता घटना नदोह¥याउन सचेत गराउँदै उक्त घटनाप्रति खेद प्रकट गर्छ र स्वतन्त्रपूर्वक समाचार संकलन गर्ने वातावरण बनाउन जोडदार माग गर्दछ ।

…………………………..
रूद्रबहादुरश्रीस 

संयोजक
क्रान्तिकारी पत्रकार महासंघ, नेपाल, कास्की

मितिः२०७१-१२-१५ गते