काठमाडौँ, २७ पुस
नेकपा (एमाले)ले केन्द्रीय कमिटी तथा संविधानसभा दलको पछिल्लो बैठकको निर्णयअनुरूप यही २०६७ पुस २८ गतेका दिन दिउँसो २ बजे बस्ने व्यवस्थापिका–संसदको बैठकमा समयमै अनिवार्य रूपले उपस्थित हुन ह्विप (निर्देश) जारी गरेको छ ।
मुख्य सचेतक भीम आचार्यद्वारा जारी विज्ञप्तिमा नेपाली काँग्रेसका रामचन्द्र पौडेलले प्रधानमन्त्रीको उम्मेदवारीबाट आफ्नो नाम फिर्ता नलिनु भएमा त्यसको विपक्षमा मतदान गर्नसमेत निर्देशन दिइएको छ ।