अवसरबाट बन्चित, प्रतिभावान कलाकार सुशिला थापा मगर

Read Time:4 Minute, 54 Second

हुम सुनारी मगर 

२७ मार्च ,२०१५

 नेपाली राजनीति र समाजमा खपाङ्गीको देन पुस्तकका सम्पादक भावेश भूमरीको घरमा निम्तो मान्न गएको थिएँ। वहाँले आफ्नो नयाँ गीति अल्बम, भिन्नताको ‘तिम्रो चोटले’ को भिडियो देखाउनु भयो । उक्त गीतको भिजियोलमा सुशीला थापामगरले उत्कृष्ठ अभिनय/नृत्य गरेकी रहेछिन् ।

सम्बन्धित भिडियो हेर्न यहाँ क्लिक गर्नु होला :-

प्रतिभाकी धनी,अवसरबाट बञ्चित अभिनेत्री सुशिला थापामगर

 

सुशीलालाई उक्त भिजियोलमा देख्ने बित्तिकै मैले उनलाई चिनेँ । उनि बहुचर्चित चलचित्र ‘लोकन्ती’ को नायीका होइनन्, भनेर भावेश सरसँग सोधे । वहाँले हुन् भन्नु भयो ।

मैले लोकन्ती चलचित्र लगभग ६-७ महिना अगाडी युट्युबमा हेरेको थिएँ । अहिलेसम्म सो चलचित्र युट्युबमा हेर्ने भ्युअरहरू पाच लाख भन्दा बढी भईसकेका छन् । यो सङ्ख्या सर्बाधिक हो । नेपालको सफल भनिने चलचित्र युट्युबमा हेर्नेहरूको सङ्ख्या बढीमा ४ लाख भन्दा हुँदैन ।सुशीला थापामगरले लोकन्ती चलचित्रमा गरेको उत्कृष्ट अभिनय र उनको सरल स्वभाव कै कारणले उक्त चलचित्र अधिकांश दर्शकहरूले रूचाएका हुन् भन्ने टिप्पणी गर्न सकिने ठाउँ छ । मैले व्यक्तिगत रूपमा उनको अभिनयलाई टिप्पणी गर्नु पर्दा उनि वरिष्ठ अभिनेत्री मिथिला शर्माको उत्तराधिकारीको रुपमा आफुलाई स्थापित गर्न सफल रहेको भेटाएँ ।

मैले सुशीलालाई प्रत्यक्ष भेटेर कुरा गर्न चाहेँ । भावेश सरले उनको सम्पर्क नम्बर उपलब्ध गराउनु भयो । सुशीलासँग भएको भेटमा मैले उनलाई अति नै सरल, सुशील र मिजाशीला स्वभाव भएको भेटाएँ । उनको स्वभावमा ठट्ट्योली र उत्ताउलोपन कत्ति पनि छैन । अनावश्यक कुराकानी गर्दैनन् उनि । सबै मानिसहरूलाई सम्मान दिएर कुराकानी गर्छिन् उनि । उनको सुशील स्वभाव कै कारणले उनको नाम पनि सोहि अनुसार जुरेको रहेछ भन्ने लाग्यो मलाई।

सुशीलाको उत्कृष्ठ अभिनय र नृत्यमा राम्रो अनुभव भएकै कारणले उनले राष्ट्रिय नाचघरमा कोरियोग्राफरको रुपमा कार्यरत छिन् । जसको लेखन र ब्यबस्थापन भावेश भुमरीले गर्नु भएको छ।

अन्य चलचित्रहरूमा किन अभिनय नगरेको बहिनी भनेर मैले सुशीलालाई प्रश्न तेर्स्याएँ । मेरो स्वभाव सायद चलचित्रकर्मीहरूलाई मन नपरेको भएर हो कि ! अन्य अभिनेत्रीहरू जस्तो ग्लामरस बन्न नसकेको भएर पनि होला । अर्को कारण, जातले उत्पीडित समूदाय भित्रको ‘मगर’ भएकीले पनि हुन सक्छ भन्ने तर्क पनि गरिन् सुशीलाले ।

सुशीलमा प्रतिभा र सुन्दरता दुवै हुँदाहुँदै पनि उनि अवसरबाट बञ्चित हुनुको अर्को कारण उनि मेडियाको नजरमा पर्न नसक्नु पनि अर्को कारण हो भन्ने लाग्यो। जे होस् उनको अभिनय र नृत्यमा निखार्पन छ। यति धेरै प्रतिभा र कलाकारिता भएको व्यक्तित्वलाई नेपाली चलचित्र उद्योगमा स्थापित गर्न सके चलचित्र उद्योग थप फ़स्ताउन सक्नेमा दुइमत छैन । उनि जस्तो कलाकी धनि व्यक्तित्वलाई देश विदेशहरूमा आयोजना हुने सांगीतिक कार्यक्रमहरूमा निम्त्याएर उनको प्रतिभालाई कैयौं दर्शकहरूले अवलोकन गर्न पाउने अवसर जुटाए उनको प्रतिभाले न्याय पाउने थियो ।

तस्विरहरु :- कलाकार शुशिला थापाको फेसबुक बाट साभार

कलाकार सुशिलाद्वारा अभिनित मगर भाषामा निर्मित सुपर हिट मुभी मोड्याल्नी हेर्न यहाँ क्लिक गर्नु होला :- प्रतिभाकी खानी सुशिला थापामगर, मगर भएकै कारण ओझेलमा

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %