संगीतलाई स्वरमा सजाउने छु, गायिका सरला

Read Time:9 Minute, 59 Second

सुश्री सरला  पुन मगर तेवाङ-७, रोल्पाको किसान परिवारमा बाजे जंग बहादुर पुन मगरको नातिनीको रूपमा २२ भदौ , २०४७ मा बुबा मानसिँ पुन मगर र आमा गोमा पुन मगरको कोखबाट जन्म लिएकी तीन सन्तान  छोरीहरू मध्ये सरला जेठी  हुन् । उनले सानै उमेर देखी गीत, संगीत  तथा नृत्यमा अभिरूचि राख्ने र उनको स्नेही बहिनी ईन्दिरा पुन मगर र पुष्पा पुन मगरकी दिदी सरला(सरू) खहरे-४ , माडी/पाल्पामा बस्दा संगीत यात्राले खासै अवसर नपाएकोले धेरै उपलब्धिहरू हात बाट गुमेको उनि बताउछिन् ।

(पत्रकारद्धय सारु र हमालको बिचमा गायीका सरला  पून मगर)

  उनी बैदेशिक रोजगारको शिलशिलामा १४ सेप्टेम्बर २०१४ मा मध्यपुर्विय राष्ट्रको बहराईनमा प्रवेश गरेका हुँन । उनि अन्तरराष्ट्रिय कलाकार मञ्च बहराईन शाखाले आयोजना गरेको आई.ए.एफ आईडलको उपाधि चुम्न सफल र एक अब्बल दर्जाका  कलाकारका रूपमा  दर्रियकी पून मगर सँग राज्यसत्ता डटकम बहराईन शाखाका पत्रकार कृष्ण सारु मगर र कान्तिपुर गल्फ साप्ताहिकका बहराईनका प्रतिनिधि कृष्ण हमाल संगको यो भलाकुसारी ।

  •  हजुरको साँगीतिक यात्राको बारेमा केहि बताइ दिनु हुन्छ कि?  

सरला – – धन्यवाद ,सर्वप्रथम त यहाँहरू दुवै जना प्रति एकदम खु:सी छु । मैले नेपालमा यो क्षेत्रमा ठुलो संघर्ष गरेकी थिए ।  मुख्यतया मेरो घर परिवारले मलाई धेरै साथ दिनु भो , मेरो संघर्ष पुर्ण गायन यात्राको दौरानमा  । त्यो बिगतका ३ओटा एल्मवहरु बजारमा ल्याउनको लागि थुप्रै चुनौती पूर्ण भएता पनि आज यो उपलब्धिले खु:सीले सिमा नाघेको छ । जसको कारण मेरो बाध्यता र पस्थितिको बाबजुद पनि आज आई.ए.एफ आईडलको उपाधि मेरो हातमा प-यो । जुन मैले सोचेको पनि थिएन , सम्पूर्ण नेपाली दाजु-भाई तथा दिदि बहिनीको अपार मायाँ र साथले गर्दा आज एकदम हर्षित छु ।

  •  आईडलको उपाधि चुम्दा कस्तो अनुभव गर्नु भएको छ ?

सरला – – मलाई एकदम खु:सी लागेको छ, किन की मैले सोचेकै थिइन । सबै प्रतिस्पर्धीहरूले राम्रो गाउनु हुन्छ र टप ५ मा पुग्दा सम्म पनि त्यो अपेक्षा गरेको थिइन । तर जब मेरो नाम एक नम्बरमै उद्घोष गर्नु भयो त्यो बेलामा यदि मैले नेपालमा हुँदा गरेको संघर्ष बहराईनमा गरेको भए पक्कै पनि मेरो सांगीतिक यात्राले प्रगतिको अर्कै मोड लिने रहेछ भन्ने लागेको छ ।

  •  हजुर त विशुद्ध लोकदोहरी गायिका हो ,बहराईन शाखाले आयोजना गरेको त विभिन्न विधाका गीतहरु समेटिएको प्रतियोगिता भएकोले कस्तो अनुभव गर्नु भएको छ ?

सरला – – हजुर पक्कै पनि ! धेरै कठिन भए पनि लोक दोहोरी गाउने कलाकारलाई अन्य विधाका गीत गाउन प्रोत्साहन निर्णायक मण्डलका वरिष्ठ संगीतकार तथा गायक पोखराज श्रेष्ठको अनुरोधमा आधुनिक गीत गाउन भन्नु भएको थियो । तत्पश्चात मैले गाएको उक्त गीत लाई औधी मन पराउनु भई प्रोत्साहन स्वरूप मलाई सेलेक्ट गर्नु भयो । र आगामी दिनमा केहि नयाँ गर्ने छु साथै  संग संगै सबै विधालाई अगाडी बढाउने सक्दो प्रयास गर्नेछु ।

  •  तपाँईको आगामी साँगीतिक यात्रा चुनौती पूर्ण हुने देखिन्छ । आगामी दिनमा यहाँले कसरी सबै विधालाई संयोजन गर्दै अघि बढ्नु हुन्छ ?

सरला – – हिजोका दिनमा लोक दोहोरी गीतहरु मात्र गाउँदथेँ । अब भोलिका दिनमा हरेक गीतमा सक्दो कसरत गरेर आफ्नो स्वरमा सजाउन कुनै कसर बाँकी नराख्ने र साङगीतिक यात्रा चुनौती पूर्ण भए पनि आफ्नो यात्रा सहज बनाउनको लागि आफु हर कदम तैयार रहनेनै छु ।

  •  आगामी दिनमा यहाँको लक्ष्य के छ ?

सरला – – मेरो आगामी लक्ष्य भनेको साँगीतिकनै हुनेछ , किनकि मलाई नेपालमा त्यो खु:सी नमिले पनि आज यस मध्यपुर्विय राष्ट्र बहराईनमा त्यो खु:सी प्राप्त गरेकी छु आगामी दिनमा अझै सुधार्दै लग्ने छु । यसको,साथमा अरू नयाँ कृति एल्वम  बजारमा ल्याउने छु ।

  •  सहभागी प्रतियोगीहरुलाई के सन्देश दिन चाहनु हुन्छ ?

सरला – – यो एउटा खेल हो हार/जीत हुन्छ नै । जति जना प्रतिस्पर्धीहरु हुनु हुन्छ कसैले हरेस नखानुहोस् । आफ्नो कमि कम्जोरीहरु लाई आगामी दिनमा सुधार्दै लानुभो भने  भोलिका दिनमा केहि गर्ने आँट र शाहसको साथ अबश्य सफल्ता पाउनुहुने छ  । सबै प्रतिस्पर्धी हरुले आज राम्रो  कला प्रस्तुत गर्नु भएको छ , र त्सयतै भोलिका दिनहरूमा पनि तपाइहरुको भविष्य उज्वल छ । आफ्ना कला र प्रतिभालाई प्रतक्ष अगाडी लैजानुहोस् र भोलिको उपाधि हजुरहरुकोनै हो , त्यसैले निश्चिन्त हुनु होस् ।

  •  अन्तरराष्ट्रिय कलाकार मञ्च बहराईन शाखा लाई के भन्न चाहनु हुन्छ ?

सरला – – अन्तरराष्ट्रिय कलाकार मञ्च बहराईन शाखा लाई धेरै धेरै  धन्यवाद ब्यक्त गर्न चाहन्छु । यसरी विदेशमा लुकेर बसेका प्रतिभाहरुलाई खोजी गर्ने कार्यक्रम गर्नु भएकोमा आफुले सम्बोधन गर्ने शब्द नै नभएकोले आयोजक परिवार प्रति हार्दिक आभार ब्यक्त गर्दै’ उहाँहरू प्रति कृतज्ञ छु ।

  •  बहराईनमा बस्नु हुने सम्पूर्ण नेपाली तथा देश बिदेशमा बस्नु हुने समस्त नेपाली दाजु-भाई तथा दिदि-बहिनीहरुलाई कसरी सम्झन चाहनु हुन्छ ?

सरला – – म एउटा नेपालीको छोरी आज विदेशमा पनि यसरि उपाधि चुम्न सफल भएकोले  प्रत्येक दिन मेहनत गर्दै नेपाल देखि अन्य देशमा र बहराईनमा बस्नु हुने सम्पूर्ण नेपाली तथा देश बिदेशमा बस्नु हुने सम्पूर्ण नेपाली दाजु-भाई तथा दिदि बहिनीहरु लाई हृदय देखी  धेरै धेरै धन्यबाद ब्यक्त गर्दछु |

  •  हजुरले साँगीतिक यात्रा र सिङ्गिङ आईडलको दौरानमा कसैलाई संझन चाहनु हुन्छ ?

सरला – – नेपालमा बस्दा आदरणिय तुलसा घर्ती मगरको श्रीमान नन्द घर्ति मगरको प्रेरणा बाट आफु यो क्षेत्रमा प्रवेश ग रेको र त्यस्तै गरी राष्ट्रिय लोक तथा दोहरी गायिका राधिका हमालको श्रीमान कृष्ण पुन मगर दाईलाई सम्झन चाहन्छु । साथै हिजोको उपाधि शुरु देखि अन्त्य सम्म निरन्तर साथ दिनु हुने पाल्पाली समाज बहराईन, मगर संघ बहराईन, अन्तराष्ट्रिय कलाकार समाज, डिएक्सएन नेपाली परिवार बहराईन, अर्घाखाँची प्रवासी समाज बहराईन, लाँङ्गघाली परिवार, झापाली यूवा समाज बहराईन, बाग्लुङ सेवा समाज लगायत सम्पूर्ण संघ/संस्था प्रतक्ष वा अप्रतक्ष रूपमा जो/जसले मलाई साथ दिनु भएको छ अपार मायाँ दिनु भएको छ म उहाँहरू सबैलाई सदैव मनको ढुकढुकीमा राख्ने प्रण गर्दछु । 

  •  अन्त्यमा मिडिया मार्फत हजुरले भन्न चाहेको र मैले सोध्न बिर्सेको केहि छ भने भन्नुहोस न ?

सरला – – अन्तरराष्ट्रिय कलाकार मञ्च बहराईन शाखाले जुन कार्यक्रम ग-यो त्यो अत्यन्तै सकरात्मक कामको शुरुवात गरेको छ , त्यसको वर्णन गर्ने म संग कुनै शब्द छैन । भने,यसरी मिडियामा पहिलो पल्ट आफ्नो अन्तरबार्ता लिनु हुने राज्यसत्ता डटकमका पत्रकार कृष्ण सारु मगर र कान्तिपुर गल्फ साप्ताहिकका बहराईनका प्रतिनिधि कृष्ण हमाल प्रति हार्दिक आभार प्रकट गर्दछु । त्यसै गरि सम्पूर्ण मिडियाकर्मीहरु लाई हृदय देखी नै स-धन्यबाद ब्यक्त गर्दै हार्दिक आभारी छु ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %