प्रधानमन्त्री निर्वाचनमा सहमति गर्न साना १७ दलको आग्रह

Read Time:1 Minute, 38 Second

काठमाडौँ, २७ पुस

संविधानसभामा प्रतिनिधित्व गर्ने साना सत्र दलको संयुक्त बैठकले भोलि हुने प्रधानमन्त्री निर्वाचनमा सहमति कायम गरी अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

आज सिंहदरबारमा बसेको ती दलको बैठकले प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा सहमति कायम गर्न दबाब सिर्जना गर्ने र प्रजातान्त्रिक धार जीवित नरहने अवस्था आउने हो भने संसदमा सूचना दिएर अनुपस्थित रहने निर्णय गरेको बैठकपछि दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले जानकारी दिए ।

संविधानसभा अध्यक्ष सुवास नेम्बाङले भोलिको प्रधानमन्त्री निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री निर्वाचनको कार्यसूची नरहने भनाइ संविधानको भावना विपरित भएको निष्कर्ष पनि सो बैठकले निकालेको उनले बताए  ।

बैठकमा भोलिको निर्वाचन समाप्तिपछि नयाँ प्रक्रिया सुरु भएमा प्रधानमन्त्रीका लागि डा बाबुराम भट्टराई, केपी ओली, विजय गच्छदारलगायतका नेताहरुको नाम दबाबस्वरुप अघि सार्ने सहमति भएको जनाइएको छ । ती दलको संयुक्त बैठक भोलि बिहान बसेर ठोस निर्णय लिने पनि अध्यक्ष पासवानले जानकारी गराए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %