जिब्रो रोग(म्याक्रोग्लोसिया -लिम्फएन्जिओमा)बाट पीडित वसन्तलाई हङकङबाट १२ लाख सहयोग

Read Time:3 Minute, 25 Second

राज्यसत्ता,

हङकङ,मार्च ८ – नेपाल आदिवासी जनजाती युवा सघं हङकङले एक पत्रकार संम्मेलन गरी  स्तन क्यान्सरबाट पिडित प्रख्यात गायीका तारा थापा मगरलाई रू ४ लाख सहयोग गरेको छ । गायीका थापा मगरले क्यान्सर   हस्पिटल भक्तपूरमा उपचार गराइ रहेका छन ।

(समाचार  श्रोत  तिलक सोमै मगर)

अर्का बिमारी दाङ, हाँसिपुर गाउँ विकास समिती वडा नं. ८ की हिमा सिञ्जाली मगरको माइलो छोरा बसन्तको म्याक्रोग्लोसिया -{जन्मदै वा पछी देखा पर्ने रक्त नलीहरुको(लिम्फएन्जिओमा वा हेमएन्जीओमा आदिका कारण )असामान्य बनोटका कारण जिब्रो असामान्य तरिकाले बध्ने एक प्रकारको रोग }कारण  खान र बोल्न समेत सक्दैनन । साथै सानो छोरा समीरलाई मुटुमा ३ वटा प्वाल परेको र शिशीर पनि मुटुकै बिरामी  भएकोले युवा संघ हङकङले रू.११,५०,६६४/- पत्रकारहरू माझ महासंघ लाई हस्तान्तरण गरेको छ ।

नेपाल आदिवासी जनजाती युवा सघं हङकङले सहयोग गर्ने सबै सहयोगीहरूलाइ पत्रकार संम्मेलन गरि हार्दिक धन्यवाद समेत दिएको छ ।

  “मैले त अब सबै आशा मारिसकेकी थिएँ तर सहयोग जुट्नसक्छ प्रयास गर भनेपछि बैंकमा खाता खोलेर फेरि प्रयास थालेकी छु”, बिकट गाउँबाट घोराही आएर बैंक खाता खोलेकी हिमाले गहभरि आँसु र भक्कानिएर भनिन्, “धनीमानीहरुले पुण्य कमाउन ठाउँठाउँमा मन्दिर, गेट बनाएको सुनेको छु । कोही त्यस्तै धन र मन दुबै भएका दानी भेटिए मेरो छोराको उपचार गरिदिएमा त्यो अझ ठूलो पुण्य काम हुने थियो ।”  

(बिभेदको तस्बिर आफै बोल्छ) 

 

स्वदेश तथा विदेशमा हिमाले देखेको सपनाजस्तै कोही धनवीर र मनवीरहरु भेटिएलान् ? नभेटिए पनि “एक थुकी सुकी, सय थुकी नदी” भनेझैं यिनको पीडामा अलिकति भए पनि मल्हम लगाउन सकिन्छ कि ? दुई छोराहरुको काल पर्खेर बस्न विवश आमाबाबुको मानसिकता कसरी बितिरहेको होला ? यो सोचेर सहयोगी हातहरु अगाडि आउनेमा हिमा आशावादी छिन् ।  

त्यसका लागि अरुकै सहयोगमा कृषि विकास बैंकमा हिमा सिंजाली मगरको नाममा रहेको खाता नम्बर ०९१९४००७५३२४८०१८ मा रकम जम्मा गरिदिन सिंजाली परिवारले आग्रह गरेको छ । त्यस्तै हिमाको मोबाइल नम्बर ९८६६९३९७१० मा पनि सम्पर्क गरेर सहयोग गर्न सक्ने स्थानीय अगुवा लुमबहादुर कार्कीले जानकारी दिए ।

यसै समचारको आधारमा कोरीया, हङकङ लगायत अन्य ठाउमा पनि आर्थिक संकलन भइरहेको समचारहरू प्राप्त भइरहेकाछन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %