कृष्ण सारू मगर
बहराईन-१५फेब्रुअरी २०१५बहराईनको राजधानी मानमा स्थित सेवारो नेपाली रेष्टुरेन्टको सभाहलमा भएको सम्मान तथा बधाई शुभ-कामना कार्यक्रम कमल श्रेष्ठ (कल्याण)को सभापतित्वमा सम्पन्न भएको छ । भने औपचारिक कार्यक्रम संचालन नविन घतानेले गरेका थिए ।
सो, सम्मान शुभ-कामना कार्यक्रमलाई संवोधन गर्दै अतिथिहरूलाई पाल्पाली चेली पुन मगरले सबै अतिथिहरूलाई खादा ओढाई स्वागत गरेकी थिईन । साथै विशेष अतिथि विश्व बिनोदलाई संस्थापक अध्यक्ष कृष्ण सारू मगरले खादा ओढाई स्वागत गरेका थिए । साथमा उनले बहराईन स्थित बिभिन्न संघ, संस्था, संगठन एवं श्रोता तथा शुभेच्छुक हरूको अहम भुमिका रहेकोले उहाँहरू प्रति आफ्नो ब्याक्तिगत तर्फ देखी एवं हाम्रो समाजिक संस्था पाल्पाली समाज परिवार हृदय देखी नै आभार ब्यक्त गर्दै बहराईन स्थित समाजिक अवधारणा बोकी स्थापना भएको संघ, संस्था, संगठनहरू संग सदैव समन्य, सहकार्य र एकता गर्दै अघि बढ्ने लक्ष रहेको सम्पुर्ण शु-भकामना मन्तब्य संस्थाका साँस्कृतिक सचिव सरला पुन मगरले गरेका थिए । भने अन्त्यमा आफुलाई विविध समस्या हरूको बावजुद पनि गएको ०६ फेब्रुअरीमा भएको फाईनल प्रतिस्प्रधामा अमुल्य समय खर्चेर अन्तराष्ट्रिय कलाकार मञ्च द्वारा आयोजित २०१४ सिङगिङ आईडलको उपाधि जिताउन सह्योग गर्नु हुने सम्पुर्णमा हृदय देखी नै हार्दिक आभार ब्यक्त गर्दै धेरै ऋणि रहेको समेत बताईन । यस्तै गरी शुभकामना मन्तब्यकै क्रममा सरिता दर्लामी मगरले शासन शक्ति र राज्यसत्ता संचालक र समाजले पनि बिभिन्न कोण बाट पनि हामी महिलाहरू माथी विभेद गरिएको छ । प्रदेशी भुमीमा पनि एउटा नौलो उधारण हो भन्दै अब हामी नारी हरूले पनि अवसर पाएको खण्डमा जस्तो सुकै संघर्ष गर्न सक्ने क्षमता बृद्धि भएको उनले चुमेको उपलब्धिले हरेक महिलाहरूमा थप नयाँ उर्जा मिलेको छ भन्दै उत्तरोत्तर प्रगतिको कामना गर्दै बधाई दिएकी थिईन ।
तेजेन्द्र थापाले थप्दै भने तामाङ्ग सेवा समाज द्वारा आयोजित २०१२की मिस बहराई प्रतिशप्रधामा नेपाली चेली प्रिया उप्रेती उपाधि चुम्न सफल भएकी थिईन, यस बहराईनमा महिलाहरूले सुन्दरी प्रतिभा लाई यो सफलता पु-याउँदै स्वदेश तथा विदेशमा रहनु हने अब्बल सावित गरेकाे बताए ।
वरिष्ट लोक तथा दोहरी गायक विश्व बिनोदले उनिहरू अलग-अलग विधामा उपाधि चुम्ने अहिले सम्ममा दोस्रो पटक सफलता रहेको यो कलाकारहरूले प्राप्त गरेको सफलता हो । यो बिजय सम्पुर्ण नेपालीहरूको बिजय हो। भने देव रेगामी मगर, सिमा रेगामी, करन थापा मगर, नारायण पोख्रेल, नारायण कुमाल अशिम महतले आ-आफ्नै धारणा राखी शुभकामना तथा बधाई दिएका थिए ।
अन्त्यमा कार्यक्रम सभाध्यक्ष श्रेष्ठले भर्खरै स्थापित पाल्पाली समाजले एक वर्ष नबित्दै यति ठुलो ऐतिहासिक उपलब्धि हाशिल गरेकोमा धेरै खुसी ब्यक्त गर्दै संस्थाको तर्फ देखी IAF SINGGING IDOL २०१४को उपाधि चुम्न सफल सचिव सरला पुन मगर लाई मायाँको चिनो स्वरूप सम्मान पत्र प्रदान गर्दै कला, गला, सुमधुर आवाजकी धनि प्रतिको उच्च मुल्याङ्गकन गरी सह्योग गर्नु हुने सम्पुर्ण संघ, संस्था संगठन तथा शुभेच्छुक एवं श्रोता तथा दर्शकहरूलाई विषेश धन्यावाद दिँदै आगामी दिन हरूमा पनि यसरी नै साथ, सह्योग, समर्थनको अपेक्षा गर्दै सम्पुर्ण महानुभावहरूमा आफ्नो ब्याक्तिगत तर्फ देखी एवं संस्थाको तर्फ बाट हृदय देखी नै आभार ब्यक्त गर्दै भने आफ्नो समाजिक संस्थाले विविध घटना दुर्घटनामा सम्पुर्ण संघ, संस्था, संगठनहरू संग, सहकार्य एकता गर्दै निरन्तर पाल्पाली समाज बहराईन परिवार कटिवद्ध रहेको बताउँदै स्थापना कालमा समाजको भञ्ज्याङ सेवा नाउँ लाई केही सहज होस् भन्ने हेतुले सरल र सिधा बुझ्ने भाषामा पाल्पाली समाज भएको सार्वजनिक गर्दै औपचारिक कार्यक्रम विसर्जन भएको, घोषणा गरी सम्पन्न गरेको छ ।
भोलिको दिनमा चुनौती सहित थप जिम्मेवारी लाई के कसरी अगाडी बढ्ने छ त्यो भने कौतुहलताको विषय बनेको छ ।