पृथीछक बुढा
नेपाल मगर संघ युएईले १३८ औं प्रथम शहिद लखन थापा मगर स्मृति दिवस एवं ३३औं मगर दिवस भव्यताका साथ् मनाएको छ ।
संघकी केन्द्रीय अध्यक्ष शुशी पुलामी मगर सभापति र नेपाल आदिवासी जनजाति परिषद् युएईका अध्यक्ष मोहन कुमार तामांग प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा, संघका भूपु अध्यक्ष हरि बहादुर घर्ति मगर, आदिवासी जनजाति बुद्दिजीवी दिपराज न्योहांग र प्रमुख संरक्षक प्रिथिछक बुढा मगर विशेष अतिथि रहेका थिए । अतिथीमा नेपाली खाम मगर भाषी जागरण मंच युएईका अध्यक्ष भुवन बुढा मगर, आदिवासी जनजाति बुद्दिजीवी धन राई, हिमालय वर्ल्ड ट्राभल्स आबुधाबीका मेनेजिंग डारेक्टर एवं समाजसेवी अकित श्रेष्ठ, हिमालय रेष्टुरेन्टका प्रमुख एवं आदिवासी जनजाति,समाजसेवी बुद्दिजीवी अमिर लिम्बु रहेका थिए ।
अन्य अतिथिहरूमा त्रिशूली तामांग समाजका प्रतिनिधि हिरा तामांग, नेपाली जन प्रगतिशील मोर्चाका प्रतिनिधि दिप मगर, नेपाली जनसम्पर्क समितिका प्रतिनिधि सोवित बस्नेत, बांग्लुंग समाजका अध्यक्ष, गोरखा सेवा समाजका प्रतिनिधि कृष्ण रेग्मी, नेपाल आदिवासी जनजाति परिषद् युएईका बरिष्ठ उपाध्यक्ष भिम घिसिंग, उप महासचिव सोनाम दोर्जे लामा,प्रवक्ता मौसम सुब्बा र परिषद्का भूपू प्रमुख संरक्षक बिमल तामांग अतिथि रहेका थिए ।
समारोहका प्रमुख अतिथि तामांग र सभापति पुलामी मगरले संयुक्त रुपमा दिप प्रज्वलनगरी कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा, प्रथम सहिद लखन थापामगर लगायत सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुको सम्झनामा एक मिनट मौनधारण गर्दै, भावपूर्ण श्रदान्जली अर्पण गरिएको थियो । १८ मगरात अन्तर्गत नेपाली मगर खाम भाषा जागरण युएईका अध्यक्ष भुवन बुढा मगरले मगर र मगर जातिको ईतिहांसको वारेमा प्रकाश पारेका थिए । बुढाले मगरहरुको ऐतिहासिक स्थल १८ मगरातलाई स्वयम् मगर संघहरुले उपेक्षा गरेको आरोप लगाएका थिए ।
बुढाले भने, ‘हामी अहिले पहिचान खोजिरहेका छौं । पहिचान भन्ने बित्तिकै धर्मको कुरा आउँछ । संस्कृतिको कुरा आउँछ । भाषाको कुरा आउँछ । ऐतिहाँसिक स्थलहरुको कुरा आउँछ । अहिले कोहि भन्छ मगर हिन्दु हुन् । कोहि भन्छन मगर बुद्द मार्गी हुन् । कुरा के हौँ भन्ने तर्कसँग होइन । कुरा त हामी के थियौं भन्ने संगको हो । हाम्रो इतिहास २५०० बर्ष भन्दा पुरानो छ । हाम्रो इतिहास ५००० वर्ष भन्दा पुरानो छ । मगरहरुलाई बिभिन्न तहवाट पेलिंदै छ ।
मगर न हिन्दु हो, न बुद्द मार्गी हो तर कतिपय व्यक्तिहरु आफ्नो स्वार्थको निम्ति मगरहरुलाई आफ्नो अनुकुलको धर्ममा परिमार्जन गर्न चाहन्छन । हामीलाई गुनासो हुने छैन कि कुनै मगर चाहे त्यो बुद्दिस्ट बनोस चाहे त्यो हिन्दु । यदि कसैले मगरको इतिहास बुद्दिष्ट वा हिन्दुसंग जोडिएको छ भन्ने कुरा भन्छ भने त्यो हामीलाई आपति हुने छ । नेपाल मगर खाम भाषा जागरण मन्च त्यो मान्न तयार छैन । १८ मगरात त्यो मान्ने तयार छैन । भने पछि मगरहरुको धर्म के हो ? हामी सामानेजम हौँ । सामान्यज्मको कुरा गरे पछी प्रकृतिको कुरा कुरा आउँछ । हो, हामी प्रकृति पुजारी हौँ । हामी प्रकृतिवादी हौँ । यो कुरा जान्न र बुझ्नको लागि एक पटक मगर जाति १८ मगरातको खाम समुदायको भ्रमण गर्नु पर्छ , म सबै मगर समुदायलाइ यसै मन्च बाट अनुरोद पनि गर्द छु । हामी निमन्त्रणा गर्छौं । सामान्यजममा हामीले बिभिन्न शास्त्र र अस्त्रका कुराहरु सुन्न सक्छौं ।
नौं बहिनीका खेतीहरु, श्लोक शास्त्र, यदि ति कुराहरुलाई लिपिबद्द गरियो भने त्यो ग्रन्थ पनि हाम्रो लागि त्यस्तै हुने छ जस्तो कि इसाईहरुको बाइबल छ, मुसलमानहरुको कुरान छ, अनि हिन्दुहरुको गीता । हामी मगरहरुले ति मौखिक श्लोक, शास्त्रहरुलाई लिपिबद्द गरेर संरक्षण गर्नु पर्ने छ । त्यो हामी गर्छौं । मगरहरुले गर्नु पर्छ । कुनै गैर मगरले त्यो गरिदिने छैन । आफ्नो लागि आफै उठ्नु पर्ने भएको छ । हामीले उठ्नु पर्छ, ब्युझिनु पर्छ तव हामी आफ्नो पहिचानको रक्षा गर्न सक्ने छौं । आज प्रतिकृयावादी तथा नव श्रीपेच बिनाका छोटे राजाहरु खस राज्यलाई निरन्तरता दिंदै अझै पनि हामीलाई मतवाली बनाइराख्ने दुश्साहस गरिरहेका छन् । यसको बिरुद्दमा उठ्नु पर्दैन ? मतवाली भनेको के हो ? यो कुन भाषावाट हामीलाई पुकारिरहेका छन्?हिन्दु बादीहरूले ?
भारतवाट छिरेको भाषाले हामीलाई मतवाली भन्ने कुरा अव हामीलाई सह्य हुने छैन । हेर्नुस अव त बाहुन र क्षेत्रीले झन् हामी मगरले भन्दा बढी मात्नु पर्छ । अनि उ मतवाली नहुने ? मतवालीको बिल्ला हामीले भिर्नु पर्ने ? यो सव तत्कालिन राज्यब्यबस्थाको कारण हो जुन अहिलेका श्रीपेच बिनाका छोटे राजाहरुले निरन्तरता दिन चाहेका छन् । यहि खस राज्य संरचनाले नै हाम्रा महान सहिद जुन तत्कालिन वादशाहको बिरुद्दमा क्रान्ति छेडेका थिए गणतन्त्रका निम्ति । तर त्यहि प्रथम सहिदको नाम निशाना छैन । के यो मगरहरुको शहिद मात्रै थियो ? किन राज्यले यसलाई प्रथम शहिदको सम्मान दिंदैन ? म राज्यसँग जवाफ खोजिरहेको छु’। उहाँको जोडदार प्रस्तुतिमा हल तालीले गुन्जायमान भएको थियो ।
युएईमा दुई वटा मगर संघ रहेकोमा उहाँले ति दुवै मगर संघ दुई वटा आँखाको संज्ञा दिंदै आफ्नो संघको लागि यी दुवै बराबर भएको र मगर मुक्तिको निम्ति सवै मगरहरु एक भएर एकताको सुत्रमा बाँधिनु पर्छ त्यसको लागि मध्यस्थताको जिम्मेवारिको बहन गर्न आफुहरु तयार रहेको कुरा पनि स्पष्ट पारे। साथै युएईमा ३ वटा मगर संघ रहेको हल्लालाई खण्डन गर्दै सुन्नमा चाहिं २ वटा मगर संघ रहेको सांचै हो तर आफ्नो नेपाली मगर खाम भाषा जागरण मन्च यो कुनै बिशेष मगर संघ नभएको र यो आफ्नो भाषा र पहिचान बिशेष त १८ मगरात खाम भाषालाई रक्षा गर्नको लागि गठन गरिएको संस्था हो भन्ने कुराको पनि स्पष्ट पारेका थिए ।
कार्यक्रममा १८ मगरातका पोशाकहरु पहिरिएका खामे चेली र चेलाहरूको पनि बाहुल्यता उल्लेखनीय थियो । उक्त कार्यक्रमको बिशेष अथिति तथा मगर संघका भूपू वरिष्ठ संघका सल्लाहकार तथा आदिवासी जनजाति परिषद युएईका भूपू अध्यक्ष हरिवाहादुर घर्ति मगरले समसामयिक बिषय बस्तुको बारेमा प्रकाश पारेका थिए भने नेपाल आदिवासी जनजाति परिषदका अध्यक्ष मोहन कुमार तामांगले आदिवासी जनजातिहरुको अधिकारका वारेमा आफ्नो मन्तब्य राखेका थिए ।
नेपाल मगर संघ युएईले १८ नेपाल खाम भाषा जागरण मंचका उपाध्यक्ष कैलाश खाम पुन मगरलाई सम्मान पत्र प्रदान गरिएको थियो भने कलाकार तथा नेपाली मगर खाम भाषा जागरण मंचका अध्यक्ष भुवन बुढा मगर लगाएत अन्य कलाकारहरुलाई पनि सम्मान प्रदान गरिएको थियो ।