रंगीन पर्दामा भुपाल

Read Time:2 Minute, 3 Second

मनोज घर्तीमगर

सकेसम्म उनी क्यामेरामा देखिदैनन् । क्यामेराको पछाडि रहेर विभिन्न आकृति र व्यक्तिरुलाई कसरी राम्रो फ्रेममा निकाल्ने उनको काम हो ।

चार वर्षदेखि पोखरामा ग्लामर साईट ‘जक्सन डटकम’ चलाउँदै आएका भुपालकुमार गुरुङको परिचय फेरिएको छ । उनी ‘रिमे मैमुसै’ फिल्मबाट रंगीन दुनियाँमा छिरेका छन् । ख्यालख्यालमै फिल्ममा छिरेका उनी ‘बलेनी’ मा पनि देखिए । अघिल्लो फिल्म बलेनीमा राम्रो अभिनय गरेपछि निर्देशक कृष्णकुमारले फेरी ‘यम्फावती’ मा राम्रो दोहोर्याएका हुन् ।

फिल्ममा अभिनय गर्नु उनको लक्ष्य थिएन । स्टिल फोटोग्राफि नै उनको सोख हो । जुन यतिबेला पेसा बनेको छ । लजालु स्वभावका भुपाललाई फिल्म खेल्छु जस्तो पनि लागेको थिएन । तर निर्देशक कृष्णकुमार गुरुङले ऐतिहासिक फिल्म ‘यम्फावती’को स्क्रिप्ट लिएर उनीकहा“ आईपुगे, उनलाई त्यसको स्टोरीलाईनले नै तान्यो । ‘स्टोरिलाई अत्याधिक मन परेकै कारणले अभिनय गरेको हु“’ उनी भन्छन् । ‘यम्फावती’ फिल्ममा उनले भेडा गोठालेको भूमिका निभाएका छन् । पौराणिक पात्र ‘यम्फावती’को रुपमा यो फिल्ममा भलिबल खेलाडि सिपोरा गुरुङ देखिएकी छन् ।

ग्राफर फोटोग्राफिमा रुची राख्ने भुपालले अहिलेसम्म १ सय भन्दा बढि मोडलहरुको फोटोसुट गरिसकेका छन् । न्यूड फोटोशुट गर्ने पोखराकै पहिलो फोटोग्राफर पनि उनै हुन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %