शुशी पुलामी
युएई ८ फेब्रुरी, नेपाल आदिवासी जनजाति परिषद् युएईको तेर्सो महाधिवेशन घोषणा-सभा ऐतिहासिक रुपमा सम्पन्न भएको भएको छ |
गत ६ फेब्रुरी शुक्रवार युएईको सवैभन्दा अग्लो भू–भागमा रहेको अलेनको जेविल हपीत पार्कमा परिषद्का निवर्तमान अध्यक्ष हरि बहादुर घर्तीमगरको सभापतित्व र नेपाली जन सम्पर्क समिति युएईका रामकृष्ण पुनमगरको प्रमुख अतिथि, हमालय वल्ड ट्राभल युएईका मेनेजिंग डाइरेक्टर एवं समाजसेवी अकित श्रेष्ठ र आदिवासी जनजाति बुद्दिजीवी धन राई विशेष अतिथि, नेपाल मगर संघ युएईकी अध्यक्ष शुशी पुलामी मगर, संरक्षक सदस्य द्वय दिपराज न्योहांग, मदन धिमाल, नेपाली मगर खाम भाषी जागरण मंचका अध्यक्ष भुवन मगर, नेपाली जन प्रगतिशील मोर्चाका प्रतिनिधि कैलाश खाम पुन मगर र समाजसेवी नेत्र बहादुर बेघा लिम्बू र आदिवासी जनजाति बुद्दिजीवी ज्ञानेन्द्र कन्दवा समेत अतिथि रहेको कार्यक्रमलाई समारोहका सभापति र प्रमुख अतिथि द्वयले संयुक्त रुपमा दीप प्रज्वलनगरी उद्घाटन गरेका थिए |
युएईको आबुधाबी, मुसफा, आइकाट, साबिया र दुबई लगायतका स्थानबाट यातायातको निम्ति ६ वटा बस प्रयोग गरिएको थियो भने, अलेन लगायत युएईको विभिन्न स्थानबाट अन्य सवारी साधन मार्फत ठुलो संख्यामा सहभागिता रहेको परिषद्को महाधिवेशन घोषणा-सभा, कुनै ठुलो राजनैतिक पार्टीको महाधिवेशन जस्तै भएको छनक देखिन्थ्यो | सम्भवत: युएईमा सार्वजनिक पार्कमा हुने कार्यक्रममा, यतिधेरै जनसहभागिता रहेको पहिलो पटक थियो | सभामा आदिवासी जनजातिहरु मात्रै नभै, राज्यले आफुलाई विभेद एवं उत्पीडनमा पारेको अनुभूति गर्ने, सवै जात-जाति एवं भाषा-भाषीहरुको ठुलो संख्यामा सहभागिता रहेको र पुरुषको तुलनामा महिलाहरुको सहभागिता अझ धेरै देखिन्थ्यो |
महाधिवेशन घोषणा-सभालाई सम्वोधन गर्दै प्रमुख अतिथि पुनमगरले पहिचानको अधिकार भनेको मानिसको जन्मसिद्द अधिकार रहेकोले, राज्यले हामीलाई पहिचान विहिन बनाउन नसक्ने जिकिर गर्दै, मुलुकको शान्ति र सम्वृद्दिको निम्ति सहमतिमा पहिचान सहितको संविधान जारि हुनु पर्ने जोडदिए |
यसैगरी समारोहका सभापति हरि बहादुर घर्तिमगरले महाधिवेशन उद्घाटन सभा र आफुले नेतृत्व गरेको परिषदको पुरानो कार्य समिति विघटन गर्दै, आफ्नो पटक-पटकको करिव ४ बर्षे लामो कार्यकालवाट आफु अत्यन्तै सन्तुष्टि रहेको बताउदै, निकै भावविभोर मुद्रामा परिषद्लाई यो उचाई सम्म ल्याउन आफुलाई सहयोग गर्ने आफ्ना सहकर्मी, शुभेच्छुक एवं युएईमा रहेका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दै अगाडी भने, जातीय पहिचान एवं जातीयमुक्तिका मुद्दा प्रवासमा श-शक्त रुपमा उठाउन युएईमा रहेका समाजसेवी, भद्रभलादमी एवं सचेत नेपाली आदिवासी जनजाति युवाहरुले, २०१२ मार्च १५ मा युएईको आइकाटमा निर्माण भएको यो नेपाली आदिवासी जनजातिहरुको जातीय परिषद्ले, निर्माण पछि अनवरतरुपमा, जातिय मुक्तिको सवालमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ, भने वर्तमान सन्दर्भमा मुलुकमा पहिचान विरोधी एकाधिकारवादीहरुले नेपालको अन्तरिम संविधान २०६३ को मर्म र भावना एवं हामी आदिवासी जनजातिहरु संग गरिएको सहमति सम्झौता विरुद्द गरीएको अवान्छनीय गतिविधिले सदियौदेखि उत्पिडनमा परेका नेपाली आदिवासी जनजातिहरुको प्राप्त हुनै लागेको मुक्तिको चाहना, संकटमा पर्न थालेको होकी भन्ने आसंका उठेको विधमान अवस्थामा, परिषद्को आवस्यकता विगतमा भन्दा अझ टड्कारोरुपमा खड्केको दावी गर्दै, राज्यले हामीलाई पटक-पटक धोका दिएकोले, अव पनि हामीलाई हेर्ने सोचमा परिवर्तन नल्याए राज्यपक्षले ठुलो मूल्य चुकाउनु पर्ने खवरदारी गरे |
यसैगरी शुभकामना मन्तव्य दिनेहरु नेपाल मगर संघ युएईकी अध्यक्ष शुशी पुलामी मगर, कोषाध्यक्ष हेम थापा मगर थिए भने परिषद्का महासचिव नवराज गुरुङले संचालन गरेको कार्यक्रमलाई उपाध्यक्ष चन्द्र कला साग्पांग राईले स्वागत भाषण दिएकी थिइन् |
तेर्सो महाधिवेशनवाट आगामी २ वर्षे कार्यकालकालागि अध्यक्ष मोहन कुमार तामांग, बरिष्ठ उपाध्यक्ष भिम घिसिंग, उपाध्यक्ष क्रमसःचन्द्र कला साम्पांग राई, गणेश थारु र आकाश लामा, महासचिव नवराज गुरुङ, कोषाध्यक्ष हेम बहादुर थापा मगर, प्रवक्ता मौसम सुब्बा र उप-महासचिव सोनाम दोर्जे लामा निर्वाचित भएका छन् भने विभाग प्रमुखमा, अनुशासन विभाग प्रमुख राम मगर, महिला विभाग प्रमुख प्रमिला थापा मगर, खेलकुद विभाग प्रमुख केशर थापा मगर, सांस्कृतिक विभाग माइली स्यांगवो र युवा विभागमा माया गुरुङ निर्वाचित छन् |
यसैगरी सदस्यहरुमा माया मगर, शुशिला दर्लामी मगर, माया थापा मगर, श्रीजना चौधरी, हेमा मगर, मिनु राना मगर, शोभा लामा रहेको निर्वाचित नाम घोषणा गर्दै, नव निर्वाचित कार्यसमितिलाई, निर्वाचन मण्डलका अध्यक्ष रामकृष्ण पुनमगरले वधाई ज्ञापन गर्दै, सपत खुवाएका थिए | सपत ग्रहण पछि नव निर्वाचित अध्यक्ष मोहन कुमार तामांगले आफ्नो आगामी कार्यकालको प्रतिवद्दता जाहेर गर्दै, परिषद्लाई यहाँ सम्म ल्याउन मूल नेतृत्व संस्थापक अध्यक्ष हरि बहादुर घर्तीमगरको विशेष प्रसंसा गर्दै, परिषद्ले लिएको विचार सिद्दान्तमा निरन्तर लागि पर्ने वताए |
२०१२ मार्च १५ मा आबुधाबिको आइकाटमा विशेष भेला मार्फत निर्माण भएको परिषद्को प्रथम महाधिवेशन दुबईको एभरेष्टइन्टर नेशनल होटल र दोर्सो केरेला सोशिल शेण्टर आबुधाबीमा भएको थियो भने यो, ऐतिहासिक तेर्सो महाधिवेशन युएईको ऐतिहासिक नगरी अलेनमा सम्पन्न भएको हो | महाधिवेशनले संगठानिक संरचना परिषद्को नीति तथा समय सापेक्ष परिमार्जन गरेको छ |
घोषणा सभा समापन पछि सभामा उपस्थित सवैलाई आदिवासी जनजातिका विभिन्न जातीय परिकारहरु खुवाईएको थियो |