बहराईनमा “राबत”को एकल कविता वाचन सम्पन्न

Read Time:5 Minute, 43 Second

कृष्ण सारू मगर

बहराईन ,२० फेब्रुअरी – बहराईनको राजधानी मानमा स्थित अन्तराष्ट्रिय नेपाली कलाकार समाज बहराईन द्वारा आयोजित राम बहादुर तामाङ  “राबत”को एकल कविता वाचन भब्य रूपमा सम्पन्न भएको छ ।

  कार्यक्रम चेम्बरअफ कमर्स सभा हलमा बहराईनका लागी नेपाली दुताबासका श्रमसहचारी विश्वराज न्यौपानेको प्रमुख आतिथ्यमा साहित्यिक श्रृजनाका प्रखर यूवा कविको एकल वाचन कबिता पहिलो पटक सम्पन्न भएको छ ।

कार्यक्रमको सभापति सस्थाका अध्यक्ष करन थापा मगरले गरेका थिए भने सस्थाका उपाध्यक्ष समेत रहेकी पवित्रा राईले कविता वाचन बाट स्वागत मन्तब्य र कार्यक्रम संचालक वरिष्ट लोक तथा दोहरी गायक अशिम थिए । अतिथिगण हरूलाई ब्याज वितरणमा एकेना गुरूङ, पवित्रा राई र सरिता दर्लामी मगरले सकृय भुमिका र कार्यक्रमको सहजिकरण कृष्ण राईले गरेका थिए ।

अन्य अतिथिहरूमा वरिष्ठ समाजसेवी गम गुरूङ, दिपक गुरूङ ,बिभिन्न संघ, संस्थाका प्रतिनिधिहरूको साथमा पत्रकार, साहित्य अनुरागी एवं शुभेच्छुकहरूको बृहत उपस्थिति रहेको थियो ।

  उक्त कार्यक्रममा प्रमुख अतिथि विश्वराज न्यौपाने, कबि राम ब.तामाङ “राबत” र सभापति करन थापा मगरले संयुक्त रूपमा राष्ट्रिय धुन संगै विधुतिय द्धिप प्रज्वलन गरी औपचारिक कार्यक्रमको उद्घाटन गरेका थिए ।

आफ्नो सिर्जनाहरु निरन्तर रुपमा नेपाली समाजमा अहम भुमिका निर्वाह गरेकोमा कवि “राबत,,लाई प्रमुख अतिथिले शुभकामना मन्तब्यकै क्रममा प्रोत्साहन गरे । उनले भने बहराईनमा स्थापित संघ, संस्थाहरूले नेपाली गीत गजल कविता, साहित्य, श्रृजनाका श्रष्ट्राहरूलाई एकतृत गर्दै अगाडि बढाउनका निमित्त आयोजकको रचनात्मक कार्यको समेत प्रसन्शा गरे । उनले भने नयाँ प्रगतिशिल विचार र नयाँ पङ्तिले देश र समाजको विस्तारमा साँस्कृतिक संरक्षण-संवर्द्धनमा पनि टेवा पुग्ने बताए ।

  सो, एकल कविता बाचनको कृति लाई कवि, गीतकार,साहित्य श्रृजना गजलकार दिनेश भाट, रेशम श्रीस मगर, कुमार गुरूङ, रेशम बोहरा लगायत आधा दर्जन भन्दा बेसीले स्थानिय साहित्य अनुरागीहरुले यूवा कवि “राबत”का एकल कृति सिर्जना माथी टिपणी गरेका थिए । यसरी अ.ने.क.स.बहराईनले पहिलो पटक एकल कवि साहित्यिक सिर्जना कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

सो, कार्यक्रमको मध्य भागमा अन्तराष्ट्रिय कलाकार मञ्च बहराईन शाखा द्वारा आयोजित IAF Singing Idol २०१४ को उपाधि चुम्न सफल कलाकारहरू मध्य सर्वोकृष्ट अंक ल्याई बिजेता भएकी सरला पुन मगर , उप-बिजेता राम गुरूङ तथा वरिष्ठ समाजसेवी गम ब.गुरूङ लाई समेत प्रमुख अतिथि, अतिथि, सभापति र संस्थाका संरक्षक लगायतले संयुक्त रूपमा बधाई तथा सम्मान पत्र प्रदान गरेका थिए । सोही अवसरमा तामाङ सेवा समाज बहराईनले यूवा कवि “राबत” लाई खादा ओढाई सम्मान गरेका थियो ।

को हुन कबि राम बहादुर तामाङ ?

  पुर्खेउली घर बर्दियाको ताराताल स्थित ०५-असाढ २०३७ जन्म भई आफ्नो प्रथम शिक्षाको ज्योति पाएका “राबत” ले कपिलवस्तुको गोरूसिङ्गे हुँदै राजधानी शहर प्रवेश गरेका  यूवा कविले शिक्षाको क्षेत्रमा राजनितिक स्नातक तह सम्म अध्यन गरेका छन । उनले गजल कविता विभिन्न साहित्यिक, अनुष्ठानहरू बाट क्षेत्रिय, राष्ट्रिय पुरस्कृत हुँदै उत्तर अमेरिकामा भएको अन्तराष्ट्रिय नेपाली कविता महोत्सव वि.सं-२०६१ को प्रथम स्थान हासिल गर्न सफल साहित्यकार हुन राम बहादुर तामाङ ।

सो, कार्यक्रममा सहभागी अतिथि ,साहित्य अनुरागी, शुभेच्छुक संघ, संस्था, संगठनहरू तथा पत्रकार  एवंम् यस कार्यक्रमलाई भब्य रूपमा सम्पन्न गराउन अहम भुमिका निर्वाह गर्नु हुने सम्पुर्णमा आयोजक परिवारको तर्फ देखी हार्दिक आभार ब्यक्त गर्दै विषेश अतिथि राबत लाई मायाँको चिनो स्वरूप कदर पत्र प्रदान गरी औपचारिक कार्यक्रम समापन भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %