मनोज घर्तीमगर
ट्रेनर नेपालले गर्न लागेको पोखरा क्वीन – २०१५ का प्रतियोगिहरु यतिबेला प्रशिक्षणमा ब्यस्त छन् ।
क्वीनको ताज शीरमा लगाउन अडिशनबाट छानिएका २० युवती क्याटवाक, आत्मविश्वास, स्टेज पर्फरमेन्स, लिडरसिप, बोल्ने कला, व्यक्तित्व विकास लगायतका विषयमा प्रशिक्षण लिइरहेका छन् । उनीहरु १६ देखि २५ वर्षसम्मका छन् । युवतीहरुको क्षमता अभिवृद्धिसँगै आत्मविश्वास विकास गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागेको ट्रेनर नेपालका अध्यक्ष रवीन गुरुङले जानकारी दिए ।
प्रतियोगिहरुको प्रोफेसनल ट्रेनर रवीन गुरुङले गु्रुमिङ र मिस तमूस्यो नेपाल नमिता गुरुङले कोरियोग्राफी गरिरहेका छन् । प्रतियोगिताको फाइनल चैत १४ गते शनिवार पोखरा सभागृहमा हुनेछ । यसअघि ट्रेनर नेपालले सन् २००४ मा फष्ट पोखरा क्वीन, मिष्टर एण्ड मिस पोखरा, मिस लेखनाथ, मेगा मोडल, मिस थकाली, मिस दलित, मिस क्षत्री मःमः मेला, दशै महोत्सव, योगी विकासानन्दसँग योग शिविर जस्ता कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।