रैंयाँले मगर महिला संघ कास्कीकालाइ सम्मान गर्यो

Read Time:4 Minute, 42 Second

मीना थापा मगर

चैत्र ३, पोखरा – मगर चलचित्र रैंयाकर्मीद्धारा नेपाल मगर महिला संघ कास्कीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाइ कार्यक्रमको आयोजना गरेको छ ।

 

मेनोको फिल्म्स एण्ड मिडिया हाउस अन्तर्गतको सो रैंयाकर्मीले नेपाल मगर महिला संघ कास्कीको फागनु ३० गते सम्पन्न छैटौ अधिवेशनबाट निर्वाचिन समितिलाई बधाइ तथा सम्मान गरेको हो । उक्त मिडिया हाउसले मगर महिलाहरुको ऐतिहासिक गहनाको रैंयाको पृष्ठभूमि सँग आधारित रहेर ‘रैंयाँ’ चलचित्र निर्माण गरेको छ ।  

कार्यक्रममा बोल्दै नेपाल मगर महिला संघ कास्कीका नवनिर्वाचित अध्यक्ष फूलकुमारी थापा मगरले संघलाई बधाइ तथा सम्मान गरेकोमा धन्यवाद दिँदै मगर महिलाहरुको गहना सँगै हतियारको रुपमा मानिने रैंयाँ लोप हुने अवस्थामा रहेको बेला उक्त मिडिया हाउसले चलचित्रको रुपमा उतारेर ब्यूँझाउने प्रयास गरेकोमा सह्राहनीय कार्य रहेको बताए ।

उनले सम्पूर्ण महिलाहरुको चेतना अभिवृद्धि गर्न र उनीहरुमा जागरुक ल्याउन सक्षम र दक्षशील व्यक्तिहरुलाई यस्ता ज्ञानमूलक कार्यमा लगानी गर्न आग्रह गरे । साथै आफूलाई पुन अध्यक्षमा निर्वाचित गरेकोमा सम्पूर्ण कार्यसमितिप्रति आभार प्रकट गर्दै मगर महिलाहरुलाई जागरुक र नेतृत्वदायी क्षमताको अभिवृद्धि गर्न आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । यसैगरी वरिष्ठ उपाध्यक्ष नुनु राना मगरले मगर महिलाहरुको महत्वपूर्ण र ऐतिहासिक गहनाको रुपमा मानिएको रैंयालाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउने र यसको महत्वबारे हरेक पक्षबाट बाहिर ल्याउन आवश्यक रहेको बताए ।  

मेनोको फिल्मस एण्ड मिडिया हाउसका तारामायया थापा मगरले सम्पूर्ण मगरहरुलाई एकजुट गर्ने अभियानस्वरुप रैंया चलचित्र निर्माण गरिएको बताए । साथै उक्त चलचित्रले मगर महिलाहरुको उत्थान र उनीहरुमा सचेतना जगाउने कार्य गरेको जनाए । चलचित्रका निर्माता एवं कथाकार हर्क आले मगरले नवनिर्वाचित मगर महिलाको कार्यसफलताको शुभकामना ब्यक्त गर्दै रैंया चलचित्र मगर महिलाहरुको कथा सँग सम्बन्धित रहेकोले चलचित्र प्रदर्शनको क्रममा देशब्यापी रुपमा सहयोग गर्न आग्रह गरे । कार्यक्रममा फोनिज कास्कीका अध्यक्ष हुमबहादुर तमुले आदिवासी जनजातिहरुले अधिकार र पहिचानको मुद्दा ओझेलमा परेको अवस्थामा चलचित्र, गीतसंगीत तथा विभिन्न कार्यक्रम र आन्दोलनको माध्यमबाट आजाव बुलन्द गर्ने समय आएको बताए । 

कार्यक्रममा चलचित्रका निर्देशक मेजन पुनमगर, पत्रकार एव रैंयाँ चलचित्रका टाइटल गीतकार रुद्र हिटान मगर, रैंया मगर महिला सञ्चारकर्मी समूहका संयोजक मीना थापा मगर, सहसंयोजक रविना आले मगर लगायतले नवनिर्वाचित मगर महिलालाई बधाई दिँदै रैंया चलचित्रको सफलताको शुभकामना व्यक्त गरेका थिए ।   साथै कार्यक्रममा स्वतन्त्र पत्रकार संघद्धारा सम्मानित हुनुभएकोमा रैंयाँ मगर महिला सञ्चारकर्मी समूहका सहसंयोजक तथा रेडियो तरंगका समाचार प्रमुख रविना आले मगरलाई बधाई ज्ञापन गरेको थियो ।

 रैंया चलचित्रका निर्माता एवं मेनोको फिल्म्स एण्ड मिडिया हाउसका अध्यक्ष तारामाया थापामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी रविना आलेमगरले गरेका थिए । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %