तानसेनमा राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता शुरु

Read Time:2 Minute, 57 Second

देब पचभैया

  पाल्पा, फागुन २३ – सातौ राष्ट्रिय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको जिल्ला स्तरिय प्रतिस्पर्धा शनिबार बाट  तानसेनमा शुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका खेलकुद बिभागका प्रमुख प्रकाशचन्द्र घिमिरेले उद्घाटन गरे ।  

स्वास्थ्यको लागी खेलकुद , राष्ट्रको लागी खेलकुद भन्ने मुल नाराका साथ तानसेनको  टुडिमेल मैदानमा  भएको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका घिमिरेले अनुसाशनलाई आत्मसात गर्दे पढाई संगै खेलकुदलाई पनि अगाडी बढाउन खेलाडीहरुलाई आग्रह गरे ।

खेलकुद परिषदको आयोजनामा आगामी बैशाख देखि शारिरिक शिक्षा पढाउने शिक्षकहरुको लागी बिशेष तालीमको आयोजना गर्ने जानकारी दिदै बिधालय स्तर बाटै खेलक्षेत्रलाई अगाडी बढाउने हेतुले बिभिन्न कार्यक्रमहरु संचालन हुने उनको भनाई छ ।

उद्घाटन शत्रमा खेलकुद पत्रकार मंन्चका महासचिब एबं पुर्ब राष्ट्रिय तेक्वाण्डो खेलाडी देब पचभैयाले मानिसको प्रमुख सम्पत्ती भनेकै स्वास्थ्य भएकाले स्वास्थ्य पुर्ण जिवन जिउनको लागी खेलकुद निकै महत्वपुर्ण भएको बताउनुभयो । गाउ गाउमा स्वास्थ्य चौकीको स्तर उन्नती गर्नुभन्दा पहिले आम नागरिकलाई स्वस्थ्य बनाउने उपाए खोज्नुपर्नेमा उहाले जोड दिनुभयो । जिल्ला खेलकुद  बिकास समिति पाल्पाका अध्यक्ष धनबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा खेलकुद बिकास समितिका  जिल्ला सदस्य तुलाराम गरम्जाले पाहुनाहरुलाई स्वागत गरेका थिए ।

भुवन जिसिको संचालनमा भएको उद्घाटन कार्यक्रममा नेपाल आईटिएफ,एफ तेक्वाण्डो डोजाङ्ग पाल्पाका खेलाडीहरुले आफ्नो कला प्रर्दशन गरेका थिए ।   आईतबार सम्म चल्ने प्रतियोगितामा भलिबल, दौड, हाईजम्प, लङ्गजम्प, सटपुट, मार्सलआर्ट तर्फ कराते, तेक्वाण्डो, आई,टि,एफ, तेक्वाण्डो लगाएतका प्रतियोगिता हुने छन् । शनिबार तेक्वाण्डो प्रतियोगिता सम्पन्न भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %