बिजय मगर
नेपाल प्रवासी मगर संघ दोहा कतारले पनि नेपाल मगर संघ केन्द्रिय समितिको ३३औं स्थापना दिवस मनाउने भएको छ । २०१५ फेब्रुअरी २७ तारिकका दिन संघका केन्द्रिय उपाध्यक्ष महेन्द्र थापामगरको संयोजकत्वमा दोहाको टप फर्म रेष्टुरेन्टमा बिविध सांस्कृतिक कार्यक्रमका साथ हांजिरी जवाफ प्रतियोगिता आयोजना गरेर मगर दिवस मनाउन लागेको हो ।
उक्त कार्यक्रम सफल बनाउनका लागी सचिवालय बिजय मगर, स्वयंसेवक संयोजक बिवेक पुलामीमगर, ब्यवस्थापन संयोजकमा केशव घर्तीमगर, हांजिरी जवाफ प्रतियोगिता संयोजक भिम तरामु मगर रहेको ५ सदस्यीय आयोजक समिति बनाई ब्यापक गृहकार्य गरिरहेको छ ।
कार्यक्रममा कौडा, हुर्रा, सालैजो, लगायत अन्य विविध सांस्कृतिक प्रस्तुती गर्नुका साथै माघि २०१५मा सहयोग पुर्याउनु हुने स्वयंसेवक, प्रायोजक, कलाकार, महिलाहरुको लागी मात्र हाँडी फोर्ने खेलको बिजेता, डोरी तान्ने खेलको बिजेता तथा २०७१/०७२ को लागी मगर बाङ घोषणा आदि कार्यक्रम रहेको संयोजक महेन्द्र थापामगरले बताए । उक्त कार्यक्रममा हांजिरी जवाफ प्रतियोगिता गरेर एउटा नयाँकार्य पनि शुरुवात गर्न लागेको कुरा जानकारी दिए ।