– त्रिलोकसिंह थापामागर
आजका दिन मगर जनजातिको दिन हो ।
१५ गते मगर दिवस मगरातको दिन हो ।
आजकै दिन मगरहरुले पिरती गाँसेका थिए ।
हातेमालो गरेर बन्धनमा बांधेका थिए ।
आजका दिन मगरहरुको एकताको दिन हो ।
१५ गते मगर दिवस मगरातको दिन हो ।
आजको दिन मगरहरुको उत्सवको दिन हो ।
मगराती रीति थिती परम्परा जोगाउने दिन हो ।
सुख दुख गहभरि आँशु मुस्कानको दिन हो ।
मगरहरुको हक हित अधिकारको दिन हो ।
आजका दिन मगर जनजातिको दिन हो ।
१५ गते मगर दिवस मगरातको दिन हो ।
खबरदार सोझा साझा मगरहरुलाई नजिस्काउनु ।
मगरातीहरुलाई नविच्काउनु नघचघच्याउनु ।
मगर जागे भने धरतीमा भुइचालो आउने छ ।
सारा भुमण्डल झरझर झर्न थाल्नेछन् ।
ब्रम्हण्डका जीवजन्तुहरु कम्प कम्प कम्पन थाल्नेछन ।
शान्तिका प्रतिक मगरहरुको मिलनको दिन हो ।
१५ गते मगर दिवस मगरातको दिन हो ।
आजको दिन मगरहरुको दिन हो ।
खबरदार हाम्रो बन्धनलाई फुटाउन न खोज्नु ।
हामीले गाँसेका पिरतीलाई छुट्याउन नखोज्नु ।
आजको दिन हाम्रो प्यार, प्रेम, मायाको दिन हो ।
आजको दिन मगरहरुको भ्यालेण्टाइनको दिन हो ।
१५ गते मगर दिवस मगरातको दिन हो ।
आजको दिन मगर जनजातिको दिन हो ।
(२०७१ फागुन १५ गते ३३ औं मगर दिवस, ४३ औं चिण्डिके डुप्के कार्यक्रम तथा अन्तराष्ट्रिय मगर मञ्चको प्रथम सम्मेलनमा कबिले वाचन गर्नुभएको कबिता)