देब पचभैया
पाल्पा, २४ फागुन – सातौ जिल्ला स्तरिय राष्ट्रपति रनिङ् शिल्डको उपाधि तानसेन स्थित जनता नमुना उच्च माविले हात पारेको छ । एथलेटिक्स, भलिवल लगायतका खेलमा उच्च प्रदर्शन गर्दै ५८ अंकसहित उपाधि हासिल गरेको हो ।
उसले नगद पुरस्कार १५ हजार, रनिङ् शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । साथै राष्ट्रिय खेलकुद परिषद्का खेलकुद विभाग विभागीय प्रमुख प्रकाश घिमिरेले उत्कृष्ट विद्यालयलाई थप २५ हजार दिने घोषणा गरेका छन् । ५३ अंक सहित दोस्रो भएर बालहित मावि सहलकोटले १२ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र पायो । ४९ अंक सहित तेस्रो भएर वेदवेदाङ्ग साधारण तथा संस्कृत मावि शिद्देश्वर ९ हजार नगद पुरस्कार शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले खेलकुदको क्षेत्रमा लागेपछि आफुलाई अनुशासनमा बाँध्न सकिने र समाजमा नाम कमाउन सक्ने बताए ।
सबैभन्दा धेरै अंक पाउने भलिवल खेलको छात्रतर्फको फाईनल खेलमा बेदवेदाङ्ग साधारण तथा संस्कृत मावि शिद्देश्वर पहिलो भयो । फाईनलमा उसले तानसेनको जनता नमुना उच्च माविलाई ३–२ को सेटमा हराउन सफल भएको हो । छात्रतर्फ दिव्यज्योति उमावि तेस्रो भएको छ । यस्तै छात्रातर्फ बालहित मावि सहलकोट पहिलो भयो । उसले कर्णधार मावि रुप्सेलाई पछि पार्दै पहिलो भएको हो । जनता नमुना उमावि तानसेन छात्रतर्फको भलिवलमा तेस्रो भएको छ ।
एथलेटिक्सको छात्रातर्फ सटपुटमा पप नमुना उमाविकी अम्बिका सारु पहिलो भईन् भने जनता उमाविकी झरना सारु दोस्रो र बालहित मावि सहलकोटकी बृहस्पति खाँड तेस्रो भईन् । सटपुट छात्रतर्फ वेदवेदाङ्ग शिद्देश्वरका अंकित विक पहिलो भए भने कृष्णादेवी गाँडाकोटका रामबहादुर कुमाल दोस्रो र सेन्ट कपितानियोका अमन थापा तेस्रो भएका छन् । ज्याभलिङ् थ्रोको छात्रातर्फ दमकडा उमाविका सुनिता बस्याल पहिलो, न्यू होराइजनका निशु पुन दोस्रो र जनता उमाविकी ममता गुरुङ् तेस्रो भएका छन् । छात्रतर्फ भने वेथल बोर्डिङ्का भुवन राई पहिलो भएका छन् । जनता नमुना उमाविका आशिष अधिकारी दोस्रो र दमकडा उमाविका केशव राई तेस्रो भए ।
एथलेटिक्सकै लम्जम्प छात्रातर्प कृष्णादेवी माविकी सुस्मिता भट्टराई पहिलो भईन् भने बालहित माविकी लक्ष्मी सारु दोस्रो र दमकडा उमाविकी सुशिला कुमाल तेस्रो भईन् । छात्रतर्फ भने रिभर भ्यालीका दुर्गा सारु पहिलो, बेथल वोर्डिङ्का मौसम खाम्चा दोस्रो र न्यू होराइजनका तिलम थापा तेस्रो भएका छन् । छात्रातर्फ हाइजम्पमा पप नमुना उमाविकी ईशा बुँचामगर पहिलो जनता उमाविकी अस्मिता कार्की दोस्रो र दिव्यज्योतिकी दिलमाया सारु तेस्रो भएका छन् । हाईजम्पको छात्रतर्फ बेदबेदाङ् शिद्देश्वरका सन्तोष कार्की पहिलो भए भने रिभर भ्यालीका दुर्गा सारु दोस्रो र पप नमुना उमाविका दिपेश आचार्य तेस्रो भएका छन् । एथलेटिक्सतर्फ ८ सय मिटर दौड छात्रतर्फ न्यू होराइजनका संगम थापा पहिलो, कृष्णादेवीका रामबहादुर कुमाल दोस्रो र कर्णधार रुप्सेका चित्रबहादुर सारु तेस्रो भएका छन् । यस्तै, छात्रातर्फ पपकी मन्दिरा घिमिरे पहिलो, बालहित माविका लक्ष्मी सारु दोस्रो र जनता उमाविका अस्मिता कार्की तेस्रो भएका छन् ।
४ सय मिटर दौडको छात्रातर्फ कृष्णादेवी माविकी सुस्मिता भट्टराई पहिलो, प्रिपेरोटोरी वोर्डिङका प्रविण कुँवर दोस्रो र वेथल वोर्डिङ्का दिपक सुर्यवंशी तेस्रो भएको छ । २ सय मिटर दौडको छात्रतर्फ वेथलका प्रेमबहादुर खाम्चा पहिलो, प्रिपेरोटोरीका सुरज सारु दोस्रो र न्यू होराइजनका अजय कार्की तेस्रो भएका छन् । यस्तै, छात्राफर्त दमकडाकी संगीता थापा पहिलो, दिव्यज्योतिकी माया नेपाली दोस्रो र बालहितकी लक्ष्मी सारु तेस्रो भईन् । यस्तै, १०० मिटर दौडको छात्रतर्फ रिभर भ्यालीका करण थापा पहिलो, बेथलका प्रेमबहादुर खाम्चा दोस्रो र दमकडाका भूपाल कुमाल तेस्रो भएका छन् । छात्रातर्फ कृष्णादेवीकी सुस्मिता भट्टराईपहिलो , दमकडाकी आशा दर्लामी दोस्रो र दिव्य ज्योतिकी उमा कुमाल तेस्रो भईन् ।
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा तेक्वान्दो खेलतर्फ रिभरभ्याली सेकेण्डरी स्कुल मदनपोखरा पहिलो भएको छ । विभिन्न विधातर्फका खेलमा ५ स्वर्ण ३ रजत र २ कास्यसहित रिभरभ्याली पहिलो भएको हो । खेलमा १ स्वर्ण १ रजत र ३ कास्य पदकसहित कसेनीको दिव्यज्योति उच्च मावि दोस्रो भयो । २ रजत र २ कास्यसहित कसेनीकै माउण्ट भ्याली इङ्गलिस स्कुल तेस्रो र २ कास्य पदकसहित तानसेनको सेन्ट कपितानियो स्कुल चौथो भए । तानसेनको जनता नमूना उच्च मावि, न्यू होराइजन उच्च मावि र पाल्पा आवासीय उच्च माविले १-१ कास्य पदक प्राप्त गरे । प्रतियोगितामा छात्रतर्फ उत्कृष्ट फाइटरको उपाधि दिव्यज्योतिका छविराम राना र छात्रातर्फ उत्कृष्ट फाइटरको उपाधि रिभरभ्यालीकी रेखा गाहाले हात पारे । प्रतियोगिताको काता प्रदर्शन तर्फ प्रथम न्यू होराईजनका छविलाल गाहा, सोही विद्यालयकै विशाल थापा द्धितीय भएका छन् ।
पुरुष तर्फ ३२ केजी तौल समूहमा सनराइज बोर्डिङ खहरेका सुरज चिदी पहिलो र प्रिपेरोटोरीका यमबहादुर हिस्की दोस्रो भएका छन् । यस्तै, ४२ केजी तौल समूहमा सेन उमाविका प्रकाश घर्तिमगर पहिलो भए भने सेनकै निर्दोष श्रीस मगर दोस्रो भएका छन् । ४७ केजी तौल समूह्मा सनराइजका धनबहादुर कामु पहलिो र सनराइजकै नबराज बस्याल दोस्रो भए । त्यस्तै, ५२ केजी तौल समूहमा सनराइजका माधव सारु पहिलो र पप नमुना उमाविका दिनम चौहान दोस्रो भएका छन् । ५५ केजी तौल समूहहा सेन उमाविका धनबहादुर पाटा पहलिो भएका छन् भने न्यू होराइजनका थमन लम्तरी दोस्रो भए ।
महिला तर्फ ४५ केजी तौल समूहमा प्रशान्ति बोर्डिङ्की दिया थापा पहिलो भईन् भने सनराइजकी अस्मिता भट्टराई दोस्रो भएका छन् । ५० केजी तौल समूहमा सेन उमाविका देवासु थापा पहिलो भए भने पाल्पा आवासीयका बवी थापा दोस्रो भईन् । सेन उमाविका प्रकाश घर्तिमगर छात्रतर्फ उत्कृष्ट खेलाडी भए भने महिला तर्फ प्रशान्तिकी दिया थापा भइन् । बिजयी तथा उपबिजयी समूहलाई प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की, खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर राना र सचिव रश्मी शाक्यले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रम जिल्ला खेलकुद विकास समितिका सदस्य भुवन जिसीको सञ्चालन र अध्यक्ष धनबहादुर रानाको अध्यक्षतामा चलेको हो ।