आदिवासी जनजाति महासंघ बेलायतले यहि आउदो २७ मार्चमा बेलायतमा हुन गैरहेको जनगणनालाई मध्यनजर राखी एउटा बिशेष भेला डाकेकोछ । त्यसबाहेक उसले नेपाल सम्बन्धि बिशेष बँदाहरुमा पनि छलफल गराउनेछ । २००९ मा गठन गरिएको महासंघले सक्रियतापूर्वक कार्य गर्न यो बैठक डाकेको बताइएकोछ । बेलायतमा नेपालीहरुमा अधिकाँश आदिवासी समूदायहरु रहेकाछन् । उनीहरुका हक र अधिकारका लागि बिभिन्न जातीय संस्थाहरु पनि खोलिएकाछन् । तिनै संस्थाहरुलाई सक्रिय बनाउन महासंघले यो बृहत भेला आयोजना गर्न थालेकोछ ।
सो भेलामा अन्य समसामाहिक बिषयहरु लागायत निम्न लिखित बुंदागत बिषयहरु उपर बृहत छलफल गरि महासंघको आगामी कार्यक्रम तय गर्ने महासंघका अध्यक्ष थर्क रानाले बताएकाछन् । त्यहि उद्देश्य अनुरूप आगामी १६ जनवरी आइतवार को दिन अल्डरसटको भेटघाट रेस्टुरेंटमा बिहानै देखि सुरु हुने गरि बैठक तय गरिएको छ । बिशेष बैठकमा संदा झैं कार्य समिति मात्र नभएर प्रत्येक जातीय संघहरुबाट अध्यक्ष र कम्तिमा पनी दुई जना थप प्रतिनिधि हरु सहित उपस्थित भैदिन अनुरोध गरिएकोछ ।
बैठक को लागी एजेंडा हरु –
१। गत बैठकले पारित गरेका बिषयहरू बारे समिक्षा गर्ने ।
२। बेलायतमा आगामी २७ मार्चका दिन हुन गई रहेको जनगणनामा बिसेष गरि धर्म ,मातृभाष ,इथनिक माइनोरिटी, आदि का महल अन्तर्गत के लेख्न उपयुक्त हुन्छ भनी छलफल गर्ने र पारित निर्णय सबै सम्बंधित संघहरुद्वारा आ आफ्ना समूदायमा यथाशक्य पुर्याउने ।
३। नेपाल सरकारले एनआरएनलाई दिन (जबर्जस्ति भिराउन) पहल गरिराखेको बिना अधिकारको नागरिकता स्विकार्ने वा एकजुट भै प्रतिकार गर्ने बारे ।