कैलाश पुन
२७ अप्रिल, दुवई, नेपाल खाम भाषा जागरण मंच युएईको चौथो वैठक सम्पन्न भएको छ ।दुवईको बर दुवई क्यारिफ़र डांडामा बसेको वैठक मंचका अध्यक्ष भुवन बुढा मगरको अध्यक्षतामा बसेको थियो भने जागरण मंचका प्रमुख सल्लाहकार पृथीछक बुढा मगर र राम कृष्ण पुन मगरको बिशेष उपस्थिति रहेको थियो । बैठकमा बिभिन्न प्रस्ताबहरु माथि छलफल गरेर निर्णयहरु पारित गरेको छ ।
बैठकले रुकुमको तकसेरामा सम्पन्न हुन गइरहेको आदिवासी जनजाति महोत्सवको लागि आधिकारिक रुपमा सहयोगको निम्ति पत्र आएको हुनाले उक्त महोत्सवलाई सफल पार्नको लागि आफुहरुले सक्दो आर्थिक र प्रचारात्मक सहयोग गर्ने निर्णय गरेको छ । साथै मंचका उपाध्यक्ष पुर्णि माया रोका मगरको स्वास्थ्य अवस्था केहि कमजोरी भएको र त्यसको लागि अप्रेशन गर्नु पर्ने भएको हुनाले जागरण मंचले पुर्णि मायालाइ सक्दो आर्थिक सहयोग गर्ने प्रतिबद्दता जाहेर गरेको छ ।
बैठकले तत्कालै आर्थिक संकलन गर्ने निर्णय गरे लगत्तै गोर्खा सेवा समाज युएईका पदाधिकारी कृष्ण प्रसाद रेग्मीले महोत्सव सफल रहोस भन्ने कामना गर्दै आफ्नो व्यक्तिगत तर्फवाट केहि आर्थिक सहयोग पनि हस्तान्तरण गर्नु भएको थियो । उहाँलाई मंचले शाब्दिक सम्मान गर्दै आभार प्रकट गरेको छ ।
बैठकको अन्त्यमा जागरण मंचका अध्यक्ष तथा बैठकका सभापति भुवन बुढा मगरले बिभिन्न बिषयहरु माथि प्रकाश पार्दै युएईमा रहेका सवै संघ सस्थाहरुसंग समान सम्बन्ध कायम गरि सबैसंग मिलेर सहकार्य गर्दै अघि बढ्नको लागि हामीसंग ढोका खुल्ला रहेको छ भनि कुरा स्पष्ट पारेका थिए । सभापति भुवन बुढाले थपे, ‘युएईमा २ वटा मगर संघ छन्, उहाँहरु मिल्नु पर्छ, मिल्नुको बिकल्प छैन, ति दुई मगर संघसंग हामी समान ब्यबहार गर्न चाहन्छौं । मिलेर मगर जात र पहिचान, संस्कृतिको उत्थान गर्नु पर्छ । यदि यो कुरामा चुक्नु भयो भने बिकल्पमा हामी छौं । हामी भन्छौं, यदि मिलेर जाने भए जानुस नत्र हामीलाई बाटो छोड्दिनुस हामी मिलाएर अघि बढ्छौं । हामी सक्षम छौं । हामीलाई त्यो सम्भब लाग्छ ।
मंचले २०१५ भित्र कुनै मगर चाडको अबशर पारेर परम्परागत सांस्कृतिक झाँकी जस्तै २२ ताल दिग्रे, घरुवा, अन्य मगर भूमे नाच प्रस्तुत गर्ने तयारी पनि गर्ने भएको छ ।