लखनलाई प्रथम शहिद घोषण गर्न दवाव दिदै, ब्यापक रुपमा लानु पर्छ : गुरुङ

Read Time:3 Minute, 0 Second

  राज्यसत्ता हंगकंग, आदिवासी जनजाति महासंघ हंगकंग र मगर संघ हंगकंगको आयोजनामा १३८ औं लखन स्मृति दिवस याउ मा तेइ कम्युनिटी हलमा सम्पन्न भएको छ । एन आर एन हंगकंगका अध्यक्ष दुर्गा गुरुङले प्रमुख आतिथ्य ग्रहण गर्दै सम्बोधन गरेका थिए । देशको लागि ज्यानको आहुति दिने क्या. लखन थापा मगर फिल्म संसारमा भनिने भाषाको हिरो (HERO) नै भए पनि लखन थापा मगर चाहि राष्ट्रिय हिरो (NATIONAL HERO) भिन्न भएको बताए । लखनलाई प्रथम शहिद घोषणा गर्नु पर्ने र यसको लागि एन आर एनले पनि सहयोग गर्ने बताए । पहिला भन्दा यस बर्ष संसारभर लखन स्मृति दिवस मनाएको खवर आएको छ र आउने बर्षहरुमा एन आर एन हंगकंगले पनि सहकार्य गर्न सक्ने बताए । ब्रिटीस गोर्खा भुतपूर्व सैनिक संगठनका अध्यक्ष हेम प्रताव गुरुङले विशेष आतिथ्य ग्रहण गर्दै सम्बोधन गरेका थिए । अहिलेसम्म लखन थापा मगरलाई प्रथम सहिद भन्दै आए पनि राज्यले प्रथमको मान्यता नदिएकोले यसमा प्रथम हो या होइन भनेर राज्यले किटान गर्नु पर्ने बताए । विशेष अतिथि हंगकंग नेपाली महासंघका अध्यक्ष प्रदीप थापा मगर, हंगकंग नेपाली महिला संघकी अध्यक्ष टीका गुरुङले पनि सम्बोधन गरेकी थिइन । विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले आतिथ्य ग्रहण गरी सम्बोधन गरेका थिए । आयोजक संस्था आदिवासी   जनजाति महासंघ हंगकंगका अध्यक्ष एम वि थापा मगर र मगर संघ हंगकंगकी अध्यक्ष चन्द्र ज्योति आले मगरले पनि सम्बोधन गरेकी थिइन । लखन थापा मगर पहिला मगर संघको जस्तो भए पनि हाल आएर संसारभर रहेका नेपाली संस्थाहरू एन आर एनको पनि सहभागीतामा मनाउन शुरु भैसकेकोले अब लखन थापा मगर प्रथम शहिद घोषण हुने दिन धेरै टाढा नभएको अध्यक्ष थापा मगरले सम्बोधनमा बताए । महासंघका उपाध्यक्ष दुर्गा मिलन गुरुङले स्वागत गर्दै क्या. लखन थापा मगरको परीचय तथा कसरी संघर्ष गरेका थिए र किन शहिद भए साथै किन प्रथम शहिद घोषणा गर्नु पर्छ भन्दै जिवनीबारे स्पष्ट पारेका थिए । महासंघका महासचिब हस्त मास्वाले कार्यक्रम सञ्चालन गरेका थिए ।        

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %