अर्थ आवर दिवश भव्यरुपमा सम्पन्न

Read Time:4 Minute, 46 Second

रोशन मेवाहाङ

चैत्र १५ लन्डन- सनिबारको दिन बेलायत फोक्सटन नजिकै नेपाली रेष्टुरेण्ट लेमनलिफमा विश्व नेपाली साहित्य महासंघ बेलायतको आयोजनामा अर्थ आवर दिवश भव्यरुपमा सुसम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि फोक्सटन बेलायतका पहिलो गोर्खा तथा पुर्व काउन्सिलर धन गुरुङ र कार्यक्रमका सभापति विश्व नेपाली साहित्य महासंघ बेलायतका अध्यक्ष श्विश्वासदिप तिगेलाकोे संयुक्त बाहुलीबाट दिप प्रज्वलन गरि कार्यक्रम औपचारिकरुपमा उद्घघाटन गरिएको थियो ।

नेपाली राष्ट्रिय गानबाट सुरुवात गरिएको कार्यक्रममा उपस्थित प्रमुख अथिती र विशेष अथितीहरु, बेलायत प्रतिभा प्रतिष्ठानका कोषाध्यक्ष पत्रकार देबेन्द्र खेरेश र खोटाङ्ग प्रतिभा प्रतिष्ठानका संस्थापक गितकार ईश्वर चाम्लीङले अर्थ आवर बारे प्रतिबद्वता मन्तव्य छोटो मिठो रुपमा राखेका थिए ।

विश्व नेपाली साहित्य महासंघ बेलायतका आयोजनामा कविता, गित र मुक्तकहरु विभिन्न मोडहरुबाट प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा वाचन लगतै विश्व नेपाली साहित्य महासंघ बेलायतका अध्यक्ष विश्वासदिप तिगेलाले कविता, गित र मुक्तकका बारेमा समिक्षा मन्तब्य राख्दै आफनो शिर्जनाहरु कार्यक्रममाझ पस्केका थिए । कार्यक्रममा आफनो शिर्जनाहरु प्रस्तुत गरिएकोमा विशेष र भावनात्मक भन्दै  वातावरण विद्  हितानलाई प्रमुख अतिथिबाट आप्नो शिर्जनाहरु निरन्तर रुपमा नेपाली समाजमा अगाडी बढाउनका निम्ती प्रोत्सहन स्वरुप विश्व नेपाली साहित्य महासंघ बेलायतको तर्फबाट कवि हितानलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

समारोहका प्रमुख अतिथि बेलायत फोक्सटनका पुर्व काउन्सिलर धन गुरुङले यस्ता रचनात्मक कार्य र सम्वेदनशील भावनाले नै समाजमा नयाँ विचार र नयाँ समाजको विस्तार बन्ने सोच व्यक्त राख्दै नेपाली गीत “आमा मलाई पनि बाच्न देउ, यो धतीमा” बोलको गीत गाउदा उपस्थित सतप्रतिशत भाबुक र मत्रमुग्द देखिएका थिए । कार्यक्रमको अन्त्यतिर सिर्जना वाचनको शुरुवात अप्जसे कान्छाको कविता वातावरण शिर्शकमा एकल वाचन शुरुवात गरिएको थियो, त्यस्तै गरि प्रकृतीको जादु क्रिष्टिना घम, सिता पुर्जा पुनले पहिलो गिती एल्बमका पहिलो गित सुनाएका थिए । यसैगरि कवि बिजय हितान, विज्ञान विषयमा विद्ययबारती अर्को वर्ष पुरा गर्न लागेका विद्यार्थी महा रार्ई लगायतले आधा दर्जन कविहरुले आफ्नो सिर्जना पस्केका थिए ।

बेलायतमै हास्यविधामा चर्चित बनेका नरेश नाती विचार र चिन्तनशिर तिर मात्र सिमित छैनन नेपाली गीत संगितमा पनि रमाउने सजक आजको कार्यक्रममा हास्य व्यग्यात्मकरुपमा आफनो मुक्तक र क्यारिकेचर प्रस्तुत गर्दा उपस्थित माहोलको स्वरुप र परिवर्तनको मोड बेग्लै रहेको थियो । विश्व नेपाली साहित्य महासंघ बेलायतका अध्यक्ष विश्वसदिप तिगेलाले हरेक साल अर्थ आवर दिवश भव्यरुपमा मनाउदै जाने कसम उपस्थित माझ जानकारी दिएका छन । विश्व नेपाली साहित्य महासंघ बेलायतका अध्यक्ष विश्वसदिप तिगेलाको सभापतित्वमा आयोजित उक्त कार्यक्रमका संन्चालन रोशन राईले गरेका थिए ।


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %