कृष्ण सारू मगर
बहराईन ,१७ फेब्रुअरी २०१५ – गएको शुक्रबार १३ फेब्रुअरीका दिन बहराईनको राजधानी मानमा स्थित सित्तल नेपाली रेस्टुरेन्टको सभाकक्षमा चितवन समाजले वार्षिक उत्सव सम्पन्न गरेको छ ।
संस्थाकै प्रमुख सल्हाकार यादव देवकोटाको विशेष अतिथ्यमा क्षेत्र प्रसाद देवकोटाको सभापतिमा वार्षिक उत्सव मनाएको हो । चन्द्रकान्त गौतमले स्वागत मन्तब्य राखेका थिए भने स्वागत गीत सन्तोष श्रेष्ठले गाएका थिए भने कार्यक्रम संचालन शुधिर श्रेष्ठले गरेका थिए । सो कार्यक्रममा अतिथिहरू लक्ष्मी गिरी, लक्षमण बस्नेत, ध्रुबनाथ आचार्य, करण थापा मगर, अशिम महत, विश्व बिनोद, सरिता दर्लामी मगर, सन्तोष दाहाल, नारायण रपाल विश्वकर्मा, हिमलाल पाण्डे, समाजसेवी, तथा पत्रकारहरूको बृहत उपस्थिती रहेको थियो ।
विशेष अतिथि र सभापति देवकोटा द्धयले राष्ट्रिय धुन संगै संयूक्त रूपमा केक काटेर कार्यक्रम को उद्घाटनगरेका थिए ।
शुभकामना मन्तब्य यादव देवकोटा, लक्ष्मी गिरी, ज्ञानेन्द्र गौतमले दिएका थिए । बेदराज पौडेलले वार्षिक प्रगती विवरणको जानकारी गराएका थिए भने कोषाध्यक्ष पुष्पा प्रजाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई रमाइलो गरि संपन्न गराउनका लागी कलाकार द्वय वरिष्ठ राष्ट्रिय लोक तथा दोहरी गायक अशिम महत, सरिता दर्लामी मगर, करन थापा मगर, विश्व बिनोद, तथा सन्तोष श्रेष्ठले गीत संगित द्वारा भरपुर मनोरन्जन दिएका थिए ।
रोजगारीका शिलशिलामा यस बहराईन स्थित श्रमिक महिलाहरू माथी हुने विविध हिंसा शोषण, दमन, अन्याय, अत्याचार जस्ता अराजक गतिविधिहरू लाई पनि ध्यानमा राखी जनचेतनात्मक सन्देश गरी महिलाहरूलाई संगठित बनाउनका लागी लक्ष्मी गीरीको संयोजकत्वमा ११ जना सहितको सदस्य समिति गठन पनि गरेको छ ।
सोही वार्षिक उत्सवको अवसरमा सस्थाका संस्थापक, आजीवन सदस्य लगायत संस्थाको स्थापना काल देखीनै वर्तमान सम्म र भविश्यमा पनि सहयोग गर्ने सह्योगीदाता हरूलाई सम्मान पत्र प्रदान गरिएको थियो । त्यस्तै समाजिक अवधारणा बोकी स्थापना भएको चितवन सेवा समाज बहराईनले विविध सास्कृतिक कार्यक्रम लाई भब्य सफल बनाउन अहम भुमिका निर्वाह गर्ने सह्योगी कलाकारहरु पनि प्रशंसा पत्र प्रदान गर्दै कार्यक्रम सभापतिले प्रथम वार्षिक उत्सव समापन भएको घोषणा गरेका थिए ।