रूद्र श्रीसमगर
पोखरा, ७ चैत
तराना म्यूजिक सेण्टर, पोखराको प्रस्तुतीमा उदीयमान गायक उमेश राई तथा गायिका सञ्जु लिम्बूले ‘जून–एक मायाको प्रतीक’ नामक नयाँ गीति एल्बम बजारमा ल्याएका छन् ।
सो लोकदोहोरी गीति एल्बमको विमोचन तथा म्यूजिक भिडियोको शनिबार सार्वजनिक गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष पुरुषोत्तम न्यौपानेले संगीत क्षेत्रलाई राज्यले हेंला गरेको गुनासो पोखे ।
‘नेपाली लोकसंगीतलाई बचाउनुपर्छ’, लोकदोहोरी गायक न्यौपानेको भनाइ थियो, ‘नया कलाकारलाई अग्रजले प्रोत्साहन गर्नुपर्छ ।’ राज्यको मूल कानून संविधानमै संगीत क्षेत्रका बारेमा उल्लेख गरिनुपर्ने तर्क गर्दै न्यौपानेले राज्यले कलाकारलाई रोजीरोटीको ग्यारेन्टी गर्नुपर्ने बताए ।
सो अवसरमा नेपाल जनभावना पार्टीका केन्द्रीय अध्यक्ष एवं साहित्यकार सूर्यबहादुर खड्का ‘बिखर्ची’, गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङ, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष सुरेश रानाभाट, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गण्डकी अञ्चल अध्यक्ष जीवन दाहाल, धौलागिरि अञ्चल सचिव ज्योति लोहनी, त्रिवेणी संगीतालयका सञ्चालक एवं संगीतकार नवराज बराल, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कास्की शाखाका उपाध्यक्ष रूद्रबहादुर श्रीसलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने रेकर्डिष्ट सुवास गुरुङले गीतका बारेमा समीक्षा गरेका थिए ।
उमेश र सञ्जुको स्वरमा सजिएको सो ‘जून’ एल्बममा ‘जून हेर्यो जूनै राम्रो’ र ‘लाग्यो जून तारा’ गरी दुई गीत समावेश छन् । जसमा शब्द रचना क्रमश: टीका खड्का, श्रीमान थुलुङ र संगीत श्रीमान थुलुङको रहेको छ ।
त्यसैगरी, सार्वजनिक गरिएको म्यूजिक भिडियोमा ‘जून हेर्यो जूनै राम्रो’मा हेमराज राई र स्वस्तिका राई तथा ‘लाग्यो जून तारा’मा काजी राई र याड्ढी गौचनले अभिनय गरेका छन् । पियूष कायस्थको निर्देशन रहेको सो म्यूजिक भिडियोमा याड्ढी गौचनको कोरियोग्राफी रहेको छ भने तराना म्यूजिक सेन्टरले भिडियो निर्माण गरेको हो ।
कर्णप्रिय स्वरका धनी उमेशले यसअघि समेत गरी करिब एक दजर्न जति लोक तथा आधुनिक गीतमा स्वर दिएका छन् । सो अवसरमा गायक उमेश र गायिका सञ्जुले लोकदोहोरी गीत सुनाएका थिए ।
तराना म्यूजिक सेन्टरका सञ्चालक एवं स·ीत प्रशिक्षक श्रीमान थुलुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन लोकदोहोरी गायक एवं सञ्चारकर्मी पदम थापामगरले गर्नुभएको थियो भने मोहन सुनुवारले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।