रचनालाइ चिठी……

Read Time:2 Minute, 15 Second

प्रिय रचना,   

प्रदेशीको तर्फ देखी असिम सम्झनाका कोशेलीहरू…..

हामी प्रदेशमा रहेर पनि हामी सबैको विशेष पहलमा आर्थिक, भौतिक, नैतिक, बैचारिक सर-सहयोग द्वारा प्यारो गाउँ छर-छिमेक, गाउँ विकाश समिती संगै सिङ्गो गुल्मी जिल्लालाई समेट्ने अभिप्रायले नामाङकरण भएको हाम्रो सानो युवा परिवार बाट “रचना युवा क्लब” मा परित भएको खबरले यो हृदय अत्यन्तै हर्ष-विभोर तुल्यायको छ । सर्व प्रथम रचना तिम्रो भलो गर्ने सबैकोलक्ष पुरा होस, “परदेशीहरुको शुभकामना !”

रचना ! कहिले-काहीँ ताजा समाचार बनेर आउँछ, फलानो गाउँको क्लबले अहिले आफ्नो क्षेत्रमा प्रभुत्व जमाएको छ भनेर सुन्दा पनि खुशी लाग्छ ! ती भावनात्मक सह्योगीका सह्यात्री परदेशीहरूको आत्माहरु एक अर्का तिम्रै भलाई छिमेकी राष्ट्र एवंम् सात समुन्द्र पारी देखी चिहाई रहेको अनि सिङ्गो लम्कराको विकाशको लागी भलाकुसारी गरिरहन्छन !

सुन्दै छु हाम्रो गाउँमा त “रचना”ले होलीको रंग यत्रतत्र फैलाई रहेको छ रे। अत: हरेक आगन्तु पाहुनाहरु लाई स्वागतको तैयारी भईरहेको छ रे। लामो दुरी पार गरेर पनि आगन्तुक पाहुनाहरु हाम्रो प्यारो सुन्दर गाउँमा होली खेल्न आउँदै छन रे । त्यसैले एक-आपसी सहयोग, सद्भाव सकारात्मक सोच र मानविय भावनाको साथ कार्यक्रम सफल रहोस, तिम्रो हरेक दु:ख, सु:खमा साथ, सह्योग र समर्थन गर्ने हामी सम्पुर्ण प्रदेशीहरुको अग्रिम शुभकामना टक्रयाउँदछु ।

तिम्रो प्रदेशी दाजु

सारूके

मरूभूमि बाट ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %