मिस मगर कोषका लागि ‘साली–भेना’को विशेष प्रदर्शन

Read Time:3 Minute, 46 Second

रूद्र श्रीसमगर

पोखरा, १६ फागुन – सौन्दर्य प्रतियोगितामा सहभागी भएर उपाधि जित्ने र अन्य सहभागी प्रतियोगीहरू सामाजिक कार्यमा लागेको कमै मात्र छन् । 

त्यसमा पनि आफ्नो मौलिक भाषा, धर्म, संस्कृति र भेषभूषाको संरक्षणका लागि भनी आयोजना गरिने जातीय सौन्दर्य प्रतियोगिताका बिजेता र प्रतियोगीहरूको खासै चर्चा भएको समेत पाइँदैन । तर, केही गर्छु भन्ने अठोट लिनेहरू पनि नभएका भने होइनन् । तिनै केही गर्छु भन्नेमा मिस मगरका बिजेता र प्रतियोगीहरूले आफूलाई उभ्याएका छन् ।

पोखरामा सन् २०११ देखि मिस मगर सौन्दर्य प्रतियोगिता सुरु गरिएको हो । मिस मगरको सन् २०११ देखि २०१४ सम्मका बिजेता र प्रतियोगीहरूले ‘मिस मगर युनिट’ नामक समूह बनाइ सामाजिक कार्यका लागि अभियान थाल्ने भएका छन् । मिस मगरहरूको पहलमा कोष निर्माणका लागि सहयोगार्थ मगर कथानक चलचित्र ‘साली–भेना’को विशेष प्रदर्शन शनिबार सम्पन्न भएको छ ।

शनिबार सो विशेष प्रदर्शनको उद्घाटन गर्दै नेपाल मगर सङ्घ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मिस मगरहरूले सामाजिक सेवाका लागि चलचित्र प्रदर्शन गर्नु अत्यन्त खुशीको विषय भएको बताए ।

मगर जातिको उत्थानका लागि मिस मगरहरूको अत्यन्त महŒवपूर्ण भूमिका हुने भन्दै उनले यस्ता सामाजिक कार्यमा नयाँ पुस्तालाई सहभागी गराउनु अझै सराहनीय भएको उल्लेख गरे ।

चलचित्र ‘साली–भेना’का नायक रमेशबाबु थापामगरले चलचित्र हेरेर राम्रो, नराम्रो प्रतिक्रिया दिन आग्रह गर्दै मिस मगरहरूको सराहनीय कार्यमा हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे ।

मिस मगर नेपाल–२०१४ की बिजेता उषा पाइजामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी इनिशा दुरामगरले गरेकी थिईन । सो अवसरमा चलचित्रका निर्माता बुद्ध गाहामगर, चलचित्र निर्देशक एवं छायाँकार सन्तोष पिठाकोटेमगरलगायतको उपस्थिति रहेको थियो ।

मिस मगर युनिटको आयोजनामा बाराही चलचित्र मन्दिरमा भएको विशेष प्रदर्शनबाट भएको आम्दानीबाट भलाइ कोष निर्माण गरी सामाजिक कार्यमा लगाइने मिस मगर नेपाल उषाले जानकारी दिईन ।

सामाजिक क्रियाकलापमा युवा पुस्तालाई आकर्षित गर्ने, विकृति, विसंगतिविरुद्ध जनचेतना फैलाउने, मगर जातिको भाषा, धर्म, संस्कृति, परम्परा, रीतिरिवाज, भेषभूषा आदिको प्रचारप्रसार गर्ने उद्देश्यका साथ विशेष प्रदर्शन गरिएको हो ।

सो चलचित्रमा मगर समुदायमा प्रचलित मामाको छोरी साली र फुपूको छोरा भेनाबीच हुने विवाह संस्कार र अहिलेको परिवर्तित समयको अवस्थालाई प्रमुख विषय बनाइएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %