मतदानमा सहयोग नगरे एमालेसंगको सहकार्य टुट्छ :नेपाली काँग्रेस

Read Time:2 Minute, 19 Second

काठमाडौँ, २६ पुस

नेपाली काँग्रेसले व्यवस्थापिका संसद्मा यही २८ गते हुने प्रधानमन्त्रीको निर्वाचनमा आफ्ना उम्मेदवारलाई मतदान नगरे उसँगको सहकार्य टुट्ने चेतावनी दिएको छ ।

प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान नगरे मन्त्रिमण्डलबाट काँग्रेसका मन्त्रीहरूलाई फिर्ता बोलाउने पनि काँग्रेसले जनाएको छ ।

नेकपा (एमाले) संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान भएको दुई दलको वार्तामा काँग्रेसले यस्तो चेतावनी दिएको हो ।

सो वार्तामा काँग्रेसका नेताहरूले एमालेसँग प्रधानमन्त्री निर्वाचनमा सहयोगका लागि आग्रह गरेका थिए भने एमालेले विपक्षमा मतदान गर्ने पार्टी निर्णयबारे जानकारी गराएको थियो ।

वार्तापछि नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले एमालेले प्रधानमन्त्रीका उम्मेदवार पौडेलको पक्षमा मतदान गरेर सहयोग नगरे उसँगको सहकार्य निरन्तर राख्न नसक्ने र मन्त्रिमण्डलबाट पनि अलग हुने जानकारी गराएको बताए  ।

नेकपा एमालेको आजै हुने पार्टी बैठकले काँग्रेस उम्मेदवारविरुद्ध मतदान गर्ने निर्णय परिवर्तन गर्ने आशा पनि नेता निधिले व्यक्त गरे  ।  

नेकपा (एमाले)का नेता भरतमोहन अधिकारीले भने दुई दलबीच समसामयिक विषयमा छलफल भएको बताए ।

वार्तामा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य कृष्ण सिटौला र विमलेन्द्र निधि सहभागी थिए  ।

नेकपा (एमाले)का तर्फबाट अध्यक्ष झलनाथ खनाल, प्रधानमन्त्री माधवकुमार नेपाल, नेता केपी शर्मा ओली र भरतमोहन अधिकारी सहभागी थिए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %