२०७१ फागुपूर्णीमाका दिन चौथो ‘जीउमामा’ प्रतियोगिता हुने

Read Time:12 Minute, 19 Second

भिम राना मगर

 

जातिय जनसंख्याको आधारमा मगर नेपालको तेश्रो ठुलो जातिय समुह हो ,मगर जाती नेपालको पुर्व पश्चिम उत्तर दक्षिण प्राय सम्पूर्ण भुभागमा छरिएर बसेको पाईन्छ ,भौगोलिक विविधिता अनुसार मगरहरुले बिबिध सन्स्क्रिती परम्परा अनुसरण गरेको पाईन्छ । मगरले मनाउने बिबिध पर्वहरु मध्य गन्डक क्षेत्रमा पर्ने स्याङ्जा जिल्ल्ला वरिपरी मनाइने पर्मुख पर्व हो याउनाट ,यो पर्वमा गाइने प्रख्यात गीत जीउममा अत्यन्त लोकप्रिय मानिन्छ बिशेष गरी मगर समुदायको विवाह गर्ने परम्पराको वर्णन यस् गीतमा पाईन्छ ।यही मगर सान्स्कृतिक पहिचानलाई जीवन्त राख्न आलम देवी गा.वि.स., लसर्घा बेसी र कोटाकोट बेसीका मगरहरुका साथै त्यस क्षेत्रका विदेशमा रही आफ्नो कर्म गरिरहेका मगर बुद्धिजीवी एवं शुभचिन्तकरुको सरसल्लाह बमोजिम २०६८ साल देखी जीउमामा प्रतियोगिता आयोजना गरिदै आएको छ । जीउमामा प्रतियोगिता बारे भिम राना मगरको बिशेष रिपोर्ट

प्रस्तावना/पृष्ठभूमिः नेपालको जनगणना २०६८ अनुसार जातीय आधारमा मगरको स्थान तेश्रो स्थानमा छ ।

(फोटो: भिम राना मगर,यो फोटोहरू गत बर्ष भएको प्रतियोगीताको हो)  यी मगरहरु पूर्वमा सिक्किमदेखि पश्चिममा देहरादुनसम्म बसोबास गर्दछन् । मगर समुदायमा धेरै किसिमका चाडपर्वहरु पाइन्छ जस्तै; भूमे पर्व, साउने सक्रान्ती, तिहार, १५ पुष, माघे सक्रान्ती, यउनाट आदि । ती पर्वहरुमध्ये यउनाट पर्व मगरहरुको ऐतिहासिक, सामाजिक र साँस्कृतिक रुपमा अति नै महत्वपूर्ण पर्व हो । यस पर्वमा सिकारी युग र कृषि युगको झलक देख्न पाइन्छ । साथै मगर समुदायको विवाह गर्ने परम्पराको बयान जीउमामा गीतमा स्पष्टरुपमा प्रस्तुत हुन्छ ।

स्याङ्गजा जिल्लाको आलम देवी, बिर्घा र चण्डीभञ्ज्याङ्ग गा.वि.स. का मगर गाउँहरु, गुल्मीको लिम्घा गा.वि.स. को याकसिङ्ग र पाल्पाको बौघा गा.वि.स. को गुम्हामा अत्यन्त प्रचलित नाचको नाम हो जीउमामा । यो नाच स्याङ्गजाका माथि उल्लेखित गा.वि.स. का मगरहरु यउनाट (फागुपूर्णीमा)का दिन तथा याकसिङ्ग र गुम्हा गाउका मगरहरु वसन्त पञ्चमीमा नाँच्ने गर्दछन् । मगर जातिको सामाजिक परम्परा बोकेको यो नाच आधुनिकतासँगै बिस्तारै लोप हुने अवस्थाबाट संरक्षण गर्न विशेषतः आलम देवी गा.वि.स., लसर्घा बेसी र कोटाकोट बेसीका मगरहरुका साथै त्यस क्षेत्रका विदेशमा रही आफ्नो कर्म गरिरहेका मगर बुद्धिजीवी एवं शुभचिन्तकरुको सरसल्लाह बमोजिम जीउमामा प्रतियोगिता आयोजना गर्ने निर्णय गरियोे ।

  उद्देश्यः   परापूर्वकालदेखि चलि आएको जीउमामा नाच समग्र मगर समुदायको निधि हो, सम्पत्ति हो र विरासत पनि । वर्तमान नेपालको परिप्रेक्षमा जातीय पहिचानको सवाल उठिरहेको अवस्था छ । अहिलेका प्रत्येक नागरिक आफ्नो भाषा, संस्कृति तथा भेषभूषामा सचेत भइसकेका छन् । मगर जातिको अमुल्य नीधि जीउमामा नाच सम्पूर्ण मगरहरु माझ पुर्याउन र नयाँ पिंढीलाई हस्तान्तरण गर्न पनि यो नाचको संरक्षण गर्न आवश्यक छ । तसर्थ यो नाचलाई संरक्षण गर्नको लागि २०६८ सालदेखि प्रतियोगिताको रुपमा हरेक वर्ष निरन्तर बढाइएकोछ । यसरी प्रतियागितात्मक रुपमा अगाडि बढाउँदा नाँचमा प्रखरता र कलात्मकता आउनुका साथै सबैले अवलोकन गर्ने अवसर प्राप्त गर्छन् । सम्भव भएसम्म देशविदेशमा प्रचार–प्रसार गरेर भविष्यमा पर्यटकहरु आकर्षित गर्नु पनि यस प्रतियोगिताको अर्को उद्देश्य राखिएको छ । प्रथम जीउमामा प्रतियोगिता २०६८

जीउमामा नाच समग्र मगर जातिको एउटा विशुद्ध सांस्कृतिक नाच हो । यो नाच बिस्तारै लोप हुने अवस्थामा पुगेको हुँदा त्यसलाई संरक्षण गर्न आवश्यक देखियो । फलस्वरुप देश, विदेशमा रहेका संस्कृति प्रेमी, सहयोगी शुभचिन्तक महानुभावहरुको सहयोगमा २०६८ साल फागुन २३ गते आलम देवी गा.वि.स. वडा नं. २ कोटाकोट बेशीको मगर समाज भवनको प्राङ्गणमा जनजाति महासंघ आलम देवी गा.वि.स. आयोजक तथा कोटाकोट मगर समाज सेवा सह–आयोजक भई संयुक्त रुपमा आयोजित प्रथम जीउमामा प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको थियो । कोटाकोट मगर समाज सेवाका अध्यक्ष श्री ओमबहादुर सिंजाली मगरको अध्यक्षता तथा नेपाल मगर संघ केन्द्रिय समितिका अध्यक्ष श्री महेन्द्र थापा मगरको प्रमुख आतित्थ्यमा सम्पन्न उक्त प्रतियागितामा ५ समूह सहभागी भएका थिए ।

  सो प्रतियागितामा क्रमशः प्रथम, द्वितीय र तृतीय हुने समूहलाई रु. १०,०००/–, रु. ५,०००/–,रु. ३,०००/– नगद पुरस्कार प्रदान गरिएको थियो । साथै सान्त्वना पुरस्कार स्वरुप प्रत्येक सहभागी समूहलाई रु. १,०००/– नगद प्रदान गरिएको थियो ।

दोस्रो जीउमामा प्रतियागिता २०६९

प्रथम जीउमामा प्रतियागिताको पूर्ण सफलतापछि स्थानिय बुद्धिजीवी एवं शुभचिन्तकहरुका सल्लाह र सुझाव अनुसार जीउमामा प्रतियागितालाई निरन्तरता दिने जमर्को गरियो । तदनुसार आलम देवी गा.वि.स. वडा नं. ५ लसर्घा बेशीको आदर्श प्रा.वि.को प्राङ्गणमा २०६९ साल चैत्र १३ गते जनजाति महासंघ आलम देवी गा.वि.स. आयोजक तथा श्री आलम देवी बहुउद्देश्य ग्रामीण सेवा परिवार सह–आयोजक भई संयुक्त रुपमा आयोजित दोस्रो जीउमामा प्रतियागिता पनि भव्यताका साथ सम्पन्न भएको थियो । भूतपुर्व गा.वि.स. उपाध्यक्ष श्री तीलबीर थापा मगरको अध्यक्षता एवं नेपाल राष्ट्रिय मगर संघ जिल्ला समिति स्याङ्गजाका अध्यक्ष श्री शेरबहादुर थापा मगरको प्रमूख आतित्थ्यमा सम्पन्न दोस्रो जीउमामा जीउमामा प्रतियागितामा पनि ५ समूहहरु सहभागी भएका थिए ।

उक्त प्रतियागितामा क्रमशः प्रथम पुरस्कार रु.१२,०००/– तथा महेश थापा मगर (यु.के.) रु.३,०००/– गरी जम्मा रु.१५,०००/–, द्वितीय पुरस्कार रु.६,०००/– र तृतीय पुरस्कार रु.३,०००– तथा सान्त्वना पुरस्कार सहभागी प्रत्येक समूहलाई रु.१,०००/– दरले नगद प्रदान गरिएको थियो ।

तेस्रो जीउमामा प्रतियागिता २०७०

  प्रथम (२०६८) दोस्रो जीउमामा प्रतियोगिता (२०६९) को सिलसिला अनुसार तेस्रो जीउमामा प्रतियोगिता २०७० भव्यताका साथ सम्पन्न भयो । यस वर्ष पनि आलम देवी गा.वि.स. वडा नं. ५ लसर्घा बेशीमा अवस्थित श्री आदर्श प्रा.वि. को प्राङ्गणमा २०७० साल चैत्र ३ गते सोमबारका दिन आयोजना भएको थियो । मगर समुदायको महान चाड यउनाट पर्वको उपलक्ष्यमा आदिवासी जनजाति महासंघ आलम देवी स्याङ्गजा र श्री आलम देवी बहुउद्देश्य ग्रामीण सेवा परिवारको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता श्री आलम देवी ब.ग्रा.से.प. का अध्यक्ष श्री भुवन सिं राना मगरले गरेका थिए ।

प्रमूख अतिथि मानीय संविधान सभा सदस्य तथा राष्ट्रिय जनमूक्ति पार्टीका उपाध्यक्ष श्री शिवलाल थापा मगर रहेका थिए । सो कार्यक्रममा आलम देवी गा.वि.स. बाट ५ समूह र चण्डीभञ्ज्याङ्ग कारिकोटबाट १ गरी जम्मा ६ समूहको सहभागिता थियो । श्री आलम देवी समाज सेवा समिति प्रथम स्थान हासिल गर्दै रु. १२,०००/– प्राप्त गर्न सफल भयो भने द्वितीय स्थानका साथ जनचेतना आमा समूहले रु. ८,०००/– र तृतीय स्थानमा सञ्जीवनी युवा संघले रु. ५,०००/– जित्न सफल भयो । साथै प्रतियोगितामा सहभागी प्रत्येक समूहलाई प्रोत्साहन स्वरुप रु. ३,०००/– नगद प्रदान गरिएको थियो ।

उपलब्धीः

  स्याङ्गजा जिल्लाको सीमित क्षेत्र र त्यसको सेरोफेरोमा पर्ने गुल्मी र पाल्पाका केही गाउँमा नाँचिने जीउमामा नाच यस क्षेत्रबाट लोप हुन नदिन अर्थात यसलाई संरक्षण गर्ने उद्देश्यले २०६८ सालदेखि “जीउमामा” प्रतियोगिता निरन्तर रुपमा प्रत्येक वर्ष आयोजना गरिंदै आइएको छ । यस प्रतियोगिताले यस क्षेत्रका जनसमुदायमा आफ्नो भेषभुषा, भाषा र संस्कृतिप्रति आकर्षण जगाएको छ । त्यसैले त यउनाट पर्वको अवसर पारी यस क्षेत्रबाट देशका विभिन्न ठाउमाँ गई बसेका एवं विदेशमा गएका व्यक्तिहरु अवलोकनको लागि यहाँ आउने गर्दछन् ।

२०७१ सालको जीउमामा प्रतियोगिताको प्रस्तावित खर्च :

१.पुरस्कार क) प्रथम रु. १५,०००/–

ख) द्वितीय रु. १०,०००/–

ग) तृतीय रु. ५,०००/–

घ) प्रोत्साहन रु.३,०००/–× ३ =९,००० अनुमानित

२. यातायात खर्च अतिथि ३ जना– रु.२,०००/– × ३= ६,०००/–

३. खाना खर्च अतिथि ३ जना– रु.३०० /– दरले १,८०० /– × ३ =५,४००/–

४. भिडियो क्यामरा, क्यामरा पर्सन १२,०००/–

र एडिटिङ्ग :

५. मसलन्द खर्च १०,००० /– जम्मा प्रस्तावित खर्च रु. ७२,४००/– अक्षरुपी बहत्तर हजार चार सय मात्र ।

 

नोटः जीउमामा प्रतियोगिता सम्बन्धी सल्लाह र सुझावको लागि सम्पर्क :

संयोजक

भिम राना मगर

लसर्घा बेशी, स्याङ्गजा

email:chaurerana@gmail.com

phone:9841260928/9819168181

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %