यु ए ईमा प्रथम सहिद स्मृति एवं मगर दिवश ऐतिहासिक रुपमा सम्पन्न

Read Time:7 Minute, 40 Second

 

हेम थापा मगर,

२८ फेब्रुरी युएई- प्रथम सहिद लखन थापामगरको १३८औं स्मृति एवं ३३औं मगर दिवश, मलायली समाजम् हल मुसफा युएईमा ऐतिहासिक रुपमा सम्पन्न भएको छ |

संघकी केन्द्रीय अध्यक्ष शुशी पुलामी मगर सभापति र नेपाल आदिवासी जनजाति परिषद् युएईका अध्यक्ष मोहन कुमार तामांग प्रमुख अतिथि रहेको कार्यक्रममा, संघका भूपु अध्यक्ष हरि बहादुर घर्ति मगर,आदिवासी जनजाति बुद्दिजीवी दिपराज न्योहांग र प्रमुख संरक्षक प्रिथिछक बुढा मगर विशेष अतिथिमा रहनु भएको थियो भने, नेपाली खाम मगर भाषी जागरण मंच युएईका अध्यक्ष भुवन बुढा मगर,आदिवासी जनजाति बुद्दिजीवी धन राई, हमालय वर्ल्ड ट्राभल्स आबुधाबीका मेनेजिंग डारेक्टर एवं समाजसेवी अकित श्रेष्ठ, हिमालय रेष्टुरेन्टका प्रमुख एवं आदिवासी जनजाति,समाजसेवी बुद्दिजीवी अमिर लिम्बु,त्रिशूली तामांग समाजका प्रतिनिधि हिरा तामांग,नेपाली जन प्रगतिशील मोर्चाका प्रतिनिधि दिप मगर,नेपाली जनसम्पर्क समितिका प्रतिनिधि सोवित बस्नेत,बांग्लुंग समाजका अध्यक्ष,गोरखा सेवा समाजका प्रतिनिधि कृष्ण रेग्मी ,नेपाल आदिवासी जनजाति परिषद् युएईका बरिष्ठ उपाध्यक्ष भिम घिसिंग,उप महासचिव सोनाम दोर्जे लामा,प्रवक्ता मौसम सुब्बा र परिषद्का भूपू प्रमुख संरक्षक बिमल तामांग अतिथि रहेका थिए  ।

समारोहका प्रमुख अतिथि तामांग र सभापति पुलामी मगरले संयुक्त रुपमा दिप प्रज्वलनगरी उद्घाटन गरेको कार्यक्रमा,प्रथम सहिद लखन थापामगर लगायत सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुको सम्झनामा एक मिनट मौनधारणा गर्दै, भावपूर्ण श्रदान्जली अर्पण गरिएको थियो |

प्रथम सहिद सहिद लखन थापा मगरलाई भावपूर्ण श्रदान्जली अर्पण पश्च्यात, हाल सम्म राज्यले प्रथम सहिद लखन थापा मगरलाई, प्रथम सहिद भनेर घोषणा गर्न नसक्नुको प्रमुख कारण, राज्यले जातीय विभेदमा निश्कृष्टको हद नागेकोले निन्दा गर्दै, यथाशिघ्र जातिवादी सोचाइ वन्द गर्न र प्रथम सहिद लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर्न नेपाल सरकार संग माग गरेको थिए |

नेपाली खाम भाषी जागरण मंच युएईका अध्यक्ष भुवन बुढामगर,आदिवासी जनजाति परिषद् युएईकि उपाध्यक्ष एवं जनजाति महिला नेत्री चन्द्रकला सम्पांग राई,नेपाल मगर संघ युएई,नेपाल आदिवासी जनजाति परिषद् युएईका भूपू अध्यक्ष हरि बहादुर घर्तिमगर र नेपाल आदिवासी जनजाति परिषद् युएईका अध्यक्ष एवं समारोहका सभापति मोहन कुमार तामांगले विषय अन्तर रहेर दलहरुको सहमतिमा सदियौ देखिको जातीय विभेद अन्त्य गर्न जातीय पहिचान सहितको संविधानजारी गर्न राजनैतिक दलहरु गम्भीर हुन पर्ने विचार व्यक्त गरेका थिए ।  

 युएईमा पहिलो पल्ट १८ मगरात र १२ मगरातका मगरहरुको भिन्दा भिन्दै जातीय भेषभुषामा आफ्ना संस्कृति झल्कने भिभिन्न नृत्य यो ३३ औं मगर दिवशमा एकै ठाउँमा प्रस्तुत गरेका थिए | स्थानीय चिर-परिचित कलाकारहरुको बेजोड प्रस्तुति रहेको उक्त कार्यक्रममा नेपालवाट आउनुभएकी अतिथि कलाकार देविका थापामगरको निखारिएको जातीय संस्कृतिको नृत्य प्रस्तुतिले समारोहका सवै दर्शकहरु लट्ठ भएका थिए भने,पार्शगायनको सम्भावना भएका अतिथि गीतकार मनोज महतो, लोक दोहारिमा ख्याती कमाई सकेका,भविस्यका आशा लाग्दो नयाँ प्रतिभा सन्दिप ग्यावक तामांग, माया मगर,भुवन बुढामगर,कैलाश खाम पुन मगर,हेमसरी बुढा मगर, जस्ता धेरै कलाकारहरुको नृत्य र संगीत प्रस्तुतिले, दर्शकहरुले भरपुर मनोरन्जना लिएका थिए |

प्रवासमा विभिन्न कारणले नरकीय जीवन जिउन वाध्य पारिएका सवै जातिका नेपाली चेलीहरु प्रति लक्षित युएईमा पहिलो पल्ट “नेपाली महिला उद्दार सहयोग राहत-कोष” स्थापना भएको घोषणा गर्दै संघकी अध्यक्ष एवं समारोहकी सभापति शुशी पुलामी मगरले युएईमा महिलाहरुको निम्ति काम गर्ने सामाजिक संस्था नेपाल मगर संघ युएई मात्रै भएकोले, यो संस्था जातीय विभेदमा परेका मगरहरुले मात्र नभै,लैंगिकरुपमा महिलाहरुले पनि आफ्नो संस्था हो भन्ने अनुभूति गरेको दावा गर्दै “राहत कोष”लाई सहयोग गर्न अपिल  गरेकी थिईन |  उनले गरेको अपिललाई, जनमानसले निकै उत्साहकासाथमा राहतकोषमा रकम संकलन गरेका थिए | संकलित चन्दा रकममा सवै भन्दा धेरै चन्दा दिने चन्दादाता असर्जित राईले Dhs 510  (पाँचसय दश धिराम)   मीठु रानामगर Dhs 205 (दुइसय पाँच) धिराम चन्दा दान गर्नु भएको थियो भने,दर्जनौ चन्दादाताले चन्दा दान गरेका थिए | रकम संकलन पछी अतिथिहरुको रोहवरमा संकलित रकम Dhs 2309  हालको बैंक रेट अनुसार करिव (पैसठ्ठी हजार) जम्मा भएको घोषणा गरिएको थियो |

 

नेपाल मगर संघ युएईले संघको विभिन्न पदमा रहेर संघको गरिमा उच्च राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने संरक्षक सदस्य कैलाश “खाम” पुन मगर,कोषाध्यक्ष प्रमिला थापा मगर,संगठन विभाग प्रमुख मिनु राना मगर र अतिथि कलाकार देविका थापा मगरलाई सम्मान-पत्रले सम्मानित गरिएको थियो भने,अतिथि कलाकार मनोज महतो,सुदिप गैरे,सन्दिप ग्यावक तामांग लगायत कलाकारहरुलाई प्रसंसा पत्रले प्रसंसित गरिएको थियो |

संघका महासचिव टपन घर्ति मगर र देविका थापा मगरले संचालन गरेको समारोहलाई उपाध्यक्ष मनोज काउछा मगरले स्वागत गरेका थिए |

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %