भैरब आङ्ला
धरान, फाल्गुन १६ – सुनसरीको धरानमा आज देखि सुरु भएको १७ औं बुढासुब्बा गोल्डको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले विजय शुरुवात गरेको छ ।
धरान १७ एन्फा एकाडेमीको खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजक धरानले लिस्नु क्लब रुपन्देहीलाई ० का विरुद्ध ४ गोल गर्दै शानदार विजय हात पारेको हो ।
धरानका तर्फबाट सेप्रिक ओबा, निराजन खड्का, प्रकाश बुढाथोकी र ससी राईले गोल गरेका थिए भने रुपन्देहीका तर्फबाट कसैले गोल गर्न सकेनन् । खेलको १९ औं मिनेटमा धरानका सेप्रिक अबाले गोल गर्दै आफ्नो टिमका खाता खालेक थिए । राष्ट्रिय खेलाडीले ओतपोत रहेको धरानका अगाडि बुढासुब्बा गोल्डकपमा पहिलोपटक भाग लिएको रुपन्देहीका लागि दोस्रो गोल दोस्रो हाफको १३ औ मिनेटमा पुन निराजन खड्काले १ गोल गरे ।
अत्यन्तै आक्रमक रुपमा उत्रेका धरानका खेलाडीहरुविरुद्ध रुपन्देहीका खेलाडीले कुनै प्रदर्शन गर्न सकेनन् । त्यसैको फाइदा उठाउदै धरानका तर्फबाट पुन: दोस्रो हाफको इन्जुरी समयमा प्रकाश बुढाथोकी र ससी राईले पुन एक एक गोल थपेपछि खेल ४–० मा सीमित बन्न पुग्यो ।
खेलको म्यान अफ द म्याच धरानका प्रकाश बुढाथोकी घोषित भए । १७ औं रेडबुल बुढासुब्बा गोल्डकपको उद्घाटन सुनसरी क्षेत्र नं. १ का सभासद कृष्णकुमार राईले गर्नुभएको थियो । खेल अवधिभर नेपाली तारा सिजन ३ मा टप थ्रिमा पर्न सफल देवेस राईले गीत पस्केर अझ खेललाई अझ रोमान्टिक बनाएका थिए ।
भोलिको खेल त्रिभुवन आर्मी क्लब र जिल्ला फुटबल संघ कास्की पोखराबीच हुने दोश्रो खेल हुने आयोजकले जानकारी दिएको छ ।