लाहुरेले निर्देशित सांगितिक सांस्कृतिक डकुमेन्ट्री सार्वजनिक

Read Time:4 Minute, 17 Second

भैरब आङ्ला, धरान

काजिमान यक्सो (टारहिम्बा)द्धारा  सांस्कृतिक सांगितिक पक्षलाई डकुमेन्ट्री शैलीमा तयार भएको ‘निङ्वाएन तङसुमरो याक्थुङ्वासे’ एलवमको धरानमा सार्वजनिकसंगै प्रदर्शनी भएको छ ।

हाल बेलायतको डोभरमा बस्दैआएका काजिमानले नेपाल आएर १८ महिना रिसर्च गरेपछि तीन महिना लगाएर तयार पारेको उक्त लिम्बु सांस्कृतिक तथा सांगितिक डकुमेन्ट्रीलाई प्रमुख अथिति तथा कलाकार प्रेम सुव्वा निङ्लेकु, लिम्बू चलचित्रका प्रथम नायक नरप्रसाद लुङ्फङ्वा, किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष चन्द्रमाया लिम्बु, गोर्खा वेल्फेयर धरानका प्रमुख पुर्ण लिम्बु, चुम्लुङ सुनसरी अध्यक्ष संगिता सुव्वा, माङ्गेना चुम्लुङका अध्यक्ष  भीष्मा चेम्जोङलगायतले सामुहिकरुपमा सार्वजनिक गरेका थिए ।

डकुमेन्ट्री प्रदर्शन पछि संचारकर्मी हर्ष सुव्वाले टिप्पणी गर्दै भने, ‘यक्सोको डकुमेन्ट्रीमा सांस्कृतिक पक्षको महत्व, उत्पती र प्रयोगलाई न्यारेशनमार्फत सरल भाषामा बुझाएकाले अवका नया पुस्ताका लागि हेर्नै पर्ने भएको छ ।’ उनले सामान्यतया एल्वममा पालाम, हाक्पारे, च्याब्रुङ नाच जस्ता सांस्कृतिक पक्षलाई सोझै नाटकीय शैलीमा प्रस्तुत गरिने गरिएको थियो । तर यसमा अलिक फरक शैली अपनाइएकामा निर्माता निर्देशक यक्सोलाई धन्यावाद दिए ।

बेलायती सेनामा २३ बर्षे सैन्य जीवन विताएका काजिमान यक्साले बेला सेनाको प्रयोजनका लागि सिकेको मिडिया टेक्नोलोजी प्रशिक्षणलाई लिम्बु जातिको संस्कृतिमा आधारित सांगितिक डकुमेन्ट्री बनाउन सदुपयोग गरेको बताए । उनले एल्वममा पालाम, हाक्पारे, च्याब्रुङ नाच, येवालाङ, माङलाङलाई सोझै प्रस्तुत नगरेर डकुमेन्ट्री शैलीमा व्याख्या र विष्लेशण सहित प्रस्तुत गरेको बताए ।

एल्वम सार्वजनिक पछि चुम्लुङ बेलायतका अध्यक्ष समेत रहेका उनले भने, ‘मैले व्रिटिस सेनामा जागिर खाएको बेला सैन्य प्रयोजनका लागि पाएको मिडिया टेक्नोलोजीको तीनबर्षे एडभान्स कोर्षलाई डकुमेन्ट्री बनाउन प्रयोग गरेको हो ।’ उनले कोर्षमा चलचित्र निर्देशन, सम्पादन, स्क्रीप्ट र क्यामेराबारे प्रशिक्षण लिएको बताए । उनले भने, ‘आफुले पाएको सोही ज्ञानलाई सदुपयोग गर्दै सांस्कृतिक सांगितिक डकुमेन्ट्री तयार गरेको हो ।’

डकुमेन्ट्री शैलीमा एल्वम बनाउदा २२ लाख रुपैया खर्च भएपनि बेलायतमा भने छोटो समयमा दोव्वर लगानी उठाएको र उक्त नाफालाई आफ्नो मौलिक संस्कृतिको संरक्षण, प्रचार प्रसारमा खर्च गर्ने बताए ।

उक्त अवसरमा सर्जक यक्सोलाई किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष चन्दमाया लिम्बु, माङ्गेना चुम्लुङका अध्यक्ष भिष्मा जेम्जोङ र सुनसरी चुम्लुङकी अध्यक्ष संगिता सुव्वाले सिलाम साक्मा प्रदान गर्दै सम्मान गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %