तमु प्ये ल्हु संघ हङकङद्वारा स्वागत तथा शिष्टाचार भेट कार्यक्रम सम्पन्न

Read Time:5 Minute, 32 Second

मुककाजी (काजी) गुरुङ, हङकङ

०७ मार्च २०१५ का दिन तमु प्ये ल्हु संघ हङकङले युनलोंगस्थित सांग्रीला करी हाउसमा एक रात्री भोजको आयोजना गरि भेट्घाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष जितेन्द्र योज तमुको अध्यक्षतामा सन्चालित कार्यक्रममा नेपालबाट निजी भ्रमणको सिलसिलामा आएका तमु प्ये ल्हु संघ काठ्माण्डौ तदर्थ समितिका उपाध्यक्ष क्याप्टेन बिर बहादुर तमु प्रमुख अतिथी रहेका थिए भने उनकी धर्मपत्नी देवीसरा तमु साथै तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषद रुपन्देहीका उपाध्यक्ष टेक बहादुर तमु र उनकी धर्मपत्नी देउ माया तमुलाई बिशेष अतिथिको रुपमा आसिन गराइएको थियो। त्यस्तै संघका सल्लाहकार तथा केही बिशेष ब्यक्तित्वहरुलाई पनि यथास्थानमा आतिथ्य प्रदान गरिएको थियो।

संघका उपाध्यक्ष मन बहादुर तमुको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई सचिव भोजेन्द्र तमुले सञ्चालन गरेका थिए। लगत्तै तमु प्ये ल्हु संघ हङकङको तर्फबाट तमु प्ये ल्हु संघ काठ्माण्डौ तदर्थ समितिका उपाध्यक्ष क्याप्टेन बिर बहादुर तमु र तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषद रुपन्देहीका उपाध्यक्ष टेक बहादुर तमुलाई तमुहरुको परम्परा अनुसार फेटा (क्रेगी) लगाई फूलको गुच्छाले सम्मान गरे भने वहांहरुको धर्मपत्नी देवीसरा तमु र देउमाया तमुलाई पनि पछ्यौरा ओढाई फूलको गुच्छाले सम्मान गरियो । सम्मानकै क्रममा तमु प्ये ल्हु संघ हङकङको क्होईबों धीं खरीदको लागि सांग्रीला करी हाउस रेष्टुरेन्टका प्रोप्राईटर कृष्ण खड्का र वहांको धर्मपत्नीलाई क्रेगी तथा पछ्यौरा ओढाई फूलको गुच्छाले सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रम पश्चात उपस्थित संघका पदाधिकारीहरुले आ-आफ्ना मन्तव्य राखेका थिए भने तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषद रुपन्देहीका उपाध्यक्ष टेक बहादुर तमुले निजी भ्रमणको सिलसिलामा हङकङ आउंदा पनि तमुहरुको धार्मिक पवित्र संघ तमु प्ये ल्हु संघ हङकङले सम्मानको साथमा आफ्नो भनाईहरु राख्ने सु-अवसर दिएकोमा तमु प्ये ल्हु संघ हङकङलाई बिशेष धन्यवाद ब्यक्त गरे भने तमु प्ये ल्हु संघ हङकङको उक्त सम्मानलाई कहिल्यै भुल्न नसकिने भन्दै आफु तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषदमा आवद्ध रहेता पनि प्ये ल्हु वादी रहेको र तमुहरुको प्ये तां ल्हुं तां को संरक्षण तथा जगेर्नाप्रति लागि परेको बताए ।

यसैगरि प्रमुख अतिथि क्याप्टेन बिर बहादुर तमुले पनि तमु प्ये ल्हु संघ हङकङको सम्मानप्रति आभार ब्यक्त गर्दै अविष्मरणीय रहने बताए भने प्ये तां ल्हु तांको बारेमा आफ्नो भनाईहरु राखेका थिए साथै तमु प्ये ल्हु संघ काठ्माण्डौ स्थापनाको बारेमा आफ्नो भनाईहरु राखेका थिए। यसै क्रममा उपाध्यक्ष क्याप्टेन बिर बहादुर तमुले आफ्नो ब्यक्तिगत तर्फबाट तमु प्ये ल्हु संघ हङकङलाई मायाको चिनो स्वरुप चांदीबाट निर्मित क्होईबों धीं प्रदान गरे।

अन्तमा, संघका अध्यक्ष जितेन्द्र योज तमुले तमु प्ये ल्हु संघ हङकङद्वारा आयोजित भेट्घाट तथा सम्मान कार्यक्रमको निमन्त्रणालाई सहर्ष स्वीकार गरेर पाल्नु भएका तमु प्ये ल्हु संघ काठ्माण्डौ तदर्थ समितिका उपाध्यक्ष तथा वहांको धर्मपत्नी र तमु ह्युला छोंजधिं गुरुङ राष्ट्रिय परिषद रुपन्देहीका उपाध्यक्ष टेक बहादुर तमु र वहांको धर्मपत्नी लगायत कार्यक्रममा उपस्थित तमु प्ये ल्हु संघ हङकङका सम्पूर्ण परिवारलाई कार्यक्रममा उपस्थितिको लागि धन्यवाद ब्यक्त गरे। कार्यक्रममा कार्यक्रम सञ्चालक तथा संघका सचिव भोजेन्द्र तमुले क्रमैसंग उपस्थित तमु प्ये ल्हु संघ हङकङ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको परिचय गराएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %