कतारमा १३८औं लखन दिवस मनाईयो

Read Time:11 Minute, 38 Second

‘लखन थापामगरलाई नेपालको प्रथम सहिद घोषणा गर्नुपर्ने माग’

बिजय कुमार मगर, कतार

कतारमा सधै झैं यस बर्ष पनि नेपालका प्रथम सहिद लखन थापामगरको सम्मानमा १३८औं लखन दिवस नेपाल प्रवासी आदिवासी जनजाती महासंघ दोहा कतार र नेपाल प्रवासी मगर संघ दोहा कतारको संयुक्त आयोजनामा मगर संघका का वा अध्यक्ष महेन्द्र थापामगरको सभापतित्वमा, महासंघका अध्यक्ष सियाराम चौधरीको प्रमुख आतिथ्य तथा मगर संघका केन्द्रिय का.वा.महासचिव बिजय कुमार मगरको सञ्चालनमा दोहाको टप फर्म रेष्टुरेन्टमा ब्यापक जनसमुदायको सहभागीतामा १३ फेब्रुअरी २०१५ शुक्रवारको दिन मा सम्पन्न भएको छ ।
कार्यक्रमको औपचारिक शुरुवात संगै बिशेष रुपमा प्रथम सहिद लखन थापामगर र अन्य ज्ञात अज्ञात सहिदहरु प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रथम सहिद लखन थापामगरको सम्झनामा उहाँको तस्विरमा खादा, पुष्प माला, पुष्प गुच्छा, अबिर लगायतले उपस्थितीद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा मगर संघ,कतारका केन्द्रिय द्धितिय उपाध्यक्ष शेर बहादुर रोक्का मगगरबाट स्वागत मन्तब्य तथा कार्यक्रम बारे जानकारी दिएका थिए । उक्त कार्यक्रममा बिशिष्ट अतिथीहरुमा ने.प्र.आ.ज.म.का प्रमुख सल्लाहकार बिनेश तामाङ, ने.प्र.म.सं.केन्द्रिय समितिका प्रमुख सल्लाहकार भिम तरामु मगर, एन.आर.एन.ए.(एन.सी.सी.) कतार का प्र. उपाध्यक्ष कुमार कार्की रहेका थिए ।
अतिथीहरु किराँत राई यायोक्खाका महासचिव एकराज राई, तमु(गुरुङ) सेवा समाजका सचिव हरीकाजी गुरुङ, नेपाल प्रवासी तामाङ समाजका प्रथम उपाध्यक्ष कुमार मोक्तान तामाङ, थारु कल्याणकारिणी सभाका सदस्य श्यामलाल चौधरी, प्रवासी सुनुवार सेवा समाजका प्रथम उपाध्यक्ष सामुअल सुनुवार, माझी सेवा समाजका अध्यक्ष रामचन्द्र माझी, नेपाली जनसम्पर्क समितिका महामन्त्रि धिरज चाम्लीङ राई, नेपाली प्रवासी मञ्चका सदस्य रामनाथ शर्मा, कतार नेपाली एकता समाजका प्रथम उपाध्यक्ष मदन श्रीसमगर, पत्रकार महाँसंघका अध्यक्ष गणेश प्रसाद बञ्जाडे, नेपाली महिला समाजका अध्यक्ष रेखा राई, खोटाङ्ग सेवा समाजका अध्यक्ष प्रकाश गुरुङ, गोरखा सेवा समाजका आश बहादुर गुरुङ, धनकुटा सेवा समाजका देव सुन्दास, ओखलढुङ्गा सेवा समाजका अध्यक्ष अशोक सिङदाङ्ग तामाङ्ग, बाग्लुङ सेवा समाजका कोषाध्यक्ष गिरी काउछामगर,पाल्पाली सेवा समाजका भुपराज दवाडी, दाङ देउखुरी सेवा समाजका कोषाध्यक्ष युद्ध भुषाल, पांचथर सेवा समाजका संरक्षक चन्द्र न्यौपाने, भोजपुर सेवा समाजका सल्लाहकार दिक्पाल राई, पाथिभारा यूवा समाजका लक्ष्मी गुरुङ,तथा मगर संघ, कतारका सल्लाहकार सदस्य नारायण रानामगर, जनक थापा मगर, सांस्कृतिक २०१४̸०१५ मगर वाङ बेशव रानामगर, दोहा एरिया समितिका अध्यक्ष रविनमगर, सनैय बि.का अध्यक्ष मिन मगर थिए । अतिथीहरुलाई खादा लगाईदिएर मगर संघका केन्द्रिय सदस्यहरु खगी पुनमगर र लक्ष्मी घर्तीमगरले स्वागत गरेका थिए ।
मन्तब्यको शिलशिलामा अतिथीहरुले बोल्ने क्रममा महिला समाजका रेखा राईले राज्यबाट जाती, क्षेत्र, लिग हेरेर विभेद गर्न नहुने बताएका थिए भने गोरखा सेवा समाजका आश बहादुर गुरुङले नेपाल का प्रथम शहिदको सम्झनामा दोहा मा भएका अरु संघ संस्थाले एकसाथ मनाउनु पर्ने कुरा बताएका थिए । कतार नेपाली एकता समाजका प्रथम उपाध्यक्ष मदन श्रीसमगरले सबैले प्रथम शहिदको मुद्दालाई ब्यापक बनाउनु पर्ने आवश्यकता माथि औंल्याएका थिए । त्यसैगरी नेपाली प्रवासी मञ्चका सदस्य रामनाथ शर्माले ठाउँ र जाती बिशेषको लागी नभएर नेपाल र नेपालीको मुक्तीको लागी लडेकोले उच्च स्तरीय सम्मान राज्यबाट पाउनुपर्ने भने, नेपाली जनसम्पर्क समितीका महामन्त्रि धिरज चाम्लीङराईले जनताको लागी ज्यान दिने लखन थापामगरलाई नेपालको प्रथम सहिद घोषणा गर्नुपर्ने र यसका लागी सम्पूर्ण बैचारिक संस्थाहरुले नेपाल सरकार सम्म पुराउनु पर्ने कुरामा जोड दिए ।
मन्तव्यकै क्रममा किराँत राई यायोक्खाका महासचिव एकराज राईले २००७ सालको प्रजातन्त्र सँगै प्रथम सहिद घोषणा गर्नुपर्नेमा अझै राज्य पक्षले ढिलाई गरेको प्रती खेद व्यक्त गर्दै आगामी दिनमा महासंघले प्रेस बिज्ञाप्ति जारी गरेर हुन्छ या नेपाली राजदुतावास मार्फत नेपाल सरकारमा पत्र पठाएर हुन्छ प्रथम शहिद घोषणा गर्नु पर्ने भने, नेपाल प्रवासी तामाङ समाजका प्रथम उपाध्यक्ष कुमार मोक्तान तामाङले लखन थापा लगायत धेरै सहिदहरुलाई राज्यले गुमनाम पारेको, उहाँको योगदानले नै अहिले हामी दासत्वबाट मुक्ती भएको बताए ।
तमु(गुरुङ) समाजका कृष्ण तमुले थापामगरलाई प्रथम सहिद घोषणा नगरेसम्म हाम्रो आन्दोलन रहिरहने स्पष्ट पारे भने चुम्लुङका लोकेन्द्र तुम्रोकले बैचारिक संस्थाले भाषणमा मात्र नभएर यस्ता कुराहरु आ–आफ्नो संस्थामा पनि बहस भएको छ कि छैन ? प्रश्न गर्दै आदिवासी जनजातीहरुलाई बझाउने भन्दा मिलाउने मार्ग तयार गर्न आग्रह गरे । राई यायोक्खाका एकराज राईले थापामगर आदिबासी जनजाती भएकै कारणले प्रथम सहिद घोषणा नगरेको त होईन ? प्रजातन्त्रको जन्मदाता नै प्रथम सहिद लखन थापामगरलाई राज्य पक्षबाट किन हेला भइरहेको छ ? राज्य पक्षले यस कुरालाई हेलचेकयाई नगरी उचित सम्बोधन गर्नुपर्ने बताए ।
त्यस्तैगरी बिशिष्ट अतिथी ने.प्र.आ.ज.म.का प्रमुख सल्लाहकार बिनेश तामाङले बैचारिक संस्थाहरुलाई बिशेष ध्यानाकर्षण गर्नुहुँदै यो मुद्दा राजनितीक पार्टीहरुले खोजी खोजी उठाउनु पर्नेमा हामीले उठाइरहेका छौं, अब यहाँदेखी तपाईंहरुले किन वहालवाला सरकार सम्म लानुहुन्न ? यहाँसम्म प्रथम सहिद मान्ने अनी यहाँदेखी किन प्रथम सहिद मान्नुहुन्न ? “नेपालको प्रथम सहिद लखन थापामगरलाई अविलम्ब प्रथम सहिद घोषणा गर्न यस मञ्चबाट सम्बन्धित पक्षसँग गम्भिर भएर आग्रह गर्छु ।” तामाङको भनाइ थियो । अर्का बिशिष्ट अतिथि भिम तरामुमगरले मगर संघको प्रथम शहिदको लागी गरी रहेको पहललाई “यो संघर्षलाई हाम्रो मात्र नसोचि दिन विभिन्न क्षेत्रलाई आग्रह गर्दछु” भने भने एन.आर.एन.ए.(एन.सी.सी.) कतार का प्र. उपाध्यक्ष कुमार कार्कीले प्रथम शहिद नामाकरण गर्नु पर्छ भन्ने कुरामा जोड दिए ।
कार्यक्रममा प्रमुख अतिथी सियाराम चौधरीले लखन थापामगर मगरहरुको मात्र होईन सम्पुर्ण नेपालीको भएकोले यसमा सम्बन्धित सबैको ध्यान जानुपर्ने, मगर भएर होईन देशभक्त भएर आवाज उठाउने ब्यक्तीको सम्मान गर्नुपर्ने र जब सम्म लखन थापामगर लगायत अन्य सहिदहरुले न्याय पाउँदैन तब सम्म आदिबासी जनजाती महासंघको संघर्ष र दबाब रहिरहने बताए ।
अन्तिममा सभापति महेन्द्र थापामगरले नेपाल मगर संघ केन्द्रिय समिति मार्फत प्रत्येक सरकारलाई प्रथम सहिद घोषणा गर्न ज्ञापन पत्र बुझाए पनि सम्बन्धित पक्षले बेवास्ता गरेको जानकारी दिदै प्रथम शहिद घोषणा गर्नका लागी यथेष्ठ प्रमाणहरु हुंदा हुंदै पनि “लखन थापामगर प्रथम सहिद नभएर अरु को हो त ? भनि वहालवाला सत्ता पक्षका सरकारमा रहेकालाई प्रश्न खडा गरे । शहिद लखन थापामगरले संघर्ष को बिजारोपण नगर्नु भएको भए राणाहरुको दासत्वबाट हामी अहिले पनि गुज्रिनु पर्ने अवस्था पनि हुन सक्थ्यो । उहाँको योगदानले नै अहिले सम्मको हरेक परिवर्तन सम्भव भएको बारे प्रष्ट पार्दै सभापतिले कार्यक्रम उपस्थितिमा धन्यवाद सहित समापन सँगै राज्य र राज्यसँग जोडिएका सबैसँग लखन थापामगरलाई सही सम्मान दिन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल पनि गरेका थिए ।
नोटः– लखन थापामगरको जन्म बि.सं. १८९० मा गोरखाको बुङकोट –४ काहुले गाउँमा, बाल्यकालको नाम लक्ष्मण सिंह थापा, सहादत बि.सं. १९३३ फागुन २ गते (बुङकोटको मनकामना मन्दिरको अगाडी रहेको खिर्राको बोटमा झुण्डाएर), सहादत प्राप्त भएको १२७ बर्ष पछी २०५६ सालमा सहिदको मान्यता नेपाल सरकार वाट दिईएको थियो । )

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %