अनिता राना मगर
यू.के, मार्च ३० – मगर संग बेलायत स्विन्डन शाखाको बार्षिक संम्मेलन मार्चको २८ तारिक वाल्कोट डम कमुनिटि हलमा स्विन्डन शाखाका अध्यक्ष मोहनबाहादुर थापामगरको अध्यक्षतामा सम्पन्न भयो ।
संघका उपाध्यक्ष अनीता राना मगरको स्वागत् मंन्तब्य र शंघका सचिब भीम पुन मगरले कार्यक्रम संचालन गरेका थिए ।
कोषाध्यक्ष प्रेम थापा मगरले बार्षिक आय- ब्याएको प्रतिबेदन प्रस्तुत गरेका थिए भने संघका सल्लाहकार रिम गलामि मगरले स्विन्डन साखाको बिधान बिषयमा बिचार राखेका थिए । कर्मकाण्ड तथा मीडिया सेक्रेटरी कुमार राना मगरले कर्म काण्ड र साखाको मिडियाको बारे जानकारि गराएका थिए ।

शुभकामना मन्तब्य दिनेहरूमा जिन्सी का सचिब लेख बिक्रम थापा मगर,संस्कृति प्रमुख लोक थापा मगर ,महिला बिभाग प्रमुख इन्दिरा गलामि मगर,महिला संघको सचिब नानु राना मगर, महिला संगको कोषअध्यक्ष टिका पुन मगर,पिए सिस्टमको सचिब ललित गर्बुजा मगर र एरिया प्रतिनिधिहरुमा पार्क साउथ पार्क नर्थ अशोक बुढाथोकि मगर, सेन्सवरी बाट गंगा राना मगर, वेस्ट स्विन्डन बाट चुरा रोका मगर र सिनीयर शिटीजन बाट जंगबाहादुर थापा मगर हरू थिए ।
कार्यक्रमको अन्तमा एडमीन् टीमले यस कार्यक्रममा आउनु हुने सबै मगर बन्धुहरुलाई भोजन को पनि राम्रो व्यवस्था गरेका थिए । कार्यक्रम क़रीब दिनको १२ बजेबाट सुरु भइ बेलुकि ६ बजे संपन्न भएकोथियो । कार्यक्रममा सम्पूर्ण दाजु भाइ दिदि बहिनीहरुको राम्रो उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्तमा संघको अध्यक्ष मोहनबाहादुर थापा मगरले आफनो भनाई राख्दै कार्यक्रम समापन गरेका थिए ।
