काठमाडाँ २७ पुस
नेपालको शान्तिप्रक्रियामा सघाउँदै आएको संयुक्त राष्ट्रसङ्घीय मिसन (अनमिन)को बहिर्गमनपछि मुलुकमा जारी शान्तिप्रक्रियालाई कसरी अघि बढाउने भत्रे विषयमा सुझाव दिन मुख्य तीन राजनीतिक दलले गठन गरेको कार्यदलले पूर्णता पाएको छ ।
एकीकृत नेकपा (माओवादी)को सहमतिमा सरकारले अनमिनको म्याद अन्तिमपटक थपिसकेको र मुलुकको प्रमुख एजेन्डा शान्ति स्थापना भएको ठहर गर्दै मुख्य तीन राजनीतिक दलको सहमतिमा गठित कार्यदलले समग्र शान्तिप्रक्रियामा सहयोग पु¥याउने नेपाली काँगे्रसका नेता डा मिनेन्द्र रिजालले जानकारी दिए ।
शान्तिप्रक्रिया टुङ्गोमा नपुग्दै अनमिनलाई फर्काउनु असंवैधानिक कदम भएको र अनमिन फर्किए नेपालको जारी शान्तिप्रक्रिया धरापमा पर्ने विभित्र अभिव्यक्ति सार्वजनिक भइरहेको समयमा मुख्य तीन राजनीतिक दलद्वारा गठित सो समितिमा छजना छन ।
अघिल्लो साता बसेको एनेकपा (माओवादी), नेपाली काँगे्रस र नेकपा (एमाले)का शीर्ष नेताहरूको बैठकले अनमिनको बहिर्गमनपछि मुलुकको शान्तिप्रक्रियालाई कसरी अगाडि बढाउने भत्रे सम्बन्धमा कार्यदल गठन गर्ने सहमति भएको थियो ।
कार्यदलमा एनेकपा माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ र वर्षमान पुन, काँगे्रसबाट डा मिनेन्द्र रिजाल र डा प्रकाशशरण महत तथा एमालेबाट गृहमन्त्री भीम रावल र ईश्वर पोखरेल रहेकाछन । काँगे्रसका डा महतको अस्वस्थताका कारण नेता कृष्णप्रसाद सिटौलालाई मनोनयन गर्ने निर्णय भएको नेता रिजालले जानकारी दिए ।
यही पुस ३० गतेदेखि अनमिन फर्केपछि नेपालको शान्तिप्रक्रियालाई निरन्तरता दिने सम्बन्धमा सुझाव दिन गठित सो कार्यदलले आगामी माघ १ गतेदेखि कार्य गर्ने जनाइएको छ ।