एमाओवादी र एमाले पौडेलको विपक्षमा मतदान गर्न सहमत

Read Time:1 Minute, 23 Second

काठमाडौँ, २६ पुस

एकीकृत नेकपा (माओवादी) र नेकपा (एमाले) ले नेपाली काँग्रेसका प्रधानमन्त्री पदका उम्मेदवार रामचन्द्र पौडेलले उम्मेदवारी फिर्ता नलिए विपक्षमा मतदान गर्न सहमति गरेका छन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनालबीच आज यहाँ भएको भेटमा यही पुस २८ गते हुने सत्रौँ चरणको निर्वाचनअगाडि नै काँग्रेस संसदीय दलका नेतासमेत रहेका पौडेलको उम्मेदवारी फिर्ता नभए विपक्षमा मतदान गर्ने सहमति भएको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए  ।

यसैबीच, दुई दलबीच नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय राजनीतिक मिसन (अनमिन)को विकल्पमा छुट्टै संयन्त्र बनाउने सहमति भएको अध्यक्ष खनालले बताए  ।

उनले काँग्रेससँग पनि छलफल गरेर यसबारे अन्तिम निष्कर्ष निकालिइने स्पष्ट पारे ।

छलफलमा एमाओवादी उपाध्यक्ष श्रेष्ठ र एमाले स्थायी समिति सदस्य भरतमोहन अधिकारी पनि उपस्थित थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %