३० दलको आन्दोलन जारी

Read Time:1 Minute, 38 Second

प्रधानमन्त्रीको वक्तव्य परिणाममूखि छैनः विपक्षी दल 

राज्यसत्ता,

काठमाडौ, माघ २६ – संविधान निर्माणका लागि सत्तारुढ दलले विश्वसनीय वातावरण तयार गर्न नसकेको भन्दै एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले वार्तामा नजाने निर्णय गरेको छ । सोमबार बसेको विपक्षी दलहरुको बैठकले सहमतिमा संविधानसभा निर्माणमा सरकारले विश्वसनीय वातावरण तयार नगरेको जनाएको छ ।

politica; leader  एमाले र कांग्रेसले हठपूर्वक संविधानसभालाई बहुमतिय प्रक्रियामा धकेलेका कारण आन्दोलनको विकल्प नभएको मोर्चाको विज्ञप्तीमा उल्लेख छ । १२ बुँदे सम्झौता अनुसार सहमतिको आधारमा संविधान निर्माणमा जानुपर्ने अडान मोर्चाले दोहोर्याएको छ । तर, प्रधानमन्त्री शुसिल कोइरालाले वार्ताको लागि आव्हान गरेको वक्तव्यमा १२ बुँदे सम्झौतामाथि स्पष्ट र प्रतिवद्धता नदेखाएकोले वार्तामा उपलब्धीहीन हुने मोर्चाले जनाएको छ ।

विज्ञप्तीमा सत्तारुढ दलले स्पष्ट, सार्थक र परिणममूखि वार्ताको  लागि  विश्वसनीय वातावरण तयार गरी गर्नसमेत आग्रह गरेको कान्तिपूरले समचार छापेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %