कवि विजय हितानको एकल कविता वाचन

Read Time:2 Minute, 41 Second

रोशन मेवाहाङ्ग

  आसफोर्ड,फेब्ररी १८ – विश्व नेपाली साहित्य महासङ्ग बेलायतको आयोजनामा कवि विजय हितानको एकल कविता वाचन सम्पन्न भएको छ ।  

आइतबार १५,फेब्रूरीका दिन युकेको आसफोर्डस्थित नेपाली रेष्टुरेण्टमा भएको सो कार्यक्रममा हितानले वातावरण , युद्ध साहित्य र प्रेमले ओतप्रोतले कविताहरु रोचक ढंगबाट वाचन गरेका थिए । कवि हितानको एकल वाचन सकिएपछि साहित्यकार जानुका राईले वाचन गरिएका कविताका बारेमा समिक्षात्मक टिप्पणी गरेकी थिइन ।

  सुमधुर वाचन र आप्नो सिर्जनाहरु निरन्तर रुपमा नेपाली समाजमा अगाडि बढाउनका निम्ती कवि हितानलाई प्रमुख अतिथि नेप्लिज कम्युनिटी आसफोर्डका अध्यक्ष सिरीप्रसाद लिम्बुले प्रोत्सहनस्वरुप प्रमाणपत्र हस्तान्तरण गरे । उनले यस्ता रचनात्मक कार्यले नै नयाँ विचार नयाँ समाजको विस्तार बन्ने बताएका थिए ।  

विश्व नेपाली साहित्य महासङ्घ बेलायतका अध्यक्ष विश्वासदिप तिगेलाको सभापतित्वमा आयोजित कार्यक्रमका सन्चालन पत्रकार रोशन मेवाहाङ्गले गरेका थिए ।

  प्रमुख अतिथि, महासंघका अध्यक्ष र स्रष्टाको संयुक्त बाहुलीबाट दिप प्रज्वलन गरी औपचारिक उद्घाटन भएको कार्यक्रम महासङ्घका संरक्षक सदस्य सुरेन्द्र इङनामको बासुरी धुनबाट अघि बढेको थियो । एकल सिर्जना वाचनको समापनपछि कविहरु क्रिष्टिना घम, दधिबन्धु घर्तिमगर लगायत आधा दर्जन कविहरुले आ-आफ्नो सिर्जना पस्केका थिए ।

साहित्य महासङ्घ युकेले कवि केदार सुनुवार संकेत, कवि विक्रम सुब्बाको यसअघि नै एकल सिर्जना वाचन कार्यक्रम सम्पन्न गरिसकेको छ । कवि हितानको सिर्जना वाचन तेस्रो श्रृंखला रहेको र प्रस्तुत कविताहरु चाँडै नै अनलाईनमा उपलब्ध हुने महासङ्घ बेलायतले जानकारी दिएको छ।

 

 

कवि विजयको बेलायतमा एकल कविता वाचन भिडियोमा पनि  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %