२ जनवरी
थकाली सेवा समिती टोकाई जापानले बोलिङ कार्यक्रम गरी नयाँ बर्ष २०११ को शुभकामना आदानप्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।
कार्यक्रममा टोकाईबासी नेपालीहरुको भब्य उपस्थिती थियो । दोस्रो चरणको रात्रीभोज कार्यक्रम अध्यक्ष चन्द्र शेरचनको अध्यक्षतामा सम्पन भएको थियो ।
कार्यक्रममा अध्यक्ष श्री चन्द्र शेरचनले बोलिङ प्रतियोगीतामा प्रथम र दोस्रो हुने टीमलाई नगद पुरस्कार प्रदान गरेकाथिए ।
साथसाथै बिरामी सुश्री अन्जु कार्कीलाई आर्थिक सहयोग प्रदान गर्दै अध्यक्ष शेरचनले नयाँ बर्षको शुभकामना दिएकाथिए । दुई चरणमा सम्पन्न यस कार्यक्रम अत्यन्त पारिवारिक बातावरणमा सम्पन्न भएको थियो ।
बिरेन्द्र शेरचन