हंगकंगका महिलाद्धारा पि ए नेपाललाई सहयोग

Read Time:1 Minute, 52 Second

८ फेव्रवरी, हंगकंग, महिला संघ हंगकंगको आयोजनामा याउ मा तेइ कम्युनिटी हलमा, विश्वकै कान्छो भनिएका ८ बर्षिय सौगात विष्टले निर्देशन गरेका चलचित्र लभ यु बाबाको च्यारीटी शो सफल भएको छ । शोबाट प्राप्त भएको रकम पि ए नेपाललाई सहयोग गरीने अध्यक्ष टीका गुरुङले बताइन । बन्दी गृहमा रहेका ब्यक्तिहरुको छोरा छोरीको शिक्षा तथा पालन पोषणको लागि इन्दिरा राना मगरद्धारा सञ्चालित बन्दी सहायता केन्द्र (पि ए नेपाल) ले ब्यवस्थापन  गरीरहेको छ । त्यसैले बालबालिकाको क्षेत्रमा नोभेल पुरस्कार मानिने अनररी पुरस्कार, स्वीडेनले राना मगरलाई प्रदान गरीसकेको छ । राना मगरलार्इ हंगकंगमा नै मार्च ८ मा सहयोग रकम हस्तातरण गरीने अध्यक्ष गुरूङले बताइन ।  

अध्यक्ष टीका गुरुङको अध्यक्षतामा नेपाली बाणिज्यदूत मोदिता बज्रचार्यले प्रमुख आतिथ्य ग्रहण गरेकी थिइन । विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले आतिथ्य ग्रहण गरेका थिए । अनिता तमाङ र मीना श्रीसले कार्यक्रम सञ्चालन गरेकी थिइन । औपचारीक कार्यक्रम पश्चात चलचित्र प्रदर्शन गरीएको थियो ।       

 

फोटो हेर्नको लागि तल थिच्नुहोस

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %