जनजाति पत्रकार महासंघको पाँचौ पूर्ण बैठक – प्रेस वक्तव्य

Read Time:3 Minute, 12 Second

देब पचभैया

नेपाल आदिवासी जनजाति पत्रकार महासंघको पाँचौ पूर्ण बैठक ७ चैत २०७१ मा काठमाडौंमा उपलब्ध पदाधिकारी तथा सदस्यहरु र उपत्यका बाहिर रहेका पदाधिकारी तथा सदस्यहरु स्काइप मार्फत उपस्थित भएर केन्द्रीय कार्यालय अनामनगरमा बस्यो । फोनिजका अध्यक्ष डण्ड गुरुङको अध्यक्षमा बसेको पाँचौ पूर्ण बैठकले लिएको महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ ।

निर्णयहरु:

१) सरकारले तर्जुमा गर्न लागेको नयाँ आमसञ्चार नीतिलाई पूर्ण समावेशी बनाई तर्जुमा गर्न फोनिजको तर्फबाट अनुगमन गर्ने गरी फोनिजका निवर्तमान अध्यक्ष मोहन सिंह लामाको संयोजकत्वमा तीन सदस्यीय संयन्त्र गठन गरियो । सदस्यहरुमा फोनिजका महिला सचिव रजनी तामाङ र केन्द्रीय सदस्य प्रज्ज्वल श्रेष्ठ रहेका छन ।

२) फोनिजको राष्ट्रिय भेला १९ वैशाखमा गर्ने निर्णय गरियो । भेलाको स्थान तय गर्ने जिम्मेवारी फोनिजको सचिवालयलाई दिने निर्णय गरियो । भेलामा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु, सल्लाहाकार समितिका सदस्यहरु, लेखा र अनुशासन समितिका संयोजक तथा सदस्यहरु र जिल्लाका अध्यक्ष र सचिवहरु सहभागीको हुनेछ । फोनिजको जिल्ला भेला १५ चैतसम्म सम्पन्न गरिसक्ने निर्णय गरियो ।

३) दोलखामा सम्पन्न चौथो पूर्ण बैठकपछि भएका सांगाठनिक गतिविधि सहितको प्रतिवेदन महासचिव गजुरधन राई र आर्थिक गतिविधि सहितको प्रतिवेदन कोषाध्यक्ष टेकराज थामीले प्रस्तुतगरे । दुवै प्रतिवेदन सुझावसहित पारित गरियो ।
 
४) मिति २०७१-११-२२ मा बाँकेको नेपालगञ्जमा सडक दुर्घटनामा परी घाइते हुनु भएका पत्रकार गोपी बुढामगर र ०६९ मा अज्ञात समूहमा परि घाइते हुनु भएका नेपालगञ्जकै फोनिजका केन्द्रीय सदस्य दीपा आलेमगर अझै उपचारकै क्रममा हुनुभएकोले थप उपचारका लागि पहल गर्ने निर्णय गरियो ।

५) फोनिजका संस्थागत सदस्य संस्थाहरुको विकासका लागि योजना निर्माण तथा कार्यन्वयनका लागि फोनिजका संस्थागत सचिव राजेश चाम्लिङ राईको संयोजकत्वमा संस्थागत सदस्य जगत दोङ, रत्ना चौधरी र संस्थागत सदस्य संस्थाका प्रमुखहरु सहभागी रहने गरी समिति निर्माण गरियो ।

……………………………..
गजुरधन राई
महासचिव

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %